नयाँ बसपार्क बाहिर ‘अर्को बसपार्क’
१४ असार २०७९
•
४ मिनेट पाठ
नयाँ बसपार्क बाहिर ‘अर्को बसपार्क’
तपाईंलाई सुन्दा अचम्म लाग्ला, नयाँ बसपार्क बाहिर अर्को बसपार्क छ भनेर? तर मुलुककै राष्ट्रिय बसपार्क गोङ्गबुस्थित नयाँ बसपार्क बाहिर अर्को बसपार्क सञ्चालनमा रहेको छ।




काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय बस अहिले पनि बसपार्क बाहिर सडकछेउबाट सञ्चालनमा आएका छन्।

विशेषगरी अहिले काठमाडौँबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्कबीचको मुख्य सडकछेउबाट चल्ने गरेका छन्। यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारीसाधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन्। गोङ्गबुचोकदेखि बालाजुचोकसम्मको दुई किलोमिटरको दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन नभई बाहिर सडक छेउबाट सञ्चालन हुँदै आएका छन्। चितवन र हेटौँडा चल्ने माइक्रोबस भने कलङ्कीको सडकछेउबाट सञ्चालन हुँदै आएका छन्।

यस्तै जनकपुर, वीरगञ्जलगायतका क्षेत्रमा चल्ने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन्।

काठमाडौँ महानगरपालिका वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा विसं २०५६ मा स्थापना भएको नयाँ बसपार्कमा ८०० सार्वजनिक सवारीसाधन अट्न मिल्ने पार्किङ भए पनि हाल दैनिक ३०० सवारी साधनमात्र आवतजावत र पार्किङ हुँदै आएको छ।  

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनिका अध्यक्ष योगेन्द्र केसी नयाँ बसपार्क बाहिरबाट बस सञ्चालन गर्दा यात्रुलाई बस चढ्न तथा ओर्लन सहज भएको बताउँछन्। ‘राज्यले नीतिगत रूपमा सबै सवारी साधनलाई नयाँ बसपार्कभित्र जान अनिवार्य गरे आफ्ना कम्पनीका सवारी साधनलाई नयाँ बसपार्कभित्र जान कुनै समस्या छैन,’ उनले भने।

बसपार्क बाहिरबाट बस सञ्चालन गर्दा कतिपय यात्रु ठगिने गरेको गुनासो आफ्नो कम्पनीमा आउने गरेको उनको भनाइ छ। काठमाडौँबाट हाल पृथ्वीराजमार्ग भएर ६०० सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्।

नुवाकोट, रसुवालगायत जिल्लामा सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएको नमस्ते पासाङल्हामु यातायात प्रालीका अध्यक्ष कुलबहादुर खड्गी माइक्रोबस र ठूला बस एकै ठाउँबाट सञ्चालन नगर्दा आफूहरू सडकबाट ठूला सवारीसाधन चलाउन बाध्य भएको गुनासो गर्छन्। ‘माइक्रोबस माछापोखरीबाट सञ्चालन हुँदै आएको छ, बसमा यात्रा गर्ने यात्रुलाई समेत माइक्रो बसले ओसार्न थालेपछि हामी पनि माछापोखरीमा बस ल्याएर चलाउन बाध्य भएका हौं,’ उनी भन्छन्। बस र माइक्रो बसलाई छुट्ने स्टेसन एउटै बनाउनुपर्ने उनको भनाइ छ।  

हाल माछापोखरी क्षेत्रबाट रसुवा र नुवाकोटमा दैनिक ३० भन्दाबढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्।

काठमाडौँको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो।

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी लामो दुरीका सवारीसाधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउनुहुन्छ। “लामो तथा छोटो दूरीका सवारीसाधन गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्कबाट सञ्चालन हुनुपर्छ, साँघुरो सडकमा जथाभावी सवारी पार्किङ गर्दा लामो समयसम्म सवारी जाम हुने गरेको छ,’ उनी भन्छन्।

कार्यालय प्रमुख जोशी चक्रपथ वरपरका ठाउँमा जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले उच्च निगरानी राखी कारबाही गर्दै आएको बताउँछन्। ट्राफिक कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १८ लाख २० हजारको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने एक हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यात्रुको सुविधाका लागि बस सञ्चालन हुँदा जथाभावी बस पार्किङ र काउन्टर भएको बताउँछन्। ‘यसरी धेरै ठाउँमा टिकट काउन्टर र बसपार्क बनाउँदा काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनलाई समेत असर परेको छ,’ उनी भन्छन्। यातायात व्यवसायीसँग यातायात व्यवस्था विभाग र काठमाडौँ महानगरपालिकाले गरेको निर्णय कार्यान्वयन भए उक्त समस्या नआउने उनको भनाइ छ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारी महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्कमा १६१ रोपनी जग्गा उपलब्ध गराएकाले सबै सवारीसाधन नयाँ बसपार्कबाटै सञ्चालन हुनुपर्ने बताउँछन्। ‘राजधानी काठमाडौँभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधन व्यवस्थित ढङ्गले सञ्चालन हुनुपर्छ, प्रक्रिया बाहिर गएका जो कोहीलाई कारबाही हुन्छ,’ उनी भन्छन्। सबै बस र यात्रु बसपार्कभित्रबाट आवतजावत गर्नुपर्ने उनको भनाइ छ।

पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको संख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ।
अर्को समाचार
पोखरामा बसपार्कः नयाँ होईन, पुरानैलाई टालटुल
२३ असार २०७९
•
४ मिनेट पाठ
पोखरामा बसपार्कः नयाँ होईन, पुरानैलाई टालटुल
पोखरामा बसपार्क बनाउने ४७ वर्षदेखिको पोखरेलीको सपना पूरा भएको छैन। बसपार्क निर्माण गर्नका लागि ४७ वर्षअघि जग्गा अधिग्रहण गरिएको थियो। जग्गा अधिग्रहण गरेसँगै बसपार्क निर्माणका लागि पैसापनि छुट्याइएको थियो। जग्गा र पैसा भएरपनि राजनीतिक ईच्छाशक्ति नभएका कारण बसपार्क निर्माण भएन। जसका कारण पोखरेलीले आधुनिक बसपार्क अझै पाउन सकेका छैनन्।




तर पोखरेलीको सपना अनुसार पोखरा बसपार्क नबनेपनि त्यसले रुप भने फेर्दैछ। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने बसपार्कमा नाला निर्माण र ग्राभेल भरेर सम्याउने कार्य गरेसँगै पोखरा बसपार्कले रुप फेर्न थालेको हो। पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा बसपार्क क्षेत्रमा नाला निर्माण र ग्राभेल भरेर सम्याउने कार्य निरन्तर भइरहेको छ। बसपार्कको आधा भन्दा बढी भागमा ग्राभेल हालेर सम्याईसकिएको छ भने बसपार्कको पश्चिम भागमा नाला निर्माणको काम तिव्र रुपमा भइरहेको छ।

पोखरा बसपार्कले रुप फेर्न थालेपछि स्थानिय हर्षित छन । उनीहरु वर्षौंपछि बसपार्कले रुप फेर्न थालेपछि त्यसको महत्व र उपादेयता पनि बढ्नेमा आशावादी छन। तर अत्याधुनिक बसपार्कचाहिं कहिले बन्छ भन्नेमा उनीहरुको चासो छ। यद्दपी बसपार्क क्षेत्रमा गरिएको ग्राभेल भरेर सम्याउने काम र नाला निर्माणको काम भएकोमा उनीहरु खुशी छन्।

पोखरा बसपार्क पोखरा महानगरपालिका वडा नम्बर–९ मा पर्छ। यहि वडाका वडाध्यक्ष दीपेन्द्र मर्सानी बसपार्कले रुप फेर्न पाउनु नै ठूलो कुरा भएको बताउँछन्। नहुनु भन्दा केहि हुनु राम्रो हो,उनले भने,। ‘कम्तिमा ग्राभेल हालेर सम्याउने र नाला निर्माण मात्रै भएमापनि बर्खामा हिलाम्मे र हिउँदमा धुलोमुक्त हुन्छ।’ यतिमात्रैपनि स्थानिय र पोखरेलीका लागि उल्लेख्य उपलब्धी हुने उनको भनाई छ। उनले पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्कले रुप फेर्न लागेको बताए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बसपार्क क्षेत्रको सबै भागमा ग्राभेल भरिने बताए। उनले भने, ‘तत्काल सबै भागमा ग्राभेल भरेर सम्याउने काम हुन्छ। अनि नालापनि निर्माण हुन्छ।’ यसो भएमा बसपार्क बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनबाट बच्ने उनको भनाई छ।

टोल सुधार समितिका अध्यक्ष केशवबहादुर थापाले कम्तिमा अहिले बसपार्क क्षेत्रमा ग्राभेल र नाला निर्माण हुनुपनि खुशीको कुरा भएको बताए। यसले पोखरामा अत्याधुनिक बसपार्क बन्छ भन्ने सन्देश दिने उनको भनाई छ।गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए।

रुप फेरेसँगै पोखरामा अत्याधुनिक बसपार्क बन्छ कि भन्ने आशा पलाएको छ। यसअघि पोखरामा एकमात्र बसपार्क बनाउने योजनासहित जग्गा अधिग्रहण गरिएको थियो। तर अहिले पोखरामा दुई वटा बसपार्क बनाउने तयारी छ। पृथ्वीचोकस्थित सपार्कलाई सिटी टर्मिनल बसपार्क र पोखरा–३२ लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाउने तयारी भएको हो। जसका लागि प्रदेश सरकार र पोखरा महानगरपालिकाले छुट्टाछुट्टै बजेट विनियोजन गरेका छन्।
पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्क बनाएर त्यहाँबाट पोखरा भित्रका सबै ठाउँमा जाने गाडीहरु छुट्ने र भित्रिने गराईन्छ। जसका कारण अहिले पोखराका विभिन्न ठाउँबाट गाडी छुट्ने कार्यको अन्त्य गर्नेछ। सडकमै पार्किङ गरेर बस छुटाउने कार्यको यसले अन्त्य गर्नेछ। भद्रगोल पार्किङ र अव्यवस्थित बस छुट्ने र छुटाउने विकृतिको अन्त्य हुनेछ। यसले गर्दा अहिलेको बसपार्क हेरेर पोखराको दुर्गति र अव्यवस्थापनको मस्तिष्क मन्थन गर्नेहरुलाई पोखराको विकास र असल व्यवस्थापनको सन्देश दिनेछ।

त्यस्तै, पोखरा–३२ लामेआहालस्थित बसपार्कबाटचाहिं पोखराको कोरसिटी नभित्री नजिकका जिल्ला जाने गाडीहरु जाने व्यवस्था मिलाउने तयारी छ। काठमाडौंसहित पूर्वबाट आएका गाडीहरु लामेआहालबाट बाईपास रोडमार्फत पर्वत, स्याङ्जा निकाल्ने र उताबाट आएका गाडीलाई पोखराको कोरसिटी ननिकाली सोहि बाटोबाट बाहिर पठाउने तयारी गरिएको हो।

लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाउन जग्गा अधिग्रहण गर्नुपर्ने काम बाँकी नै छ। त्यसैले त्योभन्दा पहिले पोखरा बसपार्क बनाउन सजिलो छ। तर पोखरा बसपार्कको जग्गामा बसेका सुकुम्बासी आधुनिक बसपार्क निर्माणका लागि प्रमुख समस्याका रुपमा देखा परेका छन्। तर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य यसकोपनि समाधान खोजेर बसपार्क निर्माण हुने दाबी गर्छन्। तीन वर्ष भित्र आधुनिक वसपार्क बनाईछाड्ने दृढ संकल्प गरेका उनले भने, ‘सुकुम्बासीको पनि व्यवस्थापन हुन्छ अनि आधुनिक बसपार्क बन्छ।’ सुकुम्बासी समाधानसँगै बसपार्कको डिपीआर तयार गरेर यसमा सिटी बसपार्क निर्माण गरिने उनको भनाई छ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ। फरक अस्तित्वको उपत्यका नगर विकास समिति अहिले मेयरकै नेतृत्वमा छ। झण्डै ४७ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन।पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस