सुधार्नुपर्ने ‘सुधार कानुन’
०१ पौष २०८१
•
४ मिनेट पाठ
सुधार्नुपर्ने ‘सुधार कानुन’
कुनै पनि मुलुकको शासन लोकतान्त्रिक तवरले सञ्चालन हुनका लागि विधि पहिलो सर्त हुने गर्छ। यस्ता विधिमध्ये कानुन मुख्य हो। सोझो अर्थमाभन्दा राज्यमा सुचारु रूपले न्यायिक व्यवस्था कायम राख्न बनाइएका नियमावलीहरूको समष्टि रूपलाई कानुन भन्ने गरिन्छ। जसलाई सन्दर्भ, मुलुक र परिवेश विशेषअनुसार सवाल, ऐन, नियम, आदेश पनि भन्ने गरिन्छ। संसारका लोकतान्त्रिक मुलुकहरू यस्तै कानुनको परिधिभित्र रहेर सञ्चालन हुने गर्छन्। ताकि मुलुक व्यवस्थित र अनुशासित तथा मर्यादित रूपमा चल्न सकोस्।




यसरी हेर्दा कानुन लागु गर्नका लागि बनाइन्छ। कानुन बन्नुभन्दा पहिले यसको औचित्य पुष्टि हुनुपर्छ। औचित्यकै आधारमा बन्ने भएपछि त्यो काम नलाग्ने वा लागु गर्न नपर्ने भन्ने हुँदैन। समग्रमाभन्दा आवश्यकताले नै कुनै पनि कानुनलाई जन्म दिन्छ। र, जन्मिसकेपछि यो लागु हुन्छ र उद्देश्यअनुसार क्रियाशील पनि हुन्छ। समयअनुसार परिमार्जन वा संशोधन गर्नुपर्ने भए गरिन्छ पनि। त्यसैले आवश्यक नभए त्यसले कानुनको रूप धारण नै गर्दैन। अर्थात आवश्यक नभई कानुन बन्दैन।

तर विडम्बना नै भन्नुपर्छ, नेपालका धेरै कानुन अस्तित्वमा रहे/नरहेकोसमेत अध्ययन गर्नुपर्ने अवस्थामा छन्। तीमध्येको एउटा हो– सामाजिक व्यवहार (सुधार) ऐन, २०३३। जुन बन्न त बन्यो तर न यो ऐन जसले मान्नुपथ्र्यो उसलाई यसका प्रावधानबारे थाहा छ न त कार्यान्वयन गराउनुपर्ने निकाय नै जानकार छ। त्यसैले यो ऐन लागु गराउनुपर्ने र गरिनुपर्ने दुवै पक्ष बेखबर भएकाले मरेतुल्य छ। जुन हालसाल आएर वा पछि निष्क्रिय भएको पनि हैन। बनेदेखि नै लागु नभएका कारण यो ऐनलाई जन्मँदै ‘मृत’ को संज्ञा दिइँदै आएको छ। जसले विधिको शासनअन्तर्गत चलिरहेको दाबी गर्दै आएको नेपाललाई गिज्याइरहेको भान हुन्छ।

कति जना मलामी जान पाउने, जन्तीको संख्या कति हो, अन्य जमघट र भोजमा कति खर्च गर्न पाइने, कसलाई बोलाउन पाउने र कसरी सञ्चालन गर्नुपर्ने जस्ता विविध विषयलाई सीमित तुल्याउन खोजेको छ यो कानुनले। तर न यसलाई कसैले मानिदिए न त कार्यान्वयन गराउनुपर्ने पक्षले नै गराउन सक्यो। उल्टै कार्यान्वयन गराउन लागिपर्नुपर्ने पक्ष नै यो कानुन उल्लंघन गर्न हरदम तल्लीन छ। अर्थात् उच्चपदस्थ कर्मचारी र शासनसत्ता सम्हालेर बसेका नेता नै यो कानुन खुलेयाम उल्लंघन गरिरहेका छन्। यस्तो अवस्थामा दोष कसलाई दिने ? सजाय कसले भोग्नुपर्ने हो ? यो अवस्थाको जिम्मेवार को हो ? जस्ता बग्रेल्ती प्रश्न उब्जिएका छन्।

लोकतान्त्रिक देशमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सभाले यस्ता कानुन बनाउँछन्। यस्ता कानुन सही, प्रभावकारी र आवश्यकता अनि औचित्यका आधारमा बनाउन सकून् भनेर नै दक्ष, क्षमतावान र सुझबुझपूर्ण प्रतिनिधि चुन्नुपर्ने आममान्यता छ। तर यो सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ हेर्दा त्यतिबेला यो कानुन बनाउन संलग्न हुनेहरू नै पश्चाताप गर्नुपर्ने अवस्था देखिन्छन्। किनकि लागु हुनै नसक्ने ऐन किन बनाइयो भन्ने प्रश्न छ। अनि सँगैको अर्को प्रश्नचाहिँ बनाइसकेपछि किन लागु गर्न सकिएन र यसका लागि को जिम्मेवार हो ? भन्ने पनि छ।

नेपाली परिवार प्रायः संयुक्त हुने गर्छ। एउटा परिवारमा चार÷पाँच जना छोराछोरी हुँदा तिनका परिवार, मामाघर/ससुराली, आफ्नै छिमेक आदि गर्दा करिब एक सय त्यत्तिकै हुन्छन्। यस्तो अवस्थामा बिहेमा ५१ जनाभन्दा बढी (त्यो पनि बाजा बनाउनेसहित) जन्ती लैजान नपाइने नियम नै नमिल्दो छ। कसलाई छाड्ने? कसलाई लाने? यो अवस्थामा आफन्तबीच आउन सक्ने फाटोले नेपाली समाजको विशेषतालाई कायम राखिरहन सक्ला ? यस्ता पक्षमा विचार नपुर्‍याइएका कारण नै यो ऐन लागु हुन नसकेको हो। त्यसैले यस्तो ऐन बनाउने जनप्रतिनिधिको नेपाली समाजप्रतिको बुझाइलाई धिक्कार्नुपर्ने अवस्था सिर्जना भएको छ।

आफ्नो घर सजाएमा पनि कैद र जरिवाना सहनुपर्ने, पितृकार्यदेखि काजकिरियासम्ममा संख्याको बन्देज तोकिनु यो कानुनको हाँस्यास्पद प्रावधान हो। यस्ता धेरै प्रावधान छन् जसले कानुनलाई लागु हुनै दिएका छैनन्। विशेषगरी नेवार समुदायमा कुनै पनि काम गुठियार मिलेर गर्ने र त्यसका लागि सबैको सहभागिता अनिवार्य मानिन्छ। यस्तो अवस्थामा आफ्नो गुठियारमध्ये कसैको मृत्यु भएमा वा भोजमा सबै अनिवार्य उपस्थित हुनै पर्छ। कुनै पनि गुठीमा यतिजना नै बस्नुपर्छ भन्ने नभएकाले चार–पाँच सयजनासमेत हुने गर्छन्। ताकि कैयौँ कार्यक्रम यस्ता हुन्छन् जसमा यी सब गुठियारलाई निम्त्याउनै पर्छ र सबै अनिवार्य आउनै पनि पर्छ। कानुनले यस्ता कुरामा फिटिक्कै ध्यान पुर्‍याएन। त्यसैले पनि यो कानुन भुत्ते सावित हुन पुगेको हो।

कानुन आवश्यकतामा आधारित त हुनै पर्छ साथै त्यो लागु गर्न सकिनेसमेत हुनुपर्छ। कानुन बनाउँदा यस्तै कुरामा ध्यान दिउन् भनेर परिपक्व, अनुभवी र योग्य प्रतिनिधि चुन्न आह्वान गरिन्छ। पछिल्लो समय बनेका कतिपय कानुन पनि यस्तै पक्षमा विवेक नपुर्‍याइएका कारण विवादित हुँदै आएका छन्। जे होस्, यो ‘मृत’ कानुनलाई कि खारेज गर्नुपर्छ कि त व्यावहारिक पक्ष समेटेर संशोधन गरिनुपर्छ। हुनु र नहुनुबीचको अर्थ नै नभएको कानुन राखेर केही फाइदा छैन। अझ मुख्य कुरा अबका कानुन बनाउँदा विधायकहरूले यो कानुनबाट धेरै शिक्षा लिनु आवश्यक छ।
अर्को समाचार
निर्यात निरन्तरता
०९ साउन २०८२
•
४ मिनेट पाठ
निर्यात निरन्तरता
निर्यात व्यापारमा सम्भावना भएर पनि नेपालले यसमा खोजी गरेको छैन। हाम्रो मुलुकले नयाँनयाँ क्षेत्र पहिचान गरी निर्यात व्यापार बढाउन सक्छ। हाम्रो मुलुकका निम्ति सम्भावना भएको क्षेत्र सोयाबिन तेल रहेछ भन्ने यसपटक थाहा भएको छ। एक वर्षमै नेपालबाट एक खर्ब ६ अर्ब ७९ करोड रूपैयाँको सोयाबिन तेल भारत र अस्ट्रेलिया निर्यात भएको खबर आफैंमा सुखद छ। यो अवधिमा देशको निर्यात व्यापार सबा खर्बले बढ्नु निकै आशालाग्दो पक्ष हो। स्वदेशमै उत्पादन गरेको सोयाबिनको कच्चा पदार्थबाट तेल तयार गरी निर्यात गर्न सकेको भए निकै राम्रो हुन्थ्यो।




एक आर्थिक वर्षमै निर्यात व्यापार ८२ प्रतिशतले बढेको छ। यो वृद्धिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत् खुसीसमेत व्यक्त गरेका छन्। निर्यातमा इतिहासमै ‘उच्च विन्दु’ हासिल भएको धारणा प्रधानमन्त्रीले व्यक्त गरेका छन्। गत आर्थिक वर्ष एक खर्ब २४ अर्ब रूपैयाँको निर्यात भएकोमा अहिले दुई खर्ब ७७ अर्ब तीन करोड रूपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। यो खुसीयाली पछाडिको दिगोपन भने उल्लेख्य छ।

वास्तवमा हामीले जानीबुझी निर्यात व्यापार बढाउने काम गरेका छैनौं। कतिपय आन्तरिकरूपमा उत्पादन भएका वस्तुलाई प्रतिस्थापन गर्ने काम भएन। देशभित्रै उत्पादन हुन सक्ने फलफूल, तरकारी र खाद्यान्न विदेशबाट आयात गर्नुभन्दा यहीं उत्पादन गरेर उपभोग गर्नु राम्रो हो। त्यसका लागि यस्तो उत्पादन बढाउन सहयोग गर्नुपर्छ। आफ्नै देशमा उत्पादन भइरहेका वस्तु आयातमा जोड दिनुभन्दा तिनलाई सस्तो र सुलभ हुनसक्ने वातावरण तयार गर्नुपर्छ। देशमै गुणस्तरीय वस्तु उत्पादन हुने र आयातितभन्दा सस्तो हुने हो भने स्वदेशीलाई प्रोत्साहन हुन्छ।

वास्तवमा हामीले विश्व बजारमा प्रतिस्पर्धा गर्ने गरी वस्तु र सेवा उत्पादन गर्न सकेका छैनौं। हाम्रा वस्तु विश्व बजारका लागि महँगा हुन्छन्। वस्तु महँगो नहुन उत्पादन लागत कम हुनुपर्छ। उत्पादन लागत कम गर्न वस्तुको उत्पादन धेरै ठुलो मात्रामा हुनुपर्छ। चिनियाँ वस्तु संसारभरि धेरै सस्तोमा पाइनुको कारण यसको ठुलो मात्रामा हुने उत्पादन हो। त्यसै गरी चिनियाँ जनशक्ति सस्तो पनि छ। त्यही भएर संसारभरिका ठुला कम्पनीले चीनमा आएर उत्पादन बढाएका छन्। हाम्रो मुलुकले पनि आफ्नो जनशक्तिलाई विदेशी श्रम बजारमा कामका लागि पठाउनुभन्दा यहीं वस्तु र सेवा उत्पादन गरेर निर्यात बढाउन सकिन्छ। त्यसका लागि दीर्घकालीन सोच राखेर काम गर्न सक्नुपर्छ।

अझै पनि हाम्रो मुलुकले अद्वितीय किसिमका सामग्री उत्पादन गरेर विदेशमा बेच्ने अवसर छ। विशेष गरी हस्तकला, चिया, अलैंची, फाइबर, चिया, छुर्पी, जडीबुटीजन्य पदार्थ यसमा पर्छन्। अहिले तेलले निर्यात व्यापारको सम्भावना बढाए पनि यो दीर्घकालीन हुन सक्दैन। विदेशबाट कच्चा पदार्थ आयात गरी तेल निर्यात गर्ने अवस्थामा पुगेको हो। आफ्नै मुलुकबाट अत्यधिक मात्रामा भटमास उत्पादन गरेर तेल उत्पादन गरी निर्यात गर्ने हो भने स्थिति भिन्न हुन सक्छ। त्यसैले मूल्य अभिवृद्धि गर्न सक्ने किसिमका वस्तु उत्पादन गरी निर्यात बढाउन सकिन्छ।

अहिले सरकारले दिएको निर्यात अनुदानले केही हदसम्म भूमिका निर्वाह गरेको छ। नेपालले आफ्नै कच्चा पदार्थमा आधारित वस्तु उत्पादन गरी निर्यात गर्ने हो भने त्यसले अर्थतन्त्रमा सकारात्मक योगदान दिन सक्छ। सिमेन्ट उद्योगले त्यो सम्भावना देखाएको छ। कच्चा पदार्थको स्रोत राम्रो भएका कारण हाम्रो मुलुकमा गुणस्तीय सिमेन्ट उत्पादन हुन सक्छ। त्यसैले आफ्नो मुलुकका सम्भावना हेरेर वस्तु उत्पादनमा लाग्नु व्यापार घाटा कम गर्ने उपाय हुन सक्छ। हाम्रो देशमा गुणस्तरीय जडीबुटी छन्, तिनको प्रयोग गरी औषधि उत्पादन र निर्यात गर्न सकिन्छ। त्यसैगरी यहाँ उत्पादन हुने कृषिजन्य वस्तु र यसैमा आधारित अन्य उत्पादन हुनसक्छ। थाइल्यान्डले आँप, डुरियनलगायतका फलफूल प्रयोग गरी अनेकन प्याकेटयुक्त खाना निर्यात गर्ने गरेको छ। त्यसतर्फ पनि ध्यान दिनु उचित हुन्छ।

कुनै बेला नेपालले धानचामल निर्यात कम्पनी नै खोलेको थियो। अचेल हामी आफैंले आफूलाई चाहिने अनाजसमेत उत्पादन गर्न सकेका छैनौं। तरकारी र सागपातसमेत विदेशबाट ल्याउनुभन्दा किसानलाई प्रोत्साहित गर्न सक्नुपर्छ। हाम्रो देशमा किसानी दुःखी पेशाजस्तो बन्न पुगेको छ। दुःख गरेअनुसार फाइदा नभएपछि सबै यसबाट बाहिरिन थालेका छन्। त्यसकारण पनि हामीले आयातित कृषिजन्य वस्तुमा निर्भर हुनुपरेको छ। यसमा मात्रै निर्भर नहुने हो भने पनि ठुलो हिस्सा रकम विदेशिनबाट जोगिन्छ।

निर्यात बढ्यो भनेर खुसी हुँदा आयात बढेको पक्षलाई बेवास्ता गर्न मिल्दैन। आर्थिक वर्ष २०८१/८२ मा आयात १३.२५ प्रतिशतले बढेको छ। आयात दुई खर्ब ११ अर्ब १३ करोड रूपैयाँले बढेको छ। अघिल्लो आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयात भएकोमा गत आवमा १८ खर्ब चार अर्ब १२ करोड रूपैयाँको आयात भएको छ। आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ हो। त्यसैले पेट्रोलियम पदार्थको ठाउँमा विद्युतीय वा हाइड्रोजन इन्धनतर्फ मुलुकलाई उन्मुख गराउन सक्नुपर्छ। यसले उल्लेख्यरूपमा हाम्रो आयात घटाउने छ। मुलुकको कुल व्यापार घाटा १५ खर्ब २५ अर्ब नौ करोड रूपैयाँ पुगेको छ। त्यसैले व्यापार घाटाको खाडल घटाउनेतिर ध्यान पुग्नु आवश्यक छ। 
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
यो पनि पढौँ
संकटको अल्पकालीन उपचार
संकटको अल्पकालीन उपचार
नागरिक नागरिक • · ०८ साउन २०८२ · ४ मिनेट पाठ
कुलपतिको कार्यभार
नागरिक नागरिक • · ०२ साउन २०८२ · ४ मिनेट पाठ
भरोसायुक्त मौद्रिक नीति
नागरिक नागरिक • · २९ असार २०८२ · ४ मिनेट पाठ
दल सत्ताको कार्यकाल
दल सत्ताको कार्यकाल
नागरिक नागरिक • · ०४ साउन २०८२ · ४ मिनेट पाठ
दिगो विकास लक्ष्य प्रगति सुस्त
नागरिक नागरिक • · ०१ साउन २०८२ · ४ मिनेट पाठ
हरित नेपालका लागि हाइड्रोजन
नागरिक नागरिक • · २७ असार २०८२ · ४ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस