फेरि भ्रष्टाचारका कुरा
०९ साउन २०८१
•
३ मिनेट पाठ
फेरि भ्रष्टाचारका कुरा
यदाकदा संसद् बैठकमा भ्रष्टाचारका कुरा उठ्छन्। यो विषय उठ्दा पनि सर्वसाधारणमा खासै प्रभाव पर्दैन। यस्ता विषय उठाउनका निम्ति मात्र हुन्छन्। यथार्थमा तिनले तात्त्विक परिवर्तन ल्याउँदैनन्। समग्रमा हाम्रो जनसम्पर्कमा रहने कार्यालयहरूमा भ्रष्टाचार र अनियमितता नियमित आकस्मिकता हुन्। भ्रष्टाचार नभई कुनै काम हुँदैन भन्ने विश्वास गहिरो भएको छ। यो मुलुकमा सांसद आफैंले घुस खुवाएर काम गराएको जानकारी संसद् बैठकलाई दिँदा समेत आश्चर्यका रूपमा लिइँदैन। वास्तवमा अन्य मुलुकमा यस्तो खुलासा हुने हो भने सरकारमाथि संकट आउन सक्छ। यहाँ कसैले यस्ता कुरा उठाइहाल्यो भने पनि कारबाही हुँदैन।




तैपनि गृहमन्त्री रमेश लेखकले सांसद वीरेन्द्र महतोले बुझाएको पाँच हजार रूपैयाँ घुसबारे अनुसन्धान भइरहेको जानकारी मंगलबारको संसद् बैठकलाई दिएका छन्। नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले यो प्रसंग उठाएका हुन्। मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने क्रममा यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताएका हुन्। सांसद महतोले आफ्ना छोराको प्रमाणपत्र निकाल्ने क्रममा बिचौलियालाई पैसा दिएपछि मात्र काम भएको जानकारी संसद्लाई गराएका थिए। मन्त्री लेखकले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएर सरकार यसमा संवेदनशील भएको सन्देश दिन खोजेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको रोस्ट्रमबाटै भ्रष्टाचार हुन नदिने उद्घोष गरेका छन्। विगतमा पनि उनले भ्रष्टाचारविरुद्धको ‘शून्य सहनशीलता’को नीतिबारे उजागर गरेको स्मृतिमा छ नै।

सांसद महतोले छोराको प्रमाणपत्र निकाल्न घुस दिनुपरेको बताए पनि यो आश्चर्यको विषय होइन। यहाँ प्रत्येक नेपालीले आफ्नो काम गराउन राज्यले तोकिदिएको राजस्व र शुल्कबाहेक अतिरिक्त भुक्तानी गरिरहनुपरेको छ। नजराना नचढाई काम नहुने अनुभव भएका सर्वसाधारणका लागि तत्काल प्रणालीगत सुधारको विश्वास छैन। यसको अर्थ सबै कर्मचारी खराब छन् भन्ने होइन। तर, प्रत्येक कार्यालयलाई यस्तो कमाउधन्दाको थलोका रूपमा विकास गरिएको छ। सर्वसाधारणले आफ्नो काम गराउन जसरी पनि थप रकम बुझाउनै पर्छ। थप रकम बुझाउन बाध्य पार्ने गरी प्रणालीलाई ध्वस्त पारिएको छ। कुनै असल कर्मचारी त्यहाँ पुगे पनि प्रणालीले उसलाई आफूअनुकूल बन्न बाध्य पार्छ। सर्वसाधारणले सेवा प्राप्त गर्न जाने सबैजसो कार्यालयमा भ्रष्टाचार देखिएको छ। विशेषगरी मालपोत, यातायातजस्ता कार्यालयमा अति नै भ्रष्टाचार देखिएको छ। भ्रष्टाचारका मामिलामा सबैजसो कार्यालयसँग सुखद अनुभूति गर्न नपाएका सर्वसाधारण धेरै छन्।

यातायात कार्यालयमा काम गराउन जाने सर्वसाधारणले जसरी पनि बिचौलिया नसमाती सुख हुँदैन। आफैंले मात्र सक्रिय भएर काम गराउन सक्ने अवस्था छैन। बाध्यतामा पारेर सर्वसाधारण बिचौलियाको शरणमा पर्न बाध्य हुन्छन्। आफ्नो जीवनकालमा घुस नखुवाएका मानिस बिरलै पाउन सकिन्छ। सबैको साथमा घुस खुवाउनुपर्ने बाध्यता परेको हुन्छ। पछिल्ला दिनमा सबैभन्दा बढी भ्रष्टाचार हुनेमा स्थानीय निकायको नाम आइरहेको छ। संघदेखि स्थानीय सरकारसम्म कुनै न कुनै रूपमा भ्रष्टाचारले प्रभाव पारेको छ। संसारका एक सय ८० देशमध्ये नेपालको स्थान १०८ औं स्थानमा रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रत्येक वर्ष निकाल्ने भ्रष्टाचार बोध सूचकांकले पनि नेपालको खस्किँदो अवस्थालाई देखाउँछ। नेपालको अवस्था सुध्रिँदै जानका निम्ति भ्रष्टाचारविरुद्ध यथार्थमै शून्य सहनशीलता हुनुपर्छ। तर, भ्रष्टाचारका मामिलामा कसैलाई पनि विश्वास गर्न नसक्ने अवस्थामा मुलुक रहेको छ। सार्वजनिक भएका ठुला भ्रष्टाचार मुद्दामा उपल्लो तहका कर्मचारी र राजनीतिक नेतृत्व यदाकदा पर्ने गरेका हुन्छन्। तैपनि यसमा डराएर संलग्न नहुने व्यक्ति धेरै काम छन्।

सांसद महतोले समेत घुस खुवाउनुपरेको प्रसंग चर्चा केही दिनका निम्ति मात्र हो। भोलि फेरि अर्का पदाधिकारीले पनि यति नगरी काम हुने छैन। सरकारी काम सजिलै गराउन सकिँदैन। यसका निम्ति समग्र प्रणालीमै सुधार आवश्यक छ। त्यति मात्र होइन, समग्र जनसंख्यालाई नैतिक नबनाई अहिले हाम्रो मुलुकमा चलिरहेको प्रणालीमा सुधार आउँदैन। अनियमितता गरे पनि त्यसलाई सहज ढंगले लिने परिपाटी भएसम्म यस्तै हुन्छ। त्यसकारण कहिलेकाहीं संसद्मा कुरा उठाएर मात्र यसको समाधान हुँदैन। बलियो कानुनी परिपाटीलाई पालना गर्ने नागरिक र कर्मचारीतन्त्र यसका निम्ति आवश्यक छ।
अर्को समाचार
चुनाव मात्र होइन, भ्रष्टाचारका फाइल पनि खोल्नुपर्छ: सागर ढकाल
१२ कार्तिक २०८२
•
२ मिनेट पाठ
चुनाव मात्र होइन, भ्रष्टाचारका फाइल पनि खोल्नुपर्छ: सागर ढकाल
स्वतन्त्र अभियान्ता एवं युवा नेता सागर ढकालले आगामी निर्वाचन अपरिहार्य भए पनि भ्रष्टाचारका पुराना फाइल नखोली र निर्वाचन प्रणालीमा सुधार नगरी गरिने चुनावले मात्रै निकास नदिने बताएका छन्।




बुधबार सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिबीचको त्रिपक्षीय वार्तापछि प्रधानमन्त्री निवास बालुवाटार बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले जेन-जी आन्दोलनको प्रमुख मुद्दा नै भ्रष्टाचार भएको बताउँदै चुनावको विकल्प नभए पनि भ्रष्टाचारमाथिको कारबाहीलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए।

‘चुनाव त गर्नैपर्‍यो, त्यसको विकल्प छैन। तर, ८४ सालको चुनाव ८२ मै गरेर मात्रै हुँदैन,’ ढकालले भने, ‘भ्रष्टाचारका धेरै फाइलहरू खोल्नुपर्नेछ, धेरैलाई कारबाही गर्नुपर्नेछ। यो हाम्रो प्रमुख मुद्दा हो।’

ढकालले निर्वाचन प्रणालीमा तत्काल सुधारको आवश्यकता औंल्याए। उनले विदेशमा रहेका नेपालीलाई भोट हाल्ने अधिकार (आई-भोटिङ) र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेकाहरूले पनि मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गरे।

‘काठमाडौंमा बसेर डडेल्धुरा वा भोजपुर भोट हाल्न जाँदा १५-२० हजार खर्च हुन्छ, भ्रष्टाचार त त्यहीँबाट सुरु हुन्छ,’ उनले भने। उनले बंगलादेशजस्ता देशले एपमार्फत विदेशबाट भोटिङको व्यवस्था गर्न लागेको उदाहरण दिँदै आफूले आई-भोटिङ र ईभीएमबारे रिपोर्ट नै तयार पारेको बताए।

प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुग्न लाग्दा पनि कुनै सरकारले आफ्नो पूर्ण कार्यकाल काम गर्न नसकेको भन्दै उनले अबको २५ वर्षमा देशले निकास पाउने गरी काम गर्नुपर्ने बताए। उनले पुराना राजनीतिक दलहरूले यसको जिम्मेवारी लिनुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीको आह्वानमा भएको त्रिपक्षीय वार्तालाई सकारात्मक सुरुवातको रूपमा लिँदै ढकालले बैठकमा सबै राजनीतिक दल र जेन-जीका प्रतिनिधिहरूले आ-आफ्ना धारणा राखेको बताए।

उनले यो संवादको थालनी मात्र भएको र आगामी दिनमा थप छलफल हुने संकेत बताए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस