बधाई कर्णाली!
१० चैत्र २०८१
•
४ मिनेट पाठ
बधाई कर्णाली!
कर्णाली प्रदेश सभाले दलित अधिकार विधेयक पारित गरेपछि यो क्षेत्रका दलित समुदायको जीवन र जीविकामा चौतर्फी प्रभाव पर्ने अवस्था सिर्जना भएको छ। उसै त विकटको संज्ञा दिइँदै आएको कर्णाली प्रदेशका दलित सबैखाले विकासका अवसरबाट झनै विकट तुल्याइएका थिए। यस्तो अवस्थामा यो प्रदेशमा पारित दलित सशक्तीकरण विधेयकले यो समुदायको अवस्थामा सुधार ल्याउने अपेक्षा स्वाभाविक हुन्छ।




प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि कानुनको रूप लिने र त्यसपछि कार्यान्वयनमा आउने यो ऐन लागु भएपछि यो प्रदेशका दलित विद्यार्थीले कक्षा १२ सम्म निःशुल्क शिक्षा पाउनेछन्। त्यसैगरी उच्च शिक्षा अध्ययनका लागि पनि निःशुल्क आवास उपलब्ध हुनेछ भने दलितका ऐतिहासिक व्यक्तित्वहरूको जीवनी पाठ्यपुस्तकमा समावेश हुनेछ। दलितका लागि आरक्षित सिटमध्ये कम्तीमा ३३ प्रतिशत दलित महिलाका लागि सुनिश्चित गरिने उल्लेख भएको यो दस्ताबेजमा सबै (१० वटै) जिल्ला प्रहरी कार्यालयमा जातीय विभेद तथा छुवाछूत नियन्त्रण एकाइ स्थापना हुनेछन्।

यति मात्र हैन, स्वास्थ्य जाँच तथा उपचारमा आवश्यक छूट, दलित समुदाय सशक्तीकरण तथा जीवन स्तर प्रवर्द्धन समिति गठन जस्ता थुप्रै प्रावधान यसमा समेटिएका छन्। विपन्न दलित लगत राखेर परिचयपत्र जारी गर्ने र त्यसैका आधारमा सरकारले उपलब्ध गराउने सेवा/सुविधामा सहुलियत प्रदान गर्नेदेखि गरिब तथा विपन्न दलित समुदायका बालबालिका, गर्भवती र सुत्केरीका लागि बृहत् पोषण प्रबद्र्धनसम्बन्धी कार्यक्रम ल्याउन प्रदेश सरकारले छुट्टै मापदण्ड बनाउनेसम्मका व्यवस्था यसमा उल्लेख छ।

दलित वर्षौदेखि जातीय भेदभाव र उत्पीडनमा पारिँदै आएको समुदाय हो। जसलाई कुनै कालखण्डमा पढ्न र राम्रो कपडा लगाउन तथा सफा भएर बस्नसमेत निषेध थियो। यही कारण दुनिया चामत्कारिक विकासको लाभमा झुमिरहँदा पनि दलित समुदाय भने जातीय विभेदकै मारमा पर्न बाध्य भइरह्यो। जसका कारण उसले स्रोत र अवसरहरूमा पहुँच नै पाएन। भूमिलगायतका सम्पत्तिमा पनि पछि नै रह्यो। विकासका सबैजसो सूचकांकमा पछाडि रहेको कर्णालीका दलितको अवस्था त झनै दयनीय बनिरह्यो।

यस्तो अवस्थालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले अहिले जुन दलित सशक्तीकरण विधेयक पारित गरेको छ, त्यसले यो समुदायको जीवन स्तरमा धेरै परिवर्तन ल्याउने अपेक्षा गर्न सकिन्छ। सरकारले निःशुल्क भने पनि विभिन्न बहानामा शुल्क लिने गरिएकै कारण दलित समुदायका बालबालिका विद्यालय जान सक्ने अवस्थै छैन। जो सुरुमा जान्छन् ती पनि पूरै अवधि विद्यालयमा टिक्दैनन्। गरिबी र विपन्नताको भारीले उनीहरूलाई शिक्षा प्राप्तिको अधिकारबाट वञ्चित तुल्याइरहेको छ।

त्यसैगरी कोठा भाडा तिर्न नसकेर पढाइ अघि बढाउन नसकेकाहरू पनि यो समुदायमा प्रशस्तै भेटिन्छन्। दलित भन्ने थाहा पाएपछि कोठा भाडामा नदिने प्रचलन अहिले पनि कायमै छ। यस्ता समस्या समाधान हुने गरी अहिले विधेयकले जुन व्यवस्था राखेको छ, त्यो वास्तवमै सराहनीय छ ।

दलित समुदायका धेरै व्यक्ति पैसा तिर्ने हैसियत नभएकै कारण स्वास्थ्य निकायहरूमा उपचारका लागि जाँदैनन्। यस्तो अवस्थामा उनीहरूको जीवन संकटमा पर्दै आएको छ। यसलाई समेत मध्यनजर गरेर यो ऐनले जुनखाले सहुलियतका कार्यक्रमहरू प्रदान गर्ने भनेको छ, त्यसलाई पनि सकारात्मक रूपमा लिनुपर्छ। विकट भौगोलिकताका कारण गर्भवती र सुत्केरी महिलाका लागि बढी नै कष्टकर बन्ने यथार्थलाई पनि यो दस्ताबेजले ध्यान दिनु राम्रो पक्ष हो।

सात वटा प्रदेशमध्ये मधेस प्रदेशले २०७६ सालमै दलित सशक्तीकरण ऐन ल्याएर निकै सराहनीय काम गरेको थियो। तर उक्त ऐन खासै प्रभावकारी देखिन सकेको छैन। जस्तो– यो ऐनले प्रदेशका सबै (१३६) पालिकामै जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गर्ने भनेको थियो तर मुस्किलले तीन दर्जन पालिकामा पनि गठनै हुन सकेको छैन। यो यस्तो समिति हो जसले जातीय विभेद न्यूनीकरणदेखि दलित समुदायका लागि बजेट सुझाउने हुँदै यो समुदायका सबैखाले समस्या समाधानका लागि भूमिका निर्वाह गर्न सक्थ्यो। अझ विडम्बना त यो छ कि कतिपय पालिका प्रमुख÷अध्यक्ष नै ऐनको यस्तो व्यवस्थाबारे बेखबर छन्।

कर्णाली प्रदेशले ऐन बनाएर राम्रो गरेको छ। तर ऐन बन्नु मात्रै ठूलो विषय हैन। यसको प्रभावकारिता सार्थक कार्यान्वयनसँग जोडिन्छ। अहिले कर्णालीले बनाएको ऐनमा धेरै महत्वाकांक्षी व्यवस्था उल्लेख छन्। तिनलाई कार्यान्वयन गर्न आवश्यक पर्ने स्रोत तथा गतिविधिका व्यवस्थित ढाँचाले यसको सफलता/असफलता निक्र्योल गर्छ। त्यसैले अहिले जसरी ऐन बनाएर प्रदेशले दलित समुदायको मन जित्न सकेको छ, त्यसैगरी यसलाई सशक्त ढंगले कार्यान्वयनमार्फत ‘प्रदेश जे भन्छ, त्यही गर्छ पनि’ भन्ने पार्न सके मात्र अहिले जितिएको मन सदाका लागि कायमै रहन्छ। 
अर्को समाचार
सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा
२५ असार २०८२
•
१ मिनेट पाठ
सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी
सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ। बुधवार एक औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको हो। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा हुन सकेकोप्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरताको लागि आग्रह गरे। कार्यक्रममा बोल्दै उनले बदलिएको व्यवस्था पश्चात् स्वास्थ्य जनशक्ति बढे पनि स्वास्थ्य सूचकहरूमा सुधार आउन नसकिरहेको टिप्पणी गरे।




सुर्खेतमा बढ्दो बसाइसराइका कारण वीरेन्द्रनगर जस्ता स्थानीय तहहरूमा चुनौती थपिएकोले स्वास्थ्यकर्मीहरूको सक्रियता र जिम्मेवारीपन आवश्यक रहेको बताए। सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले रोगहरूको निदानका लागि सहज भएको बताए। 

प्रदेश खोप समिति संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताए। 

कर्णालीका ७ जिल्ला घोषणा गरिएको जानकारी दिए। अभियानले निरन्तरता दिन आग्रह गरे। स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए। विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख गङ्गाराम सुनारले बताए। 

२०३५ सालदेखि खोप कार्यक्रम सुर्खेतमा सुरु भएको थियो। २०७५ मा सुर्खेत जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस