नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से १.६३ अंक बढेर २७०२.११ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.३१ अंक, फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले वृद्धि भएको छ।
शुक्रबार कारोबार रकम पनि बढेको छ। आज ३५३ स्टकको ६१ हजार १७० पटकको कारोबारमा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेमा बिहीबार ३ अर्ब ४१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
आज एपोलो हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा ११९ रुपैयाँ ४० पैसा बढेर ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य १४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ को ३३ करोड ११ लाख २२ हजार रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५ को साढे ३२ करोड र सोपान फर्मास्यूटिकल्सको २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये शुक्रबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।