इटहरीको बजेट २ अर्ब १८ करोड
११ असार २०७९
•
१ मिनेट पाठ
इटहरीको बजेट २ अर्ब १८ करोड
इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब १८ करोड ६ लाख १० अनुमानित बजेट पेस गरेको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षभन्दा बढी बजेट पेस गरेको हो।




उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब १७ करोड ४५ लाख रूपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको थियो। शुक्रबार ११औं नगरसभाबाट आगामी आर्थिक वर्षका लागि पेस गरिएको बजेटमध्ये संघीय सामानीकरण अनुदानबाट ३४ करोड ९७ लाख, संघीय ससर्त अनुदानबाट ४६ करोड ७७ लाख, संघीय समपूरक अनुदानबाट ४ करोड ५० लाख र संघीय विशेष अनुदानबाट ९ करोड प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै, प्रदेश समानीकरण अनुदानबाट १ करोड ९९ लाख ६० हजार, प्रदेश ससर्त अनुदानबाट २ करोड ९५ लाख ५२ हजार, प्रदेश समपूरक अनुदानबाट १ करोड, संघीय राजस्व बाँडफाँडबाट १८ करोड ३७ लाख २ हजार, प्रदेश राजस्व बाँडफाँड (सवारी कर) बाट २ करोड ९ लाख २० हजार र प्रदेश राजस्व बाँडफाँट मालपोत रजिस्ट्रेसनबाट ३२ करोड बजेट अनुमान गरिएको छ।  

आगामी आर्थिक वर्षका लागि खर्च बेर्होने स्रोतमध्ये आन्तरिक स्रोतबाट ३६ करोड ५ लाख, नगद मौज्दात परिवर्तनबाट २७ करोड ९८ लाख ९८ हजार र आसमान नेपालको साझेदारी रकम ३७ लाख ७८ हजार अनुमान गरिएको छ।
अर्को समाचार
इटहरीको बजेट एक अर्ब ७८ करोड
१० असार २०७७
•
२ मिनेट पाठ
इटहरीको बजेट एक अर्ब ७८ करोड
इटहरी उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि एक अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगर परिषदबाट उपप्रमुख लक्ष्मी गौतमले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ एक अर्ब चार करोड ८५ लाख र वित्तिय व्यवस्थातर्फ एक करोड ४० लाख अनुमान गरिएको छ ।  




इटहरीले चालु आर्थिक वर्षका लागि एक अर्ब ८५ करोड ५० लाखको अनुमानित बजेट सार्वजनिक गरेको थियो । आर्थिक वर्ष २०७५–०७६ मा एक अर्ब ३७ करोड १० लाख ५८ हजार र २०७४–०७५ मा एक अर्ब ३१ करोड १७ लाख २५ हजार छुट्याएको थियो ।  

विश्वभर कोरोना भाइरस (कोभिड–१९ ) को महामारीले आक्रान्त बनाएको बेला चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षका लागि यहाँ अनुमान गरिएको खर्च व्यर्होने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त समानिकरण अनुदानबाट ३० करोड ९२ लाख, संघीय सर्शत अनुदानबाट ४१ करोड १८ लाख, संघीय राजश्व बाँडफाँडबाट १५ करोड पाँच लाख ८६ हजार ४१० र संघीय समपुरकवाट एक करोड ६८ लाख हुने उल्लेख छ ।  

यस्तै, प्रदेश समानिकरण अनुदानबाट ९४ लाख ७० हजार, प्रदेश शर्शत अनुदानवाट सात करोड, प्रदेश समपुरकवाट एक करोड, प्रदेश राजश्व वाँडफाँडबाट २४ करोड २१ लाख ४३ हजार ५९०,  आन्तरिक आयबाट ३८ करोड १५ लाख तथा तराई मधेस समृद्दि कार्यक्रमबाट ३५ लाख, शासकीय सुधार कार्यक्रमबाट दुई करोड, न्युनवित्त परिचालनवाट पाँच करोड ५० लाख र नपुग हुने रकम दस करोड सञ्चित कोषको मौज्दात परिवर्तनबाट प्राप्त गरि परिपूर्ति गरिने सार्वजनिक गरियो ।  

आगामी आर्र्थिक वर्षमा कानुन बमोजिम जनप्रतिनिधिले बैठक भत्ताबाट पाउने रकममा १५ प्रतिशत कटौती गरि त्यस्तो रकम कोरोना भाइरस नियन्त्रण कोष वा स्वास्थ्य कोषमा जम्मा गरिने प्रस्ताव पेस गरिएको छ। बजेटमा कोरोना भाइरसको महामारीबाट उपमहानगरपालिकालाई सम्भव भए सम्म सुरक्षित राख्न आवश्यक प्रवन्ध गर्ने, वैदेशिक रोजगारबाट फर्कनेलाई रोजगारीको अवसर श्रृजना गर्ने, नगरक्षेत्रमा औधोगिक व्यापारिक, व्यवसायिक, कृषिजन्य तथा पर्यटकीय क्षेत्रलाई सुढृढ तथा व्यवस्थित गरी आर्थिक क्रियाकलापलाई चलायमान गर्ने कार्य समेटिएको छ।  

यस्तै, पछाडि पारिएका वर्ग तथा समुदायलाई सामाजिक आर्थिक परिचालनको माध्यमबाट नेतृत्व क्षमत्ता विकास गरी नगरको विकास र सम्वृद्दिमा पहँुच स्थापित गर्ने, सुशासन प्रर्वद्दन गर्दै भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अपनाइने  तथा व्यवस्थित सडक पूर्वाधार निर्माण गरी हिलो र धुलो मुक्त नगरमा रुपान्तरण गर्ने लक्ष्य राखेर बजेट सार्वजनिक गरिएको उपप्रमुख गौतमले नगरसभामा बताइन् ।
बिहानको घन्टी
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस