उत्कृष्ट ‘बिजनेस प्लान’ लाई प्रतिभा माविले व्यवसाय गर्न ‘बिउपूँजी’ दिने
२६ कार्तिक २०७९
•
३ मिनेट पाठ
उत्कृष्ट ‘बिजनेस प्लान’ लाई प्रतिभा माविले व्यवसाय गर्न ‘बिउपूँजी’ दिने
पोखराको प्रतिभा माविमा आयोजित ‘व्यवसायिक योजना’ बारे विद्यार्थीबीच आफ्नो अनुभव सुनाउँदै व्यवसायी सुशीलमान प्रधानांग। तस्बिरः नागरिक
नयाँ व्यवसाय थाल्दाका झन्झट कस्ता हुन्छन? आर्थिक रुपमा तयारी कसरी गर्ने, कस्तो व्यवसाय गर्ने? व्यवसायमा सफलता र असफलता हात पार्दा के गर्ने? यस्तै समस्या हुन्छन जो कोहीलाई नयाँ व्यवसाय थाल्दा। नयाँ व्यवसायमा आइपर्न सक्ने यस्तै चुनौती र अवसरबारे ज्ञान आदानप्रदान गर्न यहाँको पालिखेचोकस्थित प्रतिभा माविले शनिबार ‘व्यवसायिक योजना’ बारे विद्यार्थीमाझ अनुभव साटासाट गराएको छ।  




विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार दशंै–तिहारको एकमहिने बिदामा विद्यार्थीलाई आफुले जानेको र बुुझेको ‘बिजनेस प्लान’ बारे तयार गर्न लगाइएको थियो। कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले बिदाको बेला तयार पारेको विजनेस प्लानलाई शनिबार प्रतिश्पर्धात्मक रुपमा प्रस्तुत गरेका थिए।  

व्यक्तिगत रुपमा विद्यार्थीले तयार पारेको उक्त प्लानमध्ये प्रथम हुनेलाई १५ हजार, दोश्रोलाई १० हजार र तेश्रो र चौथोलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने सापकोटाले बताए। ‘११ र १२ कक्षाको तहमा पहिलो पटक यो योजना तयार पार्न लगाएका हौ। स्नातक र स्नातकोत्तर तहमा धेरै शिक्षण संस्थाले विद्यार्थीलाई बिजनेस प्लान गर्न लगाउँछन,’ सापकोटाले भने, ‘तर, प्रतिभाले ११ कक्षादेखिका विद्यार्थीलाई यो काममा संलग्न गराएको छ। सानैदेखि व्यवसायिक क्षेत्रको महत्व बुझाउन यो कार्यक्रम प्रभावकारी हुने ठानेका छौ।’

सापकोटाका अनुसार विद्यार्थीले प्रस्तुत गरेको मध्ये प्रथम हुने विजनेस प्लानलाई विद्यार्थीले साच्चै व्यवसायिकता दिएमा विद्यालयले आर्थिक सहयोग गर्नेछ। ‘अहिले प्रस्तुत गरेको बिजनेस प्लानलाई साच्चै व्यवसायिकता दिने र आर्थिक रुपमा अवस्था कमजोर भए विद्यालयले बिउ पूँजीको रुपमा पाँचलाख रुपैयाँ सहयोग गर्नेछ,’ सापकोटाले भने, ‘आर्थिक रुपमा व्यवसाय गर्न बाट कोही पनि पछाडि हट्नु नपरोस भनेर यो सहयोग घोषणा गरिएको हो।’

विद्यालयले दिएको बिउँ पूँजी बापतको पाँचलाख रुपैयाँ बिना ब्याज पाँचवर्षपछि विद्यालयलाई फिर्ता गर्नुपर्नेछ । ‘बिना ब्याज पाँचलाख रुपैयाँ दिदाँ व्यवसाय गर्नेलाई पनि सहज होस भन्ने हो,’ उनले भने, ‘आर्थिक समस्याको भार कम परोस भन्ने चाहेका हौ।’ त्यसबाहेक आवश्यक परेमा विद्यालयले अरु लगानीकर्ता खोज्न पनि सघाउने उनले बताए। त्यसबाहेक विद्यार्थीले तयार पारेको बिजनेस प्लानलाई बेच्न चाहेमा पनि विद्यालयले सघाउने सापकोटाले बताए। बिक्री भएको बिजनेस प्लानको कपिराइट भने विद्यार्थीकै हुनेछ।

प्रतिश्पर्धा सुरु हुनुअघि आयोजित कार्यक्रममा प्रमुख अतिथि सेलवेज ग्रुपका अध्यक्ष सुशीलमान प्रधानांगले व्यवसायमा अनुसन्धान, पारदर्शिता, लक्ष्य हुनुपर्ने बताए। कुनैपनि व्यवसाय सफल हुनका लागि व्यवसायीले योजना बनाउनुपर्ने उनले बताए। तीनदशक अघि आफुले सानो आकारको कपडा पसलबाट थालेको व्यवसायले अहिले ठुलो आकार लिएको अनुभव सुनाउँदै प्रधानांगले भने, ‘आफुलाई अनुकुल हुने गरि व्यवसाय गर्ने हो। कतै कमजोरी भइहालेमा पनि सुधार्न सकिन्छ।’ यो समुहले अहिले डिपार्टमेन्टल स्टोर संचालन गरेको छ।  

प्रधानांगले दीर्घकालिन हुनेखालको व्यवसाय गर्नुपर्ने र त्यसमा पारदर्शिता आवश्यक रहेको बताए। ‘सुरुमा त निकै घाटामा पनि चल्यौ। तर, हामी आत्तिएनौ,’ व्यवसायिक अनुभव साट्दै उनले भने, ‘व्यवसाय थालेर मात्र हुँदैन। त्यससँग सम्बन्धित धेरै कुरा बुझ्नुपर्छ।’ सेलवेजले सातजना कर्मचारीबाट थालेको व्यवसाय अन्तर्गत अहिले काठमाडौंमा मात्र २३ वटा डिपार्टमेन्टल स्टोर्स संचालन गरेको छ। सेलवेजले पोखरामा ६ वटा शाखा संचालन गरेको छ। अहिले करिब ६ सय जना कर्मचारी कार्यरत रहेको प्रधानांगले बताए।

प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले व्यवसाय थाल्दा बीचबीचमा बाधा अवरोध आएपनि अघि बढ्ने सोच राख्नुपर्ने बताए। ‘बेलैमा सोच गरेर व्यवसाय थाल्ने हो भने दीर्घकालिन हुन सक्छ। त्यसको लागि विद्यार्थीले अहिले नै सोच्नुपर्छ,’ पौडेलले भने, ‘योजना नै अघि बढ्ने बाटो हो। आफ्ना योजनामा अवरोध आएपनि चिर्न सक्नुपर्छ।’ ‘उद्यमी बन्नका लागि इच्छाशक्ति चाहिन्छ। त्यसको यात्रा बेलैमा थाल्नुपर्छ,’ उनले भने।
अर्को समाचार
शैक्षिक बहसः ‘शिक्षक उत्कृष्ट, तर कक्षा कोठामा उत्कृष्टता छिरेन’
२० भदौ २०८३
•
५ मिनेट पाठ
शैक्षिक बहसः ‘शिक्षक उत्कृष्ट, तर कक्षा कोठामा उत्कृष्टता छिरेन’
कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको सिकाईलाई प्रभावकारि बनाउने तरिका तथा विकसित प्रविधि अनुसार शिक्षण सिकाईलाई कसरी अघि बढाउने भन्ने विषयमा पछिल्लो समय अन्योल उत्पन्न हुँदै गएको छ। त्यही अन्योललाई चिर्न सकिने उपायबारे पोखरामा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले गहन छलफल गरेका छन्।  




काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशन र पोखराको प्रतिभा माविको आयोजनामा भएको छलफलमा पोखरा क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक सहित शिक्षा क्षेत्रमा सक्रिय पदाधिकारी सहभागि छन्। दुईदिनसम्म चल्ने छलफलले शिक्षण विधिलाई अगाडि बढाउने तरिकाबारे छलफल गर्नेछन। विद्यार्थीको क्षमता अनुसारको सिकाईलाई प्रभावकारी बनाउने तरिकाबारे छलफल गर्नेछन।  

‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक उक्त कार्यक्रमको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा बालचन्द्र लुइँटेल र प्रतिभा माविका संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए। कार्यक्रममा मुख्य वक्ताको रुपमा रहेका काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा. बालचन्द्र लुइँटेल मुख्य वक्तका रुपमा थिए।  

कार्यक्रममा प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाले अहिलेको शिक्षा समय अनुसार परिवर्तन भएकोले हिजोको दिनको जस्तो नरहेको बताए। ‘समय परिवर्तन भएको छ, विद्यार्थी परिवर्तन भएका छन्, प्रविधि परिवर्तन छ, समाज परिवर्तन भएको छ, तसर्थ सिकाइका आवश्यकता पनि परिवर्तन भएका छन्,’ सापकोटाले भने, ‘एकजना शिक्षकले कक्षाकोठामा गरेको शिक्षण सिकाईको अभ्यासको अवधि लामो भएको छ, शिक्षकका ती अभ्यास उत्कृष्ट पनि होलान, तर, अब सुधार गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’  

उनका अनुभवमा शिक्षण क्षेत्रमा वास्तविक अनुभव दुईवर्षको मात्र हुन्छ, त्यसपछिको समय निरन्तरता मात्र बन्ने गरेको छ। ‘हामीले आफूलाई समय अनुसार परिवर्तन गर्न सकेनौ भने दुईवर्षपछिको समय ‘अनुभवको निरन्तरता’ मात्र हो,’ उनले भने। एउटै कक्षाकोठामा फरक क्षमता, रुचि, सिकाइ, गति र पारिवारिक पृष्ठभूमिका विद्यार्थी हुने भएकाले विद्यार्थीलाई एउटै तरिकाले मात्र सिकाउन नहुने उनले बताए।  

‘मलाई लागेको सबैभन्दा उत्तम तरिका यही नै हो भनेर त्यही तरिकाबाट सिकाउने अवस्था छैन,’ उनले भने, ‘प्रत्येक बालबालिकाले उनीहरुमा रहेको आफ्नो क्षमता र आवश्यकता अनुसार बुझ्न पाउनुपर्छ, सिक्न पाउनुपर्छ, त्यो सिकाइ माध्यम हामीले तयार गर्नुपर्छ।’ हरेक बालबालिकाले विद्यालयमा कक्षाकोठामा आफूलाई सुरक्षित, सम्मानित र स्वीकार गरिएको महसुस गर्ने ठाउँको रुपमा अनुभव गर्नुपर्ने उनले बताए। पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा जस्ता प्रविधिका कुराले शिक्षाको क्षेत्रमा नयाँ सम्भावना उजागर गरिरहेकोले ती प्रविधिलाई सिर्जनात्मक र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्ने प्राचार्य सापकोटाको भनाई छ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षण सिकाईका तरिका परिवर्तन गरेर विद्यार्थी सामु प्रस्तुत गर्न नसकेमा असफल शिक्षक बन्ने अवस्था सिर्जना भएको बताए। सरकारले थुप्रै तालिम सन्चालन गर्ने, संस्थागत विद्यालयले थुप्रै खालका यस्ता कार्यक्रम गरेको भएपनि तालिममा सिकेका कुरालाई कक्षाकोठामा प्रस्तुत हुन नसकेको उनले बताए। ‘शिक्षक उत्कृष्ट छन। तर, कक्षा कोठामा त्यो उत्कृष्टता छिर्न सकेन,’ उनले भने, ‘कम्तिमा सिकेका सिकाइलाई कक्षाकोठामा प्रस्तुत गरिदिने हो भने त्यसले नयाँ ज्ञान दिलाउनेछ।’

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा. बालचन्द्र लुइँटेलले पछिल्लो समय बालबालिका समुदायसँग भिज्नै नपाएको बताए। अझ पछिल्लो समय त बौद्धिक तह नै कमजोर बन्दै गएको उनले बताए।

‘हामी अहिले अत्यन्तै अनिश्चित समयबाट गुज्रिरहेका छौं। विश्वका विभिन्न ठाउँमा भइरहेका राजनीतिक, सामाजिक, आर्थिक र वातावरणीय परिवर्तनले भोलि कहाँ के हुन्छ भन्ने अनुमान गर्नसमेत कठिन बनाएको छ,’ उनले भने, ‘अबको शिक्षालाई पनि यही बदलिँदो सन्दर्भबाट हेर्नुपर्ने आवश्यकता छ।’
यस्तो अवस्थामा शिक्षा प्रणालीको उद्देश्य केवल ज्ञान हस्तान्तरण गर्नु मात्र नभई शिक्षाले ज्ञानसँगै सीप, कल्पनाशक्ति, आलोचनात्मक सोच, समस्या समाधान गर्ने क्षमता र नागरिक चेतना विकास गर्नुपर्ने उनले बताए। ‘अबको संसारले केवल एउटा जागिरका लागि तयार भएको जनशक्ति होइन, परिवर्तनसँगै आफूलाई रुपान्तरण गर्न सक्ने मानिस पनि खोजिरहेको छ,’ उनले भने।

विद्यालयले एक्लै सीप विकास गर्न नसक्ने उनले बताए। त्यसका लागि परिवार, समुदाय, उद्योग, विश्वविद्यालय, स्थानीय सरकार, पुस्तकालय र विभिन्न सामाजिक संस्थाबीचको सहकार्य आवश्यक रहेको उनले बताए। ‘हामीले विद्यालयलाई कक्षाकोठामा मात्र राखेर सीप सिकाउने प्रयास गर्नुहुँदैन। विद्यालय र समुदायबीच बलियो सम्बन्ध आवश्यक छ। त्यसका लागि समुदाय, पुस्तकाल, सार्वजनिक पुस्तकालय, प्रयोगशाला, सीप विकास केन्द्रमा पुग्नेगरि अवसर निर्माण गर्नुपर्छ,’ उनले भने।  

अहिलेको शिक्षा प्रणालिबारे उनले प्रश्न पनि उठाए। ‘हामी विद्यार्थीलाई भविष्यका लागि तयार गर्दैछौं कि केवल परीक्षाका लागि?’ उनको प्रश्न थियो। शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम बन्यो भने ज्ञान त दिन सकिन्छ, तर जीवनका जटिल समस्या समाधान गर्न सक्ने नागरिक बनाउन नसक्ने उनले बताए।

प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले शिक्षालाई अझ गुणस्तरीय, समयसापेक्ष र जीवनोपयोगी कसरी बनाउने भन्ने विषयमा सामूहिक रुपमा सोच्ने, सिक्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरेको बताए। शिक्षालाई कक्षाकोठाभित्र मात्र शिक्षकले विद्यार्थीलाई पढाउने विषयका रुपमा मात्र बुझ्न नहुने उनले बताए।  

‘शिक्षा भनेको भावी पुस्ता कस्तो बनाउने, उनीहरुमा कस्तो सोच, सीप, संस्कार र दृष्टिकोण दिने भन्ने व्यापक विषय बनेको छ,’ उनले भने, ‘शिक्षालाई सुधार गर्न यस्ता छलफल हुनुपर्छ। सुधार केवल सोचाइबाट सम्भव हुँदैन। सिकेका कुरालाई व्यवहारमा लागु गर्न सके मात्र त्यसको वास्तविक अर्थ हुन्छ।’
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
यो पनि पढौँ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस