आयल निगमको नोक्सानी ३१ अर्ब, मूल्य घटाउन दबाब
२४ साउन २०७९
•
२ मिनेट पाठ
आयल निगमको नोक्सानी ३१ अर्ब, मूल्य घटाउन दबाब
नयाँ खरिद अनुसार इन्धन कारोबारमा निगमलाई आगामी १५ दिनमा ६३ करोड ६५ लाख घाटा हुने प्रक्षेपण छ। यसअघिको मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ र डिजेलमा २२ रूपैयाँ, ग्यासमा ५ सय ८२ रूपैयाँ प्रतिसिलिन्डर घाटा रहेको निगमको दाबी छ।




नेपाल आयल निगमको सञ्चित नोक्सानी करिब ३१ अर्ब रूपैयाँ पुगे पनि मूल्य घटाउन दबाब परेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै सांसदहरूले इन्धनको मूल्य घटाउन आग्रह गरेका छन्। निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने २३ अर्ब रूपैयाँ रहेको छ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्ने सांसदहरूले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले तत्काल मूल्य घटाउन माग गरे। आइओसीबाट दुई पटक मूल्य घटेर आएकाले मूल्य घटाउनुपर्ने सांसद दीपा रावलले बताइन्। ‘पेट्रोलियम पदार्थको मूल्य बढ्दा र घट्दा सोही अनुसार समायोजन हुनुपर्छ, रावलले भनिन्– ‘हाल दुई–दुई पटक मूल्य घटे पनि नेपाल आयलले घटाएको छैन ।’

मूल्य बढेर जनतालाई थप दुःख भएकाले नियन्त्रण गर्नुपर्ने सांसद सुमित्रा विसीले बताइन्। गत हप्ता आइओसीबाट पेट्रोल प्रतिलिटर १६.८० रूपैयाँ, डिजेल १२.४५ रूपैयाँ, ग्यास प्रति सिलिन्डर ७७ रूपैयाँ घटेर आएको छ। नयाँ खरिद अनुसार इन्धन कारोबारमा निगमलाई आगामी १५ दिनमा ६३ करोड ६५ लाख घाटा हुने प्रक्षेपण छ। यसअघिको मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ र डिजेलमा २२ रूपैयाँ, ग्यासमा ५ सय ८२ रूपैयाँ प्रतिसिलिन्डर घाटा रहेको निगमको दाबी छ।  

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेका कारण आइओसीले नेपाललाई पेट्रोलियमको मूल्य घटाएर पठाएको हो। मूल्य घटेर आए पनि निगमलाई डिजेलमा प्रतिलिटर १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर पाँच सयभन्दा बढी घाटा रहेको निगमले जनाएको छ। पेट्रोलमा भने प्रतिलिटर दुई रूपैयाँभन्दा बढी नाफा छ। निगमले अहिले पेट्रोल प्रटिलिटर १ सय ८१ मा र डिजेल १ सय ७२ रूपैयाँमा बिक्री गर्दै आएको छ। यस्तै मट्टितेल १७२ मा बिक्री गर्ने गरको छ। हवाई इन्धन (आन्तरिक) १ सय ९० मा बिक्री गर्दै आएको छ। हवाई इन्धन (बाह्य)१.६४५ अमेरिकी डलरमा बिक्री गर्दै आएको छ। यस्तै एलपी ग्यास १८ सयमा बिक्री गर्दै आएको छ।

मूल्य घटेर आए पनि निगम घाटामा रहेकाले मूल्य समायोजन गर्न नसकिएको प्रवक्ता विनितमणि उपाध्यायले बताए। मुलुक भित्रिने पेट्रोलियममध्ये सबैभन्दा धेरै डिजेलको हिस्सा ५९ प्रतिशत छ। त्यसैले डिजेलमा घाटा हुनासाथ निगमको समग्र वासलातमा असर पर्दै आएको छ। पेट्रोलको २१ प्रतिशत र ग्यासको १७ प्रतिशत हिस्सा रहेको छ।

बक्यौता बढ्दै गएपछि सरकारले इन्धन खरिद गर्न नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको छ। इन्धन खरिदको रकमले भुक्तानी गर्न अपुग भएपछि ऋण लिएको हो।
अर्को समाचार
एक वर्षमा आयल निगमको नोक्सानी ५० अर्ब
३१ साउन २०७९
•
२ मिनेट पाठ
एक वर्षमा आयल निगमको नोक्सानी ५० अर्ब
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भएको मूल्यवृद्धि, सरकारको उच्च कर र डलरको भाउ महंगो हुँदा एक वर्षमा नेपाल आयल निगमलाई करिव ५० अर्ब रुपैयाँ नोक्सानी भएको छ। निगमले मंगलवार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष ०७८/७९मा भएको नोक्सानीको बारेमा जानकारी दिएको हो।




गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च भएकाले निगमले ठूलो घाटा व्यहोरेको हो। पछिल्लो पटक सरकारले कर समायोजन गर्ने भनेर समायोजन नगर्दा पनि निगमले थप व्ययभार व्यहोरेको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटे पनि विगतको घाटाको कारण मूल्य घटाउन नसकेको निगमले जनाएको छ।  निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई २३ अर्ब रुपैयाँ अझै तिर्न बाँकी रहेको निगमका कार्यकारी निर्देशक उमेश कुमार थानीले बताए। ‘निगमले आईओसीलाई तिर्न २३ अर्ब रुपैयाँ बक्यौता छ,’ कार्यकारी निर्देशक थानीले भने, ‘१० अर्ब ऋण समेत लिएका छौं।’ ७ अर्ब रुपैयाँ नेपाल सरकार र ३ अर्ब राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएको बताए। ऋण र बक्यौता रहेकाले मूल्य घटेर आए पनि समायोजन गर्न नसकेको थानीले बताए।

निगमलाई प्राप्त पछिल्लो मूल्य अनुसार मासिक करिव ६२ करोड ५८ लाख घाटा रहेको छ। मंगलबार निगमलाई आइओसीबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा घाटा र खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको छ।

सरकारले असार पहिलो साता पेट्रोलियम पदार्थमा लगाएको कर घटाउने घोषणा गरे पनि पछि कर नघटाउँदा निगमले थप घाटा व्यहोर्नु परेको छ। इन्धनको मूल्य अहिलेसम्मकै उच्च भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विभागीय मन्त्रीहरूलाई बोलाएर कर घटाउन निर्देशन दिएका थिए। पेट्रोलको मूल्यमा प्रतिलिटर २० र डिजेलमा २९ रूपैयाँ कर घटाउने सहमति बने पछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा २० र डिजेलमा २९ रूपैयाँ कर घटाउने निर्णय भएको जानकारी गराएका थिए। तर अर्थ अहिलेसम्म कर समायोजन नहुँदा निगमको तिर्नुपर्ने बक्यौता २३ अर्ब रूपैयाँ बाँकी छ।

यही कारण पछिल्लो समय घटेर आएको मूल्य पनि निगमले समायोजन गर्न सकेको छैन। कर समायोजन नहुँदा उपभोक्ता सस्तोमा इन्धन पाउनबाट वञ्चित छन्।  सरकारले सस्तो लोकप्रियता देखाउन कर घटाएको भन्दै प्रचार गरे पनि अर्थमन्त्री शर्माले कर घटाउन मानेका छैनन्।

इन्धनको कर समायोजन नगर्दाको मारमा उपभोक्ता र निगम दुवै परेका छन्। आइओसी बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि जनताले सहुलियत पाएका छैनन् भने निगमले पुरानो घाटा व्यवस्थापन गर्दा मूल्य घटाउन सकेको छैन।

कर घटाउने घोषणा गरेको करिव दुई महिना हुन लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन। सरकारको प्रतिबद्धताअनुसार कर समायोजन नहुँदा इन्धनको मूल्य घटेर आए पनि निगमले समायोजन नगरेको हो। अहिले पेट्रोलको मूल्य लिटरको १ सय ८१, डिजेलको १ सय ७२ रूपैयाँ छ। अमेरिकी डलरको सहटी दर बढेको कारण पनि निगम धेरै घाटामा गएको छ। २०२०को मे १ मा १ डलरको १ सय २२ रुपैयाँ ५८ पैसा सटही दर रहेकोमा १६ अगष्ट २०२२मा १ सय २७ रुपैयाँ ३४ पैसा पुगेको छ।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस