नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरूको वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्ने हिसाबले च्यानल फाइनान्ससिङ, क्युआर मर्चेन्ट र फोन लोनको बारेमा छलफल गरिएको थियो। नबिल बैंकका साना तथा मझौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले बैंकले व्यवसायीलाई फाइदा पुर्याउने कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरू ल्याएको जानकारी गराए।
उनका अनुसार नबिल च्यानल फाइनान्सिङले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मदत गरेको बताउँदै व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल मध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको जनाए।
कार्यक्रममा ‘चोरी नियन्त्रण र सतर्कता’ शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।