२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाँचथरका स्थानीय तहको बेरुजु साढे ३३ करोड

पाँचथरका आठ स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ सालमा ३३ करोड ५४ लाख ४१ हजार बेरुजु देखिएको छ। महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनका अनुसार यहाँका स्थानीय तहमा यतिको बेरुजु देखिएको हो।

प्रतिवेदन अनुसार फिदिम नगरपालीकामा १५ करोड ६६ लाख ६ हजार बेरुजु देखिएको छ। उक्त आर्थिक बर्षको लेखा परिक्षण गरिएको रकमको ७ दशमलव ७२  प्रतिशत बेरुजु देखिएको हो। यस्तै, कुम्मायक गाँउपालीकामा ३८ लाख ७० हजार बेरुजु देखिएको छ।

तुम्बेवामा १० लाख ७६ हजार, फालेलुङमा ५ करोड ६४ लाख ३६ हजार, फाल्गुनन्दमा ४० लाख १४ हजार ९ सय, मिक्लाजुङ गाँउपालीकामा ६ करोड ९१ लाख ८२ हजार, हिलिहाङ गाँउपालीकामा ७८ लाख ९३ हजार  र याङवरक गाँउपालीकामा २ लाख २९ हजार बेरुजु देखिएको हो।

प्रकाशित: ३२ असार २०७९ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App