चीनले नेपाललाई १४ अर्ब दिने
०७ पौष २०७२
•
८ मिनेट पाठ
चीनले नेपाललाई १४ अर्ब दिने
काठमाडौं-उपप्रधान तथा परराष्ट्रमन्त्रीको चीन भ्रमणका बेला दुई देशबीच इन्धन आपूर्ति, टे«ड एन्ड ट्रान्जिट सम्झौता, अनुदान सहयोग, कनेक्टिभिटी, स्वतन्त्र व्यापार सम्झौता, लगानी प्रवद्र्धन तथा सुरक्षा सम्झौता (बिप्पा) लगायत विषयमा गम्भीर छलफल हुने भएको छ ।छलफलका लागि मन्त्री थापा बुधबार १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्दैछन् । उनीसँगै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नीप्रसाद खरेल पनि चीन जाने भएका छन् ।

मन्त्री थापासँगै चीन जानेमा परराष्ट्र सचिव शंकरदास वैरागी, अर्थ सचिव लोकदर्शन रेग्मी, वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्याय, परराष्ट्रको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख झविन्द्रप्रसाद अर्याल, कानुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एकएक जना सहसचिव छन् । नेपाली प्रतिनिधमण्डलमा चीनका लागि नेपाली राजदूत महेशकुमार मास्के लगायत बेइजिङस्थित नेपाली दूतावासका ४ जना कूटनीतिक कर्मचारी पनि रहनेछन् ।

'परराष्ट्र मन्त्रीज्यूको भ्रमणका बेला अहिलेसम्म चीनले नेपाललाई उपलब्ध गराउने ९० करोड युआन (करिब १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ) अनुदान सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुने मात्र टुंगो लागेको छ । अन्य मुद्दामा पनि छलफल हुन्छ । छलफल क्रममा दुई देशबीच सहमति जुटे त्यहीँ अन्य सहमतिपत्रमा हस्ताक्षर हुनसक्छ,' परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले भने ।

परराष्ट्रका अनुसार मन्त्री थापाले पुस १४ सम्म चीनको भ्रमण गर्नेछन् । चिनियाँ सरकारको औपचारिक निमन्त्रणामा उनी ६ दिने चीन भ्रमणमा जान लागेका हुन् । भ्रमणका बेला बिहीबार (पुस ९ गते) मन्त्री थापाले चिनियाँ राष्ट्रपति सि जिन्पिङ वा चिनियाँ प्रधानमन्त्री लि खस्याङमध्ये एकसँग शिष्टाचार भेट गर्नेछन् । शुक्रबार (पुस १० गते) उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका बेला मुख्यतः नेपाल र चीनबीच पेट्रोल तथा ग्यास लगायत इन्धन आपूर्ति, बिप्पा सम्झौता, स्वतन्त्र व्यापार सम्झौता (एफटिए), ट्रेड एन्ड ट्रान्जिट सम्झौता, अनुदान सहयोगको कार्यान्वयन, कनेक्टिभिटी (सम्पर्क सञ्जाल) गरी ६ वटा मुद्दामा छलफल हुनेछ । साथै, नेपाल र चीनबीच रहेका सबै संयन्त्र र सम्बन्धका विषयमा पनि गम्भीर छलफल हुने जनाइएको छ ।

मंगलबार साँझसम्म नेपाल र चीनबीच अनुदान सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनेमात्र टुंगो लागेको छ । बाँकी मुद्दामा छलफल क्रममा सहमति जुटे हस्ताक्षर हुने परराष्ट्र स्रोतले जनायो । गत वर्ष तत्कालीन राष्ट्रपति रामवरण यादव चीनको बोआवो फोरमा सहभागी हुन जाँदा चिनियाँ राष्ट्रपति जिन्पिङले नेपाललाई ९० करोड चिनियाँ युआन अनुदान सहयोग दिने घोषणा गरेका थिए । मन्त्री थापाको भ्रमणमा यही अनुदान सहयोग कार्यान्वयन गर्नेसम्बन्धी सहमतिपत्रमा दुई देशका पदाधिकारीबीच हस्ताक्षर हुनेछ ।

'अनुदान सहयोग कोदारी राजमार्ग लगायत पूर्वाधार प्रवद्र्धन तथा निर्माणमा खर्च गरिने गरी सहमति पत्रमा हस्ताक्षर हुँदैछ,' स्रोतले भन्यो । बेइजिङमा नेपाल र चीनबीच इन्धन आपूर्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने सम्भावन पनि छ । स्रोतले भन्यो, 'इन्धन आपूर्तिमा केही कुरा मिल्न बाँकी छ । इन्धन कहाँबाट ल्याउने, कसरी ल्याउने, कर केकस्तो हुने, मूल्य कति हुने भन्नेमा गम्भीर छलफल हुन्छ । छलफल क्रममा दुई पक्षबीच सहमति जुटे सम्झौतामा हस्ताक्षर हुन्छ ।' इन्धन आपूर्तिका विषयमा दुई देशका पदाधिकारीबीच यसअघि नै विभिन्न चरणमा गम्भीर छलफल भइसकेको हुँदा सहमति जुट्ने सम्भावन प्रवल रहेको छ ।

मन्त्री थापाको भ्रमणका बेला नेपाल र चिनियाँ अधिकारीबीच 'ट्रान्जिट' सम्झौतामा विषयमा पनि गम्भीर छलफल हुने जनाइएको छ । ट्रान्जिट सम्झौतासम्बन्धी मस्यौदा हालै नेपालले चीनलाई पठाइसकेको छ । चीनको बाटो हुँदै सामग्री नेपाल ल्याउन ट्रान्जिटसम्बन्धी सम्झौताको मस्यौदा नेपालले चीन पठाएको हो । मस्यौदाप्रति चीनले सकारात्मक संकेत यसअघि दिइसकेको स्रोतले बतायो । स्वतन्त्र व्यापार सम्झौता पनि यसैसँग जोडिएको छ ।

यसपटक नेपालले कनेक्टिभिटी (सम्पर्क सञ्जाल)लाई पनि गम्भीरतासाथ उठाउनेछ । उत्तरसँग जोडिने सबै नाकाको स्तरोन्नतिदेखि नयाँ नाका खोल्नेसम्मको कुरालाई नेपालले प्राथमिकतामा राखेको छ । चीनसँग सडक सञ्जाल विस्तार र चौडा पार्न नेपालले खास पहल गर्नेछ । चीनले पनि आफ्नो अनुदान सहयोग सडक सञ्जाल विस्तार गर्नमा जोड दिँदै आएकाले दीर्घकालीन सोच राखी कनेक्टिभिटी बढाउनेतर्फ नेपालको प्रयास रहने जनाइएको छ । कनेक्टिभिटी बढाएपछि चिनियाँ पर्यटन स्वतः वृद्धि हुने आशा गरिएको छ ।

लगानी प्रवद्र्धन तथा सुरक्षा सम्झौता (बिप्पा)का विषयमा नेपाल–चीन छलफल हुनेछ । नेपालले बिप्पाको मस्यौदा चीनलाई पठाइसकेको छ । यसअलवा लगानीका विषयमा पनि छलफल गरिनेछ । जलविद्युत लगायत क्षेत्रमा चिनियाँ लगानी भिœयाउन भ्रमणका बेला विशेष पहल गरिनेछ । भ्रमणका बेला परराष्ट्र मन्त्री थापाले चिनियाँ नेतृत्वलाई नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछन् । चिनियाँ समकक्षीसँगको द्विपक्षीय वार्तामा नेपाल र चीनबीच रहेका सबै संयन्त्र र सम्बन्धको छलफल तथा समीक्षा गरिनेछ । मन्त्री थापाको पुस १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
अर्को समाचार
चीनले नेपाललाई वार्षिक डेढ अर्ब अनुदान दिने
१३ पौष २०६६
•
११ मिनेट पाठ
चीनले नेपाललाई वार्षिक डेढ अर्ब अनुदान दिने
नारायण सापकोटा, बेइजिङ, पुस १४-प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणमै चीनले नेपाललाई दिने अनुदान सहयोग बढाउने भएको छ। अहिलेसम्म करिब एक अर्ब रुपैयाँ वार्षिक सहयोग दिँदै आएको चीनले यसलाई बढाएर वार्षिक डेढ अर्ब बनाउने भएको छ।

सहयोगसम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर हुने जानकारी मन्त्री प्रकाशशरण महतले दिए। पाँचदिने चीन भ्रमणमा सोमबार बेइजिङ आइपुगेका प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार यहाँका राष्टपति र प्रधानमन्त्रीसँग भेट गर्दैछन्। यो भेटघाटपछि सहयोगको औपचारिक घोषणा हुनेछ।

अनुदान सहयोगमध्ये काठमाडौंमा तीनवटा फ्लाइओभर निर्माणका लागि ४५ करोड खर्च हुने जानकारी अर्थसचिव रामेश्वर खनालले दिए। बाँकी रकम हिल्साको पुल र हिल्सा-सिमिकोट सडक निर्माणमा खर्च हुनेछ। सहयोगको अनुदानबाहेक नेपालले ऋणसमेत मागेको छ। ऋणका लागि तत्काल सहमति हुने अवस्था नभएको सहभागी सदस्यले जनाएका छन्।

एक दशमलव ७५ प्रतिशत ब्याजदरमा २५ वर्षमा बुझाउने गरि नेपालले १ अर्ब अमेरिकी डलर बराबरको ऋण चीनसँग मागेको छ। यो रकम पाँच वर्षसम्म बुझाउनु पर्ने छैन। त्यसपछि किस्ताबन्दीमा बुझाउन पाउने गरी नेपालले यो रकम मागेको हो। यो रकममा तत्काल औपचारिक सहमति हुने अवस्था नहरेको सहभागी सदस्यले जनाएका छन्।

ल्हासा र सियानको भ्रमण सकेर सोमबार प्रधानमन्त्री नेपाल बेइजिङ आइपुगेका हुन्। ल्हासाका जनसरकार प्रमुखसँग वाणिज्य, व्यापार, लगानी विस्तारका लागि नेपालले अनुरोध गरेको छ। सीमाका आपराधिक गतिविधि नियन्त्रणका लागि समिति गठन गर्ने सहमति भएको अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए।

चीनसँग नेपालबाट निर्यात हुने झन्डै ५ सय उत्पादन सामग्रीमा भन्सार छुटका लागि नेपालले अनुरोध गरेको छ। प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा तिब्बत जनसरकार प्रमुख र कम्युनिष्ट पार्टी सचिवले नेपाली उत्पादनलाई शून्य भन्सारमा चिनियाँ बजारमा पहुँच दिन केन्द्रीय सरकारसँग अनुरोध गर्ने वचन दिएको अर्थमन्त्री पाण्डेले बताए।

प्रधानमन्त्री नेपालसँग तिब्बत जनसरकारका प्रमुख बा फुन्चो र तिब्बतस्थित कम्युनिष्ट पार्टीका सचिव चाङ क्विग्लीले छुट्टा-छुट्टै भेटेका थिए। नेपालबाट चीन निर्यात हुने ४ सय ९७ उत्पादन शून्य भन्सारमा ल्याउन चीनका राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरिने भएको छ। नीतिगत सहमति गर्न नेपालले अनुरोध गरेपनि तत्काल सहमति हुने संभावना कम छ।

नेपालले उत्तरी छिमेकसँग बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात हुने तेल, गहुँ, मैदा, चाउचाउ, बियर, हस्तकला, निर्माणसामग्रीसहित ४ सय ९७ किसिमका उत्पादनमा भन्सार नलगाउन चीनसँग पटकपटक आग्रह गर्दै आएको छ। यी सामग्री विशेषगरी तिब्बत हुँदै चिनियाँ बजार पुग्छन्।

स्रोतका अनुसार तिब्बत प्रशासनले नेपाली सामग्रीलाई भन्सार छुट दिलाउन केन्द्र सरकारको सहमतिका लागि बेइजिङस्थित वित्त र वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको थियो। वित्त मन्त्रालयले ती सामग्रीको सूची अध्ययन गरी ६ महिनाअघि सहमति पठाएको थियो भने वाणिज्य मन्त्रालयले ...सकारात्मक रूपमा लिएको' थियो। गत मंसिरमा नेपाल भ्रमणमा आउँदा तिब्बतका उपप्रमुख हाङ पेङले प्रधानमन्त्री नेपाललाई यो जानकारी गराएका थिए।

चीनसँग नेपालको वार्षिक ३४ अर्ब रूपैंयाभन्दा बढीको व्यापार घाटा छ। निर्यात प्रवर्द्धन केन्द्रका अनुसार गत वर्ष नेपालबाट करिब २ अर्बका सामग्री चीन निर्यात भए भने उताबाट ३६ अर्बभन्दा बढीका सामग्री आयात गरिएको थियोे। यो नेपालको कुल आयातको १२ प्रतिशत हो भने कुल निर्यातको ३ प्रतिशत।

'द्विपक्षीय व्यापार, पर्यटन प्रबर्द्धन, सांस्कृतिक आदान-प्रदान र जनसंपर्क, शैक्षिक आदान-प्रदानलगायत साझा सरोकारका विषयमा सहयोग निरन्तर बढाउने विषयमा छलफल भयो,' अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, 'सियानमा विज्ञान प्रविधि र जलविद्युतमा लगानीका विषयमा सकारात्मक कुराकानी भएको छ।

जलविद्युतमा लगानीका लागि चीन सकारात्मक देखिएको मन्त्री महतले बताए। सरकार र निजीक्षेत्र नेपालको जलविद्युतमा लगानीका लागि कुराकानी गर्न आएको उनले बताए। एक/दुइ समूहसँग सोमबार छलफल भएको छ। मंगलबार जलविद्युतमा लगानी गर्न चाहने एक-दुई समूहसँग कुराकानी हुने महतले बताए।

नेपालले चीनसँग पुर्वाधार विकास, जलविद्युत, कृषि र पर्यटनमा लगानीका लागि सहयोग मागेको छ। आगामी वर्ष तिब्बतमा रहेको गौतम बुद्धको हाडको औंला लुम्बिनी लग्ने प्रस्तावसमेत नेपालले गरेको छ।  यसबाट पर्यटन वर्ष २०११ सफल बनाउन सहयोग पुग्ने विश्वास अर्थमन्त्री पाण्डेले लिएका छन्।

एक चीनको प्रतिबद्धता
प्रधानमन्त्री नेपालले एक चीनको पक्षमा प्रतिबद्धता जनाएका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतविरुद्ध नेपालमा कुनै गतिविधि गर्न नदिइने वचन उनले दिए। नेपाली दूतावासले सोमबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले भने, ...नेपालमा जुनसकै सरकार बनेपनि चीनका बारे नीति प्रष्ट छ। चीनको समुन्नति नै नेपालको समुन्नति भएको जनाउँदै नेपालले चीन टुक्रयाउने गतिविधिलाई कहिल्यै साथ दिने छैन।' चीनमा रहेका गैरआवासीय नेपालीको समेत सहभागिता रहेको कार्यक्रममा नेपालले एनआरएनका लागि विशेष परिचयपत्र व्यवस्था गर्ने बताए। विदेशमा रहेका नेपालीका लागी नेपालमा लगानीको वातावरण बनाउने वचन पनि उनले दिए।

राजनीतिक सम्बन्धसँगै चीनसँग आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध विस्तारमा प्रधानमन्त्री नेपालले जोड दिए। यो भ्रमणबाट चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास उनले लिएका छन्। शान्ति प्रक्रिया र संविधान लेखन आगामी पाँच महिनामा टुंगो लाग्ने विश्वास गर्दै नेपालले यससँगै शान्ति स्थिरता र लगानीको नयाँ लहर नेपालमा आउने बताए। आर्थिक प्रगति र राजनीतिक स्थिरता एक अर्काका परिपूरक भएको उनले बताए।

निजी क्षेत्र चिनियाँ बैंक भित्र्याउन खोज्दै
नेपालमा चीनको बैंक लैजाने गृहकार्यमा निजीक्षेत्र जुटेको छ। चीनको बैंक गएपछि बिस्तारै अरु लगानी नेपालमा आउने उनीहरूको विश्लेषण छ। महासंघका अध्यक्ष कुशकुमार 'मार जोशी, बैंकर्स संघका पूर्व अध्यक्ष राधेश पन्त, ग्लोबल बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे चीनको बैंकसँग सम्बन्ध गाँस्ने अभियानमा छन्। यसका लागि सोमबार उनीहरूले अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग अनुरोध गरे।
नेपालमा पूर्वाधारमा लगानीका लागि चीनको बैंकलाई साझेदार बनाउनुपर्ने उनीहरूको धारणा छ। केही दिन कुरेर चिनियाँ बैंकसँग कुराकानी अगाडि बढाउनसमेत तयार भएको उनीहरूले बताए।

चीनमा पढेका २ सय २५ नेपाली डाक्टर
चीनमा पढेर २ सय २५ नेपाली डाक्टर बनेका छन्। अझ डाक्टरको संख्या बढाउन नेपालील्ााई छात्रवृत्ति दिने आश्वासन चीनले दिएको छ। चीनमा पढेर डाक्टर बनेका नेपालीसँगको भेटमा प्रधानमन्त्री टोलीले यहाँको भाषा सिक्ने विषयलाई प्राथमिकता दिएको छ। नेपालमा समेत चिनियाँ विद्यार्थी पढाउन सकिने जानकारी दिइएको अर्थमन्त्री पाण्डेले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस