प्रकृतिमा आधारित समाधान
२३ वैशाख २०८०
•
४ मिनेट पाठ
प्रकृतिमा आधारित समाधान
जलवायु परिवर्तन आधुनिक विश्वको सबै भन्दा ठूलो चुनौती बनेको छ। मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको यो विषयलाई लिएर विश्वमा पछिल्ला वर्षहरूमा गहन बहस सुरु भएको छ। तैपनि बहुआयामिक प्रकृतिको विषयलाई सम्बोधन गर्न यथेष्ट प्रयास र सहकार्य हुन सकेका छैन।




औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधिको तुलनामा विश्वको सरदर तापक्रम १.१ डिग्री सेल्सियसले बढिसकेको छ। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यो शताव्दीको अन्तसम्म तापमान वृद्धिलाई सकेसम्म १.५ डिग्री सेल्सियसमा सीमित राख्ने भने तापनि केही दशकमै यो स्तरमा तापक्रम वृद्धि हुने वैज्ञानिक आकलन छ। तापमान वृद्धिका कारण विश्वमा प्राकृतिक विपद्का घटना बढेका छन्। यो विकासक्रमले प्राकृतिक वातावरण र सन्तुलन नराम्ररी बिथोलिएको छ। यो चुनौतीसँग जुध्न विश्व समुदायले जलवायु परिवर्तन न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र पछिल्लो समयमा आएर जलवायुजन्य हानि नोक्सानीलाई सम्बोधन गर्न छुट्टै कोष स्थापना गर्ने दिशामा केही प्रयास गरेको छ।

नेपाल लगायतका अन्य अल्पविकसित देशहरूले जलवायु न्यूनीकरणका लागि ठूलो लगानी गर्न नसक्ने पृष्ठभूमिा जलवायु परिवर्तनसँग अनुकूलन हुने प्रयासमा बढी ध्यान दिएका छन्। नेपालले सन् २०१० देखि राष्ट्रिय अनुकूलन कार्ययोजना (नापा) कार्यान्वयनमा ल्याएको छ र यसलाई स्थानीयकरणसमेत गरेको छ। कृषि तथा खाद्य सुरक्षा, जलस्रोत तथा ऊर्जा, जलवायुजन्य विपद्, वन तथा जैविक विविधता, जनस्वास्थ्य, सहरी बसोबास तथा भौतिक संरचना निर्माणका क्षेत्रमा जलवायु परिवर्तन अनूकुलनका लागि विभिन्न प्रावधानको व्यवस्थासमेत गरिएको छ। यसैगरी नेपालले जलवायु परिवर्तनको चुनौतीहरूसँग जुध्न आफ्ना दिगो विकासका लक्ष्यहरू, पेरिस सम्झौताअन्र्तगतको राष्ट्रिय निर्धारित योगदानका लक्ष्य, सेन्डाइ संरचनाको अवधारणा र नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ को भावनाअनुरूप अनुकूलनका आवधिक कार्यक्रमहरू पहिचान गरेको छ। नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले कृषि तथा खाद्य सुरक्षा, वन, जलाधार तथा जैविक विविधता सरक्षणलगायतका ८ वटा विषयगत क्षेत्र र ४ वटा अन्तरविषयगत क्षेत्रमा गरी कुल ६४ वटा प्राथमिकता प्राप्त अनुकूलन कार्यक्रम पहिचान गरेको छ। यी प्राथमिकता प्राप्त अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि सन् २०५० सम्म नेपाललाई कुल ४७.४ अर्ब अमेरिकी डलरको आवश्यकता पर्ने देखिन्छ। यति धेरै रकमको जोहो गर्न नेपालले पक्कै पनि ठूलो मेहनत र कसरत गर्नुपर्ने देखिन्छ।

यो पृष्ठभूमिमा कम खर्चमा गर्न सकिने समुदायमा आधारित अनुकूलन तथा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका उपाय नेपालका लागि अझ बढी सान्दर्भिक देखिन्छन्। न्युयोर्क टाइम्सले गत बुधबार दक्षिण अफि«की राष्ट्र मलाबीका किसानले जलवायुजन्य प्रतिकूलतासँग अनुकूलित हुन सिर्जनात्मक उपाय खोजी गरीरहेका विषयलाई प्रमुख समाचार बनाएको थियो। जलवायु परिवर्तनले एक बालीलाई नोक्सानी गर्दा मलाबीका किसानले अर्काे बाली लगाउन थालेका र यो चुनौतीसँग जुध्न आफ्नो परम्परागत ज्ञानको प्रयोग गर्न थालेको पाइएको छ। यो अनुभववाट विश्वले सिक्न सक्ने देखिएको छ।

समुदाय तथा प्रकृतिमा आधारित अनुकूलनलाई प्राथमिकता दिएर नेपालका मध्य तथा उच्च पहाडी क्षेत्रमा पनि प्रकृति अर्थात पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका गतिविधि कार्यान्वयनमा ल्याइएको छ। यो सन्दर्भमा सन् २०१९ देखि विश्व वातावरण कोष, संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा अछाम, सल्यान र दोलखाका स्थानीय निकायमा सञ्चालित पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए–२)को अनुभव र सिकाइ महत्वपूर्ण हुन सक्ने देखिएको छ।

विगत केही बर्षदेखि सल्यान, अछाम र दोलखामा कार्यान्वयन भैरहेको यो परियोजना नेपालले कार्यान्वयन गरिरहेको राष्ट्रिय अनुकूलन कार्ययोजना र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअन्तर्गत स्थापना भएको अनकूलनका लागि अन्तर्राष्ट्रिय लक्ष्य (ग्लोबल गोल अन एड्याप्टेसन) सँग जोडिएको छ। यो कार्यक्रमअन्तर्गत यी जिल्लाका विभिन्न स्थानमा सतहको बहावबाट पानी संकलन र भण्डारण गर्न संरक्षण पोखरी, भिरालो जमिनमा पानीको बहाव घटाउन गल्ली तथा खोल्सामा फिल्टरिङ ड्याम, गरा सुधार, नदी किनार तथा पानीको मुहान संरक्षण, वन क्षेत्रको पुनस्र्थापना तथा वृक्षरोपण लगायतका कार्य गरिएका छन्। जलवायु परिवर्तनसँग अनुकूलन हुने नवीनतम धारणाहरूलाई स्थानीयकरण गर्न आवश्यक छ। बाह्य सहयोगबाट सञ्चालित परियोजनाहरूलाई स्थानीय सरकार र सरोकारवालाहरूले अपनत्व लिँदा यस्ता योजनाले दीर्घकालीन सफलता हासिल गर्न सक्छन्। प्रकृतिमा आधारित अनुकूलनको महत्व र यसले दिने दीर्घकालीन फाइदाबारे जनस्तरमा थप चेतना दिन आवश्यक छ।

यो विषयको महत्वलाई जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय आइपिसिसीको दोस्रो कार्यगत समूहले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनले समेत जोड दिएको छ। प्रतिवेदनमा जलवायु परिवर्तनले निम्त्याउने संकट सम्बोधन गर्न र जोखिम न्यूनीकरण गर्न प्रकृतिमा आधारित समाधानको महत्व अत्यधिक हुने तथ्य उल्लेख गरिएको छ।

जलवायुजन्य जोखिमका हिसाबले नेपाल विश्वमा अग्रसूचीमा रहेको सन्दर्भमा यससँग जुध्ने स्थानीय र प्रकृतिमा आधारित समाधानका उपायहरूको महत्व झन अत्यधिक छ। नेपालका दुर्गम क्षेत्रमा स्थानीय स्तरमा भैरहेका नवीनतम र असल अभ्यासहरूको राष्ट्रिय र अन्तराष्ट्रिय महत्व हुन्छ। अफि«की देश मलावी मात्र होइन, यो विषयमा नेपालले गरेका प्रयासहरूले पनि विश्वको ध्यान आकृष्ट गर्न सक्छन्। त्यसैले यो विषयलाई थप प्राथमिकता र महत्ता दिन आवश्यक देखिएको छ।
अर्को समाचार
जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी
२५ माघ २०८०
•
२ मिनेट पाठ
जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी
नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ।




बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारी पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन्। नेपालजस्ता विकासोन्मुख देशहरूमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु संकटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ।

कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले जलवायु संकटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकोमा जोड दिँदै यसले मानिस र प्रकृतिको भविष्यसमेत सुनिश्चित रहने धारणा व्यक्त गरे। साथै उनले दुई संस्थाबीचको यस सहकार्यले संयुक्त प्रयासलाई सार्थक तुल्याउने बताए।

नेपालस्थित आइएफआरसीका देशीय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले जलवायु संकटको सामना गर्न जैविक विविधता र वन्यजन्तुको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै यसले भावी पुस्तालाई दिगो बनाउन महत्वपूर्ण हुने बताए।

साथै उनले दुई संस्थाबीचको सहकार्य अन्य साझेदार निकायलाई सहयोगका लागि आह्वान गर्ने ठूलो अवसर भएको समेत उल्लेख गरे। नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाले जलवायु परिवर्तले निम्त्याएका जोखिमलाई कम गर्न सामूहिक रुपमा मिलेर काम गर्न आग्रह गरे।  

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जलवायु परिवर्तले निम्त्याएका विपद् न्यूनीकरण गर्न सोसाइटीले कार्ययोजना बनाइ काम गरिरहेको जानकारी दिए। डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीचको साझेदारी र संयुक्त विशेषज्ञताले नेपालमा भइरहेको जलवायु संकट, उदीयमान जोखिम र सामाजिक चुनौती सम्बोधन गर्न योगदान हुने विश्वास गरिएको छ।

दुवै संस्थाले सरकार, साझेदार निकाय, विकास साझेदार र निजी क्षेत्रसँगको स्थानीय कार्य र सहयोगमार्फत जलवायु अनुकूलन रणनीतिमा प्रकृतिलार्ई एकीकृत गर्ने लक्ष्य राखेका छन्। डब्लुडब्लुएफ वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रका कार्यरत सन् १९६१ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो भने आइएफआरसी १९१ राष्ट्रिय समाजमार्फत एक करोड ६० लाखभन्दा बढी संकटासन्न जनतामा पुग्ने विश्वको ठूलो मानवीय सहायता सञ्जाल हो। –रासस
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस