सरकारले भ्रष्टाचारका अरु प्रकरणहरूको पनि छानबिन गर्छ: मन्त्री मोदी
१९ साउन २०८०
•
१ मिनेट पाठ
सरकारले भ्रष्टाचारका अरु प्रकरणहरूको पनि छानबिन गर्छ: मन्त्री मोदी
फाइल तस्बिर
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरूमा पनि छानबिन गर्ने बताएका छन।




आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरूमा पनि छानबिन गर्ने बताएका हुन। उनले देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताए। 

मन्त्री मोदीले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पारे। सरकारले निर्दोष नपर्ने र दोषी नउम्किने गरी काम गरिरहेको पनि उनले स्पष्ट पारे।

मन्त्री मोदीले स्थानीय तहहरू निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताए। उनले मधेस प्रदेशमा अब कतै पनि निमित्तको भरमा स्थानीय तह नचलेको जानकारी दिए। हाल देशभरमा करिब ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने बताए। उनले कर्मचारीहरूको सरुवा मेरिटको आधारमा गर्ने पनि बताए। 

मन्त्री मोदीले आफू अनुकुलका कर्मचारीहरुलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरूबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे। आफू अनुकुलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाई छ।
अर्को समाचार
सरकारलाई बलियो बनाउन पद त्याग गरेँः अमनलाल मोदी
२९ साउन २०८०
•
२ मिनेट पाठ
सरकारलाई बलियो बनाउन पद त्याग गरेँः अमनलाल मोदी
निःवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताएका छन्।




राम्रो काम गर्दागर्दै अफ्ठ्यारोमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उनको भनाइ थियो। 

सोमवार सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नो बिदाईका लागि आयोजित कार्यक्रममा बोल्दै निःवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रुपले लिएको बताए।

उनले प्रधानमन्त्री दाहाललाई देश र जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिए। किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्री दाहालप्रति आभार पनि व्यक्त गरे।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले केही राम्रो काम पनि गरिराख्नुभएको छ। राम्रो काम गर्दा कहिलेकाँही चौतर्फी घेरा आइराखेको छ। विभिन्न परिस्थिति छ। तर विशेष परिस्थितिलाई मध्यनजर गर्दा यसो उहाँले अहिलेको परिस्थितिमा यो सरकारलाई बलियो बनाउन कहीँन कहीँ तर त्याग गर्नुप¥यो भन्दा सहज तरिकाले सम्माननीय प्रधानमन्त्रीज्युले सबै पदाधिकारीज्युहरुलाई राखेर सबै मन्त्रीलाई राखेर छलफल गर्नुभयो। कसले त्याग गर्ने ? कसले चाहीँ सहज तरिकाले छोडिदिने भन्दा सबैको प्रश्ताव हुँदा उहाँहरुले मलाई प्रस्ताव गर्नुभयो। अरु साथीहरुलाई प्रस्ताव गरियो। तर, बोल्नु भयो वा भएन। दोस्रो कुरा भयो। तर मैले सहज रुपमा पद, प्रतिष्ठा सधैँ रहँदैन। तपाईंको लागि मैले सहज सहयोग गरिदिन्छु भनेर म आफैँले बिदा लिएँ। मैले किन लिए भन्दा सम्माननीय प्रधानमन्त्रीज्यु मेरो पार्टीको अध्यक्ष हुनुहुन्छ। उहाँ पार्टीको अध्यक्ष हुनुहुन्छ। प्रधानमन्त्री हुनुहुन्छ। उहाँ प्रधानमन्त्री भएको कारणले उहाँ यति राम्रो काम गर्दा केही अपm्ठ्यारा छन् भने तपाइँको लागि सहयोग गरिदिन्छु। तर देश र जनताको लागि राम्रो काम गर्नुस्। हाम्रो पद, प्रतिष्ठा त आउँछ, जान्छ भनेर मैले एकदम सहज तरिकाले यो अवसर दिनु भयो भनेर किसानको छोरो, उत्पीडित थारुको छोरालाई अवसर दिनु भएकोमा प्रधानमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु।’
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस