केरा आयात नरोकिए आन्दोलनको चेतावनी
२४ भदौ २०७९
•
३ मिनेट पाठ
केरा आयात नरोकिए आन्दोलनको चेतावनी
चितवनका किसानले उत्पादन गरेका केरा बजारमा लैजाने तयारी गरिँदै । तस्बिर : वसन्त/नागरिक
चितवनको खैरहनी नगरपालिका–३ का इन्द्र सुवेदीले दसैंमा उत्पादन गर्ने लक्ष्यका साथ १८ बिघामा केरा खेती गरेका थिए। यो समयमा राम्रो बजार मूल्य पाउने आशामा रहेका सुवेदी यतिखेर केरा नबिकेर चिन्तित छन्।




‘दसैंतिहारलाई लक्षित गरेर केरा खेती गरियो। अहिले १५० वटा कोसा भएको घरी सय रूपैयाँमा पनि बिक्दैन,’ उनले भने, ‘अहिले केरा बिक्री नभएर बारीमै पाकेका छन्।’ सात वर्षदेखि केरा खेती गर्दै आएका सुवेदी पहिलोपटक केरा नबिकेर समस्यामा छन्। उनले केरा खेतीका लागि प्रतिबिघा ४ लाख रुपैयाँ खर्च गरेका छन्।

लगानी पनि नउठ्ने हो कि भन्ने चिन्ता उनमा छ। ‘विगतमा साढे ५ रुपैयाँ कोसा बगानबाटै बिक्री गरेको थिएँ,’ उनले भने, ‘अहिले एक रूपैयाँमा लैजानू भने पनि मान्दैनन्।’ केरा बिक्री नभएपछि कृषकले भारतीय केरा आयात रोक्न माग गरेका छन्। उनीहरूले आगामी दुई महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन्। नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले छठ पर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गरेका छन्।

‘छठ पर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छौं,’ उनले भने, ‘नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ।’ उनले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताए। दुई महिनाका लागि आवश्यक पर्ने ३ देखि ४ मेट्रिक टन केरा किसानका बगैंचामा तयारी अवस्थामा रहेको उनले बताए। यतिखेर नेपालमा दैनिक रूपमा केरा आयात हुँदै आएको छ। ‘भारतबाट आज पनि काठमाडौंमा सात गाडी केरा गएको छ,’ उनले भने, ‘भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन,’ अध्यक्ष पन्तले भने।

तत्काल भारतीय केरा आयात नरोके बगानमै सडेर जाने अवस्था रहेको उनको भनाइ छ। भारतीय केरा रोक्न सके जिनाइन ३६ रुपैयाँ दर्जन र मालभोग ४८ रुपैयाँ दर्जनमा दिन सकिने उनले बताए। ‘हाम्रो उद्देश्य यहाँको मूल्यवृद्धि गर्ने होइन, सर्वसुलभ बनाउने हो,’ उनले भने, ‘यसरी हामीले केरा बेच्न सक्यौं भने बजार मूल्य पनि कायम हुन्छ भन्ने विश्वास लिएका छौं।’ अहिले किसानले लागत पनि उठाउन सकेका छैनन्।

भारतीय केरा नल्याउन नेपालमा रहेका फलफूल व्यवसायीलाई समेत उनले अनुरोध गरेका छन्। ‘बारीभरि केरा पाकेका छन्। भारतीय केरा आयात तत्काल नरोकिए किसान आन्दोलित हुनेछन् र केरा खोसेर फाल्नेछन्,’ उनले भने, ‘व्यापारीलाई पनि भन्छौं, भारतबाट केरा नल्याउनुहोस्।’

नेपाल केरा उत्पादक संघ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायीले चरणबद्ध आन्दोलन गर्ने बताए। ‘सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ।

यहाँ विभिन्न नाकाबाट बिनाएलसी भारतीय केरा अवैध रूपमा भित्रिएका छन्,’ उनले भने, ‘यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन्।’

भरतपुर महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धिताल चितवनमा भारतीय केरा नआएको बताउँछन्। ‘चितवनको केरामा गुणस्तर कम छ। त्रिवेणी क्षेत्रको केरा राम्रो छ,’ उनले भने, ‘किसानले भनेजस्तो होइन।’ चितवनको केराको गुणस्तर कम हुँदा बुटवल, काठमाडौंमा यहाँको केरा बिक्री नभएको उनले बताए। अहिले मन्दीका कारण केराको बिक्रीसमेत नभएको उनको भनाइ छ।  

चाडपर्वको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनाले यहाँका कृषक अप्ठ्यारोमा परेको कृषकहरूले बताएका छन्। नेपालको उत्पादन ३ लाख ८ हजार ३८८ मेट्रिक टन छ। यो कुल मागको ६० प्रतिशत रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए।

उनका अनुसार ४० प्रतिशत केरा भारतबाट निर्यात हुँदै आएको छ। देशभर केराको कुल माग ५ लाख १४ हजार ५० मेट्रिक टन रहेको छ। यहाँ २१ हजार ६३३ हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। त्यसमध्ये चितवनमा २ हजार ७६ हेक्टर क्षेत्रमा केरा खेती हुन्छ। त्यसमा ४३ हजार १९३ मेट्रिक टन चितवनमा उत्पादन हुन्छ।

नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ। चितवन, कैलाली, कञ्चनपुर, परासी, झापा, बारा, मोरङ, सुनसरी, रौतहट, बाँके, बर्दियामा केराको राम्रो उत्पादन हुँदै आएको छ।
अर्को समाचार
माटोका पाला बनाउन कुमाले समुदायलाई भ्याइनभ्याइ
२७ असोज २०७९
•
३ मिनेट पाठ
माटोका पाला बनाउन कुमाले समुदायलाई भ्याइनभ्याइ
फाइल तस्बिरः प्रशन्न गुरुङ
नेपालीहरूको दोस्रो महान् तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ। यस वर्ष माग धेरै भएकाले विशेष गरी प्रजापति समुदायलाई फुर्सद नभएको हो।




यहाँ आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन।

'तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै माग आएको छ, तिहार सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ', वर्षौँदेखि माटोका भाँडा बनाउँदै आएका स्थानीय तालाको पोर्टरी स्क्वायरका ३८ वर्षका विनोदकुमार प्रजापतिले भने।

वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो भन्दै उहाँले यो मौकालाई गुम्न नदिन स–परिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको सुनाए। माटोका भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उनले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिए। उनले पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त उहाँले यस वर्ष साना र ठूला दुवै प्रकारका पालाको माग बढेकाले मागअनुसारको उत्पादन गर्न निकै गाह्रो भएको बताए।

माटोका भाँडा बनाउँदै आएका पोटरी स्क्वायरका करिब ४० घर परिवार प्रजापति समुदायको यतिखेर एकछिन हात खाली छैन, कोही माटोका भाँडा बनाइरहेका, कोही सुकाइरहेका, कोही आधुनिक भट्टीमा भाँडा पोखिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै माग आएका ठाउँमा सामान पुर्‍याउन जान भ्याइनभ्याइ भएको देखिन्छ।

पोटरी स्क्वायरकै दयाराम प्रजापतिको एकछिन हात खाली छैन्। बाजेबराजुका पालादेखि माटोका भाँडा बनाउँदै आएको उहाँको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आएका छन्। उनले भने, 'यस वर्ष पालाको माग धेरै छ, तिहार नजिक आइसक्यो, मागअनुसारको पाला उत्पादन गर्नुपर्छ भ्याउनै मुस्किल छ।'

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंँ, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जबाट समेत माग भएकाले पठाउने गरेको उनको भनाइ छ। उनले भने, 'माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुन्थ्यो, माटोको अभाव छ। भक्तपुरमा माटो पाउन छाडेको आठ वर्ष भइसक्यो। साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेशा नै सङ्कटमा पर्ने अवस्था आएको छ।'

भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाले कुमाले समुदायलाई पाला बनाउन यतिखेर भ्याइनभ्याइ भएको मध्यपुरथिमिका रुजेन प्रजापतिले बताए। विगतमा भक्तपुरका कुमालेले बाहिर जिल्लामै गएर माटोका भाँडा बनाउने गर्ने जनाइएको छ। कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ।  भक्तपुरमा यसको माग बढेको पुर्खौँदेखि कुमाले पेशामा लाग्दै आएका बलराम प्रजापतिले सुनाए।

काठमाडौं उपत्यकादेखि उपत्यका बाहिरसम्मबाट लाखाैँ पालालगायतका सामग्रीको माग आएपछि सो समुदायलाई भ्याइनभ्याइ भएको हो। अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग बढेकाले यस्ता सामान बनाउन व्यस्त रहेका छन्। थोरै भाँडा बनाउनेले पनि तिहारमा रु एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र ५ लाखसम्म आम्दानी गर्ने जनाइएको छ ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस