भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजश्व सङ्कलन, २ खर्ब ६९ अर्ब बढी व्यापार घाटा
०५ साउन २०८३
•
४ मिनेट पाठ
भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजश्व सङ्कलन, २ खर्ब ६९ अर्ब बढी व्यापार घाटा
भैरहवा भन्सारले यसपालि पनि राजश्व सङ्कलनमा विभागले दिएको लक्ष्य भेट्टाउन सकेन। गत आर्थिक वर्ष २०८२/०८३ मा यो भन्सारले १ खर्ब ५ अर्ब २ करोड  रुपैयाँ राजश्व सङ्कलन गरेको छ।




यो रकम लक्ष्यको ९२ दशमलव ४ प्रतिशत हो। भन्सार विभागले भैरहवालाई १ खर्ब १३ अर्ब ६६ करोड राजश्व सङ्कलनको लक्ष्य तोकिदिएको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा भने यसपालि राजश्व सङ्कलनमा १३ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा भैरहवाले ९५ अर्ब १९ करोड ३८ लाख राजस्व सङ्कलन गरेको थियो।

भैरहवाका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले लक्ष्य निर्धारण गरिने विधि वैज्ञानिक नभएको भन्दै अघिल्ला वर्षको तुलनामा राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि हुनु सकारात्मक भएको प्रतिक्रिया दिए।

भैरहवा राजश्व सङ्कलनको हिसाबले देशकै दोस्राे ठुलो भन्सार नाका हो। पछिल्ला केही वर्ष यता यो भन्सारले लक्ष्य भेट्टाउन सकिरहेको छैन। 

भन्सार प्रमुख पौडेलका अनुसार रुपन्देही, नवलपरासी, कपिलबस्तु लगायतका जिल्लामा उत्पादनमूलक उद्योग फस्टाउन नसकेको र भएका उद्योगहरू पनि फुल फेजमा सञ्चालन हुन नसक्दा कच्चा पदार्थको आयात तुलनात्मक रूपमा घट्दा त्यसको असर राजश्व सङ्कलनमा परेको हो।  ‘हामी कहाँ लक्ष्य तोक्ने वैज्ञानिक विधिको पनि अभाव छ’ पौडेलले भने।

गत आर्थिक वर्षमा भन्सार विभागले देशभरबाट कुल ५ खर्ब ८८ अर्ब राजश्व सङ्कलनको लक्ष्य निर्धारण गरेकोमा कुल लक्ष्यको १९ दशमलव ३ प्रतिशतको जिम्मेवारी भैरहवालाई दिएको उनले बताए।

सुरक्षा निकायहरूसँगको समन्वयमा राजश्व चुहावट र तस्करी नियन्त्रणमा विशेष अभियान  नै सञ्चालन गरिएको भएपनि खुल्ला सीमा चुनौतीकै रूपमा रहेको उनले बताए। ‘बेलहिया नाका पारी भारततर्फ र वारी सडक साँगुरो हुँदा लामो समय जाममा बस्नु पर्ने समस्याका कारण व्यवसायीले अन्य नाका रोज्न थालेका छन्,’ पौडेलले भने।  

२ खर्ब ६९ अर्ब बढी व्यापार घाटा

भैरहवा भन्सारको गत आर्थिक वर्षको व्यापार घाटा  २ खर्ब, ६९ अर्ब ६ करोड ६५ लाख छ। यसपालि भैरहवाबाट ३ खर्ब  ४ अर्ब ५ करोड रुपैयाँ बराबरको मालसामान आयात भएको थियो। निर्यात जम्मा ३४ अर्ब ९८ करोड ३५ लाख मुल्य बराबरको भएको थियो।

अघिल्ला वर्षहरूको तुलनामा यसपालि निर्यातमा सुधार देखिएपनि आयातको तुलनामा निर्यात नगण्य नै रहेको भन्सार प्रमुख पौडेलले बताए।

भैरहवाको कुल राजश्व सङ्कलनको झण्डै २५ प्रतिशतभन्दा बढी हिस्सा अटो मोवाइल्सको रहेको कार्यालयले जनाएको छ।

यो वर्ष भैरहवास्थित बेलहिया नाकाबाट सबैभन्दा धेरै २२ अर्ब ८३ करोड ५८ लाख मूल्यका १ लाख ७८ हजार २१५ वटा मोटरसाइकल आयात भएको छ।

९ अर्ब ५९ करोड ८१ लाख मूल्यका ७ हजार १५९ वटा जिप कार भ्यान आयात भएका छन्। २ अर्ब ५४ करोड ७२ लाखका २ हजार ४१२ वटा पिकअप गाडी आयात भएको छ।

१५ अर्ब ९६ करोड १३ लाखको स्पन्ज आइरन र ८ अर्ब ४६ करोड १४ लाखको एम एस विलेट आयात भएको छ । ८ अर्ब १० करोड ५८ लाख मूल्यको ७६ हजार किलोलिटर पेट्रोल आयात भएको छ।

८ अर्ब ६४ करोड ५१ लाख मूल्यको एल.पि.ग्यास आयात भएको छ। ८ अर्ब ५९  करोड ८ लाख मूल्यका २ लाख ५१ हजार २५४ थान मोबाइल भैरहवा भन्सारबाट आयात भएको छ । ६ अर्ब २९ करोडको कोइला र १ अर्ब ५६ करोडको सुपारी आयात भएको भैरहवाको सङ्कलित राजश्वमा यी दश मुख्य बस्तुको योगदान ५१ दशमलव ५१ प्रतिशत छ।

भैरहवा भन्सारबाट निर्यात हुने मुख्य १० बस्तुहरूमा भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न,आल्मुनियमका तार, स्टिल वा फलामका भाँडाकुँडा, सिमेन्ट खैरो,चाउचाउ नुडल्स्,पास्ता, सूर्यमुखीको प्रशोधित तेल,  खयर कत्था, प्लाइउड र कोइला छन्।

यो वर्ष १३ अर्ब ७३ करोड बढी मूल्यको भटमासको तेल निर्यात भएको छ । ३ अर्ब ५९ करोड बढी मूल्यको सेन्थेटिक यार्न,३ अर्ब ५७ करोड बढीको आल्मुनियमका तार निर्यात भएको छ।

१ अर्ब ५१ करोडको बढीको खैरो सिमेन्ट निर्यात भएको छ। १ अर्ब ३० करोड बढीको चाउचाउ,नुडल्स् तथा पास्ता निर्यात भएको छ। १ अर्ब ५ करोडको खयर कत्था र १ अर्ब १ करोड बढी मूल्यका स्टिलका भाँडाकुँडा निर्यात भएको छ । ८१ करोड ३९ लाखको सूर्यमुखीको तेल निर्यात भएको छ। ८० करोड बढीको प्लाइउड र ७९ करोड बढी मूल्यको चोकर भुस निर्यात भएको छ।

चालु आर्थिक वर्ष २०८३/०८४का लागि विभागले भैरहवालाई १ खर्ब २२ अर्ब राजश्व सङ्कलनको लक्ष्य दिएको छ । यो वर्ष भन्सारले देशभरबाट कुल ६ खर्ब २८ अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। विभागको कुल लक्ष्यको १९ दशमलव ४ प्रतिशत राजश्व यो वर्ष भैरहवाले उठाउनु पर्ने छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
यो पनि पढौँ
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस