कर्मचारी परिचालनमा राजनीतिक हस्तक्षेप भयो: मन्त्री मोदी
२९ चैत्र २०७९
•
४ मिनेट पाठ
कर्मचारी परिचालनमा राजनीतिक हस्तक्षेप भयो: मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताएका छन्।




बुधबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयबारे बोल्दै उनले पार्टी पिच्छेका मन्त्री, सांसद, मेयरलगायतका जनप्रतिनिधिले आफू अनुकूल कर्मचारी माग गर्दा उनीहरुको परिचालनमा समस्या देखिएको प्रष्टयाएका हुन्।

मन्त्री मोदीले कर्मचारीहरुले दूर्गम क्षेत्रमा जानै नचाहेको गुनासो पनि पोखे। आफूले भने दूर्गम र सुगम मिलाएर उनीहरुको सरुवा प्रणालीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको पनि उनको भनाई थियो।

मन्त्री मोदीले स्थानीय तहको अनिमितता रोक्नका लागि आफूले निमित्त कर्मचारी पठाउन नचाहे पनि त्यसका लागि कर्मचारीहरुकै अभाव रहेको पनि स्मरण गराए।

उनले भनेका छन्, ‘मैले मन्त्री भएयता स्थानीय तहको कुरा सुन्दा र यो डाटामा कुरा गर्दा केही छ। म पछि कुरा गरौंल । ती डाटाहरु यहाँ माननीयजीहरु पनि हुनुहुन्छ। पूर्वमन्त्री पनि, पूर्व प्रशासकको पनि सबैको दृष्टिकोण स्थानीय तहमा कार्यकारी प्रमुख, त्यसमा पनि विभिन्न मन्त्रालयसँग जोडिएको ठाउँमा सबैले आफ्नो अनुकूलको कर्मचारीहरु खोज्नु हुन्छ। त्यतिमात्रै होइन, सभामुख महोदय, मैले एउटा संकल्प पनि गरेका थिएँ। निमित्त स्थानीय प्रशासनसँग जोडिएको, स्थानीय तहसँग जोडिएको कार्यकारिणीहरुलाई चाँही निमित्त नदिने, त्यसमा नीतिगत रुपमा देखा परेका अनियमितताका कुराहरु जोडिएको कारणले पनि त्यसको अन्त्य गर्नुपर्छ भन्ने मैले सोचे। त्यो निमित्त नदिनका निम्ति मैले आजको दिनसम्म मैले निमित्त दिएको छैन। एकै पटक यो समस्या समाधान गर्न खोज्दा कर्मचारीको अभाव छ। मैले यहाँ डाटा पनि पेश गर्न खोजिराखेको छु। जस्तो अहिले ७५३ मा २४१ ठाउँमा चाँही स्थानीय तहमा रिक्त थियो। निमित्तले चलाई राखेका थिए। अहिले त्यसलाई घटाएको छु। त्यसमा ६० वटा स्थानीय तहमा पठाएको छु। गाउँपालिका अधिकृत जानु पर्छ सभामुख महोदय। नगरपालिकामा उपसचिव जानु पर्छ। उपमहानगरपालिका र महानगरपालिकामा सहसचिव जानु पर्छ। तर अहिले त्यस्तो छैन। सबै ठाउँ, जो समायोजन भएका वा तहगत प्रणालीमा रहेका कर्मचारीमार्फत स्थानीय तह चलिराखेको छ। एकातिर हामीले संकल्प गरेका छौं–अहिले धेरै ठाउँ खाली पनि छ। निमित्त पनि छ। त्यो निमित्त अन्त्य गर्ने स्थिति पनि छैन।  तर पनि निमित्त पनि क्रमशः अन्त्य गर्नुपर्नेछ। जहाँ बाँकि छ, त्यसलाई काम दिनुपर्ने परिस्थिति पनि छ। किनकी यदि हामीले अहिले सबै खाली गरायौं भने आउने बजेट र गत वर्षको बजेट छुट्टयाएको बजेट र सामाजिक सुरक्षादेखि लिएर तलवभत्ता सबै रोकिन्छ सभामुख महोदय।’  

उनले थपे ‘त्यही भएर अहिले सुचारु रुपमा छोडिदिएको छु। तर जहाँजहाँ समस्या छ। जहाँजहाँ विभिन्न राजनीतिक दलहरु जितेका छन। प्रतिनिधिसभामा एउटा पार्टीले जितेको हुन्छ। प्रदेशमा अर्को पार्टीले जितेको हुन्छ। मेयर एउटा पार्टीले जितेको हुन्छ। उपमेयर एउटा पार्टीले जितेको हुन्छ। वडाअध्यक्ष एउटा पार्टीले जितेको हुन्छ। सभामुख महोदय, हाम्रो मन्त्रालयमा दैनिक भिड हुन्छ। एउटा मेयर साव आउनु हुन्छ–फलानो कार्यकारी हामीलाई चाहियो भनेर। त्यसपछि त्यहाँको समस्या बुझेर हामीले त्यहाँ पठाउँछौं। त्यसपछि अर्को साथी आउँछ–मलाई नसोधीकन किन पठाउनु भयो भनेर भन्छ । त्यहाँको प्रतिनिधिसभाको सांसद म हुँ भनेर भन्नु हुन्छ। त्यहाँको पार्टीगत रुपमा पनि समस्या हुन्छ। आन्तरिक समस्या पनि हुन्छ। सबैको दृष्टिकोण नमिल्न पनि सक्छ। यस्ता समस्याहरु मन्त्रालयमा दैनिक रुपमा देखा परेका छन। यो कुरा पनि सदनलाई जानकारी गराउनु पर्ने हुन्छ। प्रदेश मन्त्रीहरुले पनि फलानो सचिव, सहसचिव पठाउन भन्नु हुन्छ। केन्द्रमा पनि मन्त्री साथीहरु हुनुहुन्छ। उहाँहरुले पनि हामीलाई अनुकूल पठाईदिनु पर्‍यो भन्नुहुन्छ। अव सबैलाई अनुकूल पठाइ दिन थालियोभने सभामुख महोदय जम्मा ७५३, त्यस मध्यमा पनि मन्त्रालयहरु गर्दा झण्डै २ हजार कर्मचारीहरु मागेको जतिमात्रै खटाउन सकिन्छ। जम्मा अहिले ५३ हजार मात्रै कर्मचारी संघमा छन। ५१ हजार कर्मचारीलाई कहाँ पठाउने भन्ने प्रश्न पनि उठन सक्छ। त्यसमा पनि एउटा जटिलता छ सभामुख महोदय। दूर्गम ठाउँमा कोही जान चाहन्न। विकट ठाउँको त नामै सुन्न चाहन्न। सबै काठमाडौं वरिपरी, सबै उपत्यका वरिपरी। अझै भन्नुपर्दा सुगम भएको ठाउँमा मात्रै कर्मचारी जान चाहन्छन। यस्ता विकृतिहरु छ। र, मैले संकल्प गरेको छु कि–त्यो सुगम ठाउँमा, दूर्गम ठाउँका लागि व्यवस्थित सुरुवा प्रणाली बनाउने भनेर लागेको छु। ’

मन्त्री मोदीले काठमाडौं र त्यसवरपर मात्रै रहने कर्मचारीहरुमा विकृत चाहना रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न आफू लागि परेको बताए। उनले संघीय निजामती सेवा ऐन चालू संसदबाट पारित गराउने गरी ल्याउन चाहेको पनि उल्लेख गरे।

मन्त्री मोदीले अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा स्विकृतिका लागि सो ऐनको मस्यौदा पठाइएको पनि बैठकलाई जानकारी गराए।
अर्को समाचार
सरकारलाई बलियो बनाउन पद त्याग गरेँः अमनलाल मोदी
२९ साउन २०८०
•
२ मिनेट पाठ
सरकारलाई बलियो बनाउन पद त्याग गरेँः अमनलाल मोदी
निःवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताएका छन्।




राम्रो काम गर्दागर्दै अफ्ठ्यारोमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उनको भनाइ थियो। 

सोमवार सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नो बिदाईका लागि आयोजित कार्यक्रममा बोल्दै निःवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रुपले लिएको बताए।

उनले प्रधानमन्त्री दाहाललाई देश र जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिए। किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्री दाहालप्रति आभार पनि व्यक्त गरे।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले केही राम्रो काम पनि गरिराख्नुभएको छ। राम्रो काम गर्दा कहिलेकाँही चौतर्फी घेरा आइराखेको छ। विभिन्न परिस्थिति छ। तर विशेष परिस्थितिलाई मध्यनजर गर्दा यसो उहाँले अहिलेको परिस्थितिमा यो सरकारलाई बलियो बनाउन कहीँन कहीँ तर त्याग गर्नुप¥यो भन्दा सहज तरिकाले सम्माननीय प्रधानमन्त्रीज्युले सबै पदाधिकारीज्युहरुलाई राखेर सबै मन्त्रीलाई राखेर छलफल गर्नुभयो। कसले त्याग गर्ने ? कसले चाहीँ सहज तरिकाले छोडिदिने भन्दा सबैको प्रश्ताव हुँदा उहाँहरुले मलाई प्रस्ताव गर्नुभयो। अरु साथीहरुलाई प्रस्ताव गरियो। तर, बोल्नु भयो वा भएन। दोस्रो कुरा भयो। तर मैले सहज रुपमा पद, प्रतिष्ठा सधैँ रहँदैन। तपाईंको लागि मैले सहज सहयोग गरिदिन्छु भनेर म आफैँले बिदा लिएँ। मैले किन लिए भन्दा सम्माननीय प्रधानमन्त्रीज्यु मेरो पार्टीको अध्यक्ष हुनुहुन्छ। उहाँ पार्टीको अध्यक्ष हुनुहुन्छ। प्रधानमन्त्री हुनुहुन्छ। उहाँ प्रधानमन्त्री भएको कारणले उहाँ यति राम्रो काम गर्दा केही अपm्ठ्यारा छन् भने तपाइँको लागि सहयोग गरिदिन्छु। तर देश र जनताको लागि राम्रो काम गर्नुस्। हाम्रो पद, प्रतिष्ठा त आउँछ, जान्छ भनेर मैले एकदम सहज तरिकाले यो अवसर दिनु भयो भनेर किसानको छोरो, उत्पीडित थारुको छोरालाई अवसर दिनु भएकोमा प्रधानमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु।’
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस