गण्डकी प्रदेशको बजेट खर्च ६९ प्रतिशत
०१ साउन २०८२
•
३ मिनेट पाठ
गण्डकी प्रदेशको बजेट खर्च ६९ प्रतिशत
गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष करिब ६९ प्रतिशत बजेट खर्च गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा गण्डकी सरकारले ६९.५४ प्रतिशत बजेट खर्च गरेको हो। यो अघिल्लो वर्षको तुलनामा २.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष गण्डकी सरकारले ६६.५९ प्रतिशत बजेट खर्च गरेको थियो।




आर्थिक वर्ष २०८१/८२ का लागि गण्डकी सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमा २२ अर्ब ९३ करोड ४० लाख ८१ हजार ६ सय ७ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

गण्डकी सरकारले चालुतर्फ ६१.३१ र पुँजीगततर्फ ७६.८३ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ १३ अर्ब १३ करोड ५४ लाख ८२ हजार बजेट विनियोजन गरेकोमा ७ अर्ब ९३ करोड ७९ लाख ९१ हजार ३ सय ५७ रुपैयाँ खर्च गरेको हो। त्यस्तै, पुँजीगततर्फ १९ अर्ब ५४ करोड ३० लाख ९३ हजार बजेट विनियोजन गरेकोमा १४ अर्ब ९९ करोड ६० लाख ९० हजार २ सय ४९ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक सुदीप गौतमले जानकारी दिए।

मन्त्रालयगत हिसाबले विनियोजित बजेटमध्ये गत आर्थिक वर्षमा सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले खर्च गरेको छ। सो मन्त्रालयले ४ अर्ब २ करोड ५३ लाख ८९ हजार बजेट विनियोजन भएकोमा ३ अर्ब ८६ करोड ८१ लख १३ हजार रुपैयाँ खर्च गरेको छ। जुन विनियोजित बजेटको ९६.०९ प्रतिशत हो।

त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १ अर्ब ५८ करोड ४४ लाख ३० हजार बजेट विनियोजन गरेकोमा १ अर्ब ३० करोड ६१ लख ७५ हजार अर्थात ८२.४३ प्रतिशत, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १२ अर्ब ७० करोड १६ लाख ६६ हजार बजेट विनियोजन गरेकोमा ९ अर्ब ७२ करोड ९४ लाख ४२ हजार अर्थात ७६.५९ प्रतिशत, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ५ अर्ब ४७ करोड ७४ लाख १६ हजार बजेट विनियोजन गरेकोमा ३ अर्ब ९४ करोड ६९ लाख २४ हजार अर्थात ७२.०८ प्रतिशत बजेट खर्च गरेको छ।

यसैगरी, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले २ अर्ब ९ करोड २१ लख ७ हजार बजेट विनियोजन भएकोमा १ अर्ब ४१ करोड ३५ लाख ८९ हजार अर्थात ६७.५६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ अर्ब ५९ लाख ९८ हजार बजेट विनियोजन गरेकोमा ५१ करोड ६ लाख ७६ हजार अर्थात ५०.७६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।

आर्थिक वर्षको शुरुवातमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एउटैमा थियो भने अहिले उद्योग तथा पर्यटन र वन तथा वातावरण गरेर दुईवटा बनेको छ। त्यस्तै, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय एउटै रहेकोमा अहिले टुक्राएर सामाजिक विकास र स्वास्थ्य मन्त्रालय बनाइएको छ। यी सबै मन्त्रालयको बजेट खर्च लेखा नियन्त्रकको कार्यालयले आर्थिक वर्षको शुरुवातमा जे रहेको थियो त्यहि एकमुष्ठ रूपमा राखेको छ।

गाण्डकी प्रदेशको प्रदेश सभा सचिवालयले गत आर्थिक वर्षमा ७९.७१ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ८३.९९ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ७७.९७ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले ३६.५१ प्रतिशत बजेट खर्च गरेको कार्यालयका लेखा नियन्त्रक गौतमले जानकारी दिए।

यसैगरी, स्थानीय तहका लागि विभिन्न शीर्षकमा विनियोजितमध्ये ८८.३१ प्रतिशत बजेट खर्च भएको जनाइएको छ।
अर्को समाचार
गण्डकी प्रदेशको बजेट खर्च ६३.७१ प्रतिशत
०२ साउन २०७७
•
३ मिनेट पाठ
गण्डकी प्रदेशको बजेट खर्च ६३.७१ प्रतिशत
गण्डकी प्रदेश सरकारको कार्यालय । तस्बिर : उमेश पुन/नागरिक
गण्डकी प्रदेशले कुल बजेटको ६४ प्रतिशत खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा ६३.७१ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको तुलनामा ५.६१ प्रतिशत बढी हो । अघिल्लो वर्ष गण्डकी प्रदेश सरकारले ५८.१० प्रतिशत बजेट खर्च गरेको थियो । गण्डकी प्रदेशले संसोधित खर्च अनुमान अनुसारै बजेट खर्च गरेको हो । ९५ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेर बजेट बनाएको प्रदेश सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण वैशाखमा खर्च अनुमान संसोधन गर्दै ६३ प्रतिशत कायम गरेको थियो ।  




गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेट विनियोजन गरेकोमा २० अर्ब ४७ करोड २७ लाख ८२ हजार ४ सय ६८ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय पोखराले जनाएको छ ।

बजेट खर्च अन्तर्गत विकास (पूँजीगत) खर्च ७०.४६ प्रतिशत तथा चालुतर्फ ५२.८० प्रतिशत खर्च गरेको कोषले जानकारी दिएको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६÷०७७ मा पूँजिगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार बजेट विनियोजन गरेकोमा १३ अर्ब ९८ करोड ६४ लाख ३१ हजार ९ सय ५६ रुपैयाँ खर्च गरेको छ । त्यस्तै चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेकोमा ६ अर्ब ४८ करोड ६३ लाख ५० हजार ५ सय १२ रुपैयाँ खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पोखराका लेखा अधिकृत सुदीप गौतमले जानकारी दिए ।

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा ६४.५० प्रतिशत बजेट खर्च गरेको छ । १ अर्ब ३२ करोड ७७ लाख ७३ हजार बजेट रहेकोमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले ८५ करोड ६४ लाख ५६ हजार ७ सय ९१ रुपैयाँ खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ३४.१६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । २२ करोड ४ लाख ४१ हजार बजेट रहेको आर्थिक मामिलाले ७ करोड ८३ लाख ६७ हजार २ सय ८६ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३३.८२ प्रतिशत बजेट खर्च गरेको छ । ५९ करोड ३९ हजार ३६ हजार बजेट रहेकोमा आन्तरिक मामिलाले २० करोड ८ लाख ७८ हजार ६ सय ८२ रुपैयाँ खर्च गरेको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ५९.५३ प्रतिशत बजेट खर्चिएको छ । दुई अर्ब ३ करोड १४ लाख ७ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले १ अर्ब २० करोड रुपैयाँ ९२ लाख ९५ हजार बजेट खर्च गरेको हो ।

भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले ६६.६५ प्रतिशत बजेट खर्च गरेको छ । कुल २ अर्ब ४२ करोड ८० लाख ८१ हजार बजेट रहेको सो मन्त्रालयले १ अर्ब ६१ करोड ८२ लाख ७१ हजार ५ सय ९२ रुपैयाँ बजेट खर्च गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ७५.५६ प्रतिशत खर्च गरेको छ । १५ अर्ब ९५ करोड ५ लाख ६४ हजार बजेट रहेको सो मन्त्रालयले १२ अर्ब ५ करोड १८ लाख ४४ हजार ३ सय ६९ रुपैयाँ खर्च गरेको हो ।

सामाजिक विकास मन्त्रालयले ७२.९५ प्रतिशत बजेट खर्चिएको छ । कुल ३ अर्ब ३९ करोड १६ लाख २ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले २ अर्ब ४७ करोड ४३ लाख ५ हजार ३ सय २० रुपैयाँ बजेट खर्चिएको छ ।

असारे विकासले पायो निरन्तरता

गण्डकी प्रदेश सरकारले असारे विकासलाई निरन्तरता दिएको छ । प्रदेश सरकारले कुल बजेटको २६.३१ प्रतिशत बजेट अर्थात ८ अर्ब ४ करोड ८९ लाख ७७ हजार १४२ रुपैयाँ असारमा मात्र खर्च गरेको हो । जेठ मसान्त सम्म ३७.४० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असार मसान्त सम्ममा ६३.७१ प्रतिशत बजेट खर्च गरेको छ ।  

प्रदेश सरकारले पछिल्लो ५ दिनमा कुल बजेटको १२.०३ प्रतिशत बजेट खर्च गरेको छ । असार २७ गतेदेखि असार ३१ गतेसम्मक ५ दिनमा प्रदेश सरकारले ३ अर्ब ८६ करोड ५३ लाख ७४ हजार ३ सय ६८ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।  

कोरोना र त्यसको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चैतदेखि विकास निर्माणका काम ठप्प भएपनि लकडाउन खुकुलो भएपश्चात प्रदेशको विकास निर्माणले तिव्रता पाउँदा असारमा बजेट खर्च ह्वात्तै बढेको हो ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस