स्वास्थ्य शिक्षामा १३९४ सिट थप
३० साउन २०८२
•
४ मिनेट पाठ
स्वास्थ्य शिक्षामा १३९४ सिट थप
चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न यस वर्ष एक हजार तीन सय ९४ सिट संख्या थपेको छ। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आयोगको २१औं बैठकले नेपालका मेडिकल डाक्टरहरूको विश्वबजारमा माग बढ्दै गएको तथ्यलाई मध्यनजर गरी सिट संख्या थपेको हो।




नेपालमा मेडिकल शिक्षातर्फ  १७ विधामा पठनपाठन हुने भए पनि स्वदेश तथा विश्वबजारमा एमबिबिएस र नर्सिङको माग बढी रहेकाले यसपटक अध्ययन अनुसन्धानबाट प्राप्त तथ्यांकका आधारमा एमबिबिएसमा चार सय ९५ र बिएस्सी नर्सिङमा चार सय ४० सिट थपेको प्रधानमन्त्री ओलीले जानकारी दिए। ‘देशको आवश्यकता र मेडिकल शिक्षामा देश सक्षम भएकाले हामीले अध्ययन–अनुसन्धानका आधारमा एमबिबिएस र नर्सिङतर्फ सिट संख्या वृद्धि गर्नुपरेको हो,’ आयोगको अध्यक्ष अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भने, ‘सेवामुखी शिक्षा उपलब्ध गराएर स्वदेशमै दक्ष मेडिकल डाक्टर उत्पादन गर्न हामी सक्षम छौं। पूर्वाधार पनि पर्याप्त छ। सर्वसुलभ शुल्कमा स्वदेशमै स्तरीय मेडिकल शिक्षा आर्जन हुन्छ।’ उनले थपे, ‘हाम्रो चाहना नेपाललाई मेडिकल शिक्षाको हब बनाउने हो। सिट वृद्धि भएपछि विदेशी विद्यार्थीले पनि नेपालमा अध्ययन गर्न पाउँछन्। हाम्रो अर्थतन्त्रमा सकारात्मक असर पर्छ।’

हालसम्म नेपालमा एमबिबिएसमा दुई हजार एक सय ४० सिट संख्या थियो। यसपटक चार सय ९५ थपिएपछि सिट संख्या दुई हजार ६ सय ३५ भएको छ। यसैगरी नर्सिङमा गत वर्ष एक हजार नौ सय ९० कोटा मात्र थियो। यसमा माग अत्यधिक भएका कारण यस वर्ष चार सय ४० सिट थपेर दुई हजार चार सय ३० बनाइएको छ।

बिडिएसमा ५० थपेर सिट संख्या ६ सय २५ बनाइएको आयोगका सदस्य एवं एसोसिएसन अफ प्राइभेट हेल्थ इनइस्टिच्युसन नेपाल (एपिएचआइएन) का अध्यक्ष  डा. पदमबहादुर खड्काले बताए। उनका अनुसार हाल नेपालभरि मेडिकलमा स्नातक शिक्षा उपलब्ध गराउने सरकारी र निजी गरी कुल ८९ वटा शैक्षिक संस्था छन्। तीमध्ये पनि निजी मेडिकल कलेजहरूको उपस्थिति ७५ प्रतिशत रहेको तथ्यांक छ।

नेपालमा हाल स्वास्थ्य शिक्षाअन्तर्गतका १७ कार्यक्रममा बिडिएस, बिएस्सी नर्सिङ, बिएनएस, बिएमएस, बिपिएच, बिपिटी, बिएएमएस, बिएएसएलपी, बिएस्सी रेडियो थेरापी, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बिएस्सी क्लिपिएसवाई, बिफार्म, बिएससी मिडवाइफेरी, बिओपि आएओएम र एमबिबिएस छन्। तीमध्ये यस वर्ष बिएमएसमा भने गत वर्षको सिट संख्या एक सयमा ३५ घटाएर ६५ कायम गरिएको छ।

‘राज्यले मेडिकल अध्ययन गर्ने विद्यार्थीमध्ये ७५ प्रतिशत पूर्ण छात्रावृत्ति अर्थात् बर्सेनि पाँच अर्ब रूपैयाँ बराबरको छात्रावृत्ति उपलब्ध गराउँछ भने निजी मेडिकल कलेजहरूले समेत भर्नाको १० प्रतिशत पूर्ण छात्रावृत्ति उपलब्ध गारउँदै आएको छ,’ आयोग सदस्य डा. खड्काले बैठकपछि नागरिकसँग कुरा गर्दै भने, ‘मेडिकमा कम सिट भएकै कारण नर्सिङ र एमबिबिएस अध्ययनका लागि विद्यार्थी बिदेसिने र नेपाली पुँजी पलायनको समस्या रोकिने विश्वास छ। मेडिकलमा सिट संख्या वृद्धिले स्वदेशी अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्छ भने दक्ष र विश्वबजारमा बिक्न सक्ने जनशक्ति नेपालमै उत्पादन हुन्छ।’

उनले थपे, ‘एउटा मेडिकल कलेज खोल्न एक सय बेडको अस्पताल अनिवार्य हुनुपर्छ। प्राज्ञिक र फ्याकल्टी व्यवस्थापन हुनुपर्छ। पहाडमा डेढ सय देखि दुई सय रोपनी जग्गा र तराईमा २० बिघा जग्गा अनिवार्य हुनुपर्ने व्यवस्था छ। यी सबै व्यवस्थापन गर्न एक कलेजलाई कम्तीमा एक अर्ब लगानी गर्नुपर्छ। सिट वृद्धिपछि कलेज बाँच्ने र विद्यार्थीले स्वदेशमै स्तरीय मेडिकल शिक्षा हासिल गर्ने सकारात्मक वातावरण बन्छ।’

सिटिइभिटीको सिट टुंगियो, भर्ना खुल्यो

यसैबीच आयोगको यसअघि असार ३२ को २०औं बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीतर्फको प्रमाणपत्र तहतर्फका स्वास्थ्य शिक्षा कार्यक्रममा पनि शिक्षालयहरूको वृद्धिसँगै सिट संख्या पनि थपेको छ। उक्त बैठकले ११ शिक्षालय र २१औं बैठकले पाँच गरी कुल १६ वटाले नयाँ प्राविधिक शिक्षालयहरू प्रमाणपत्र तहको डिप्लोमा नर्सिङ शिक्षालय थपेर हालसम्म सिटिइभिटीतर्फ कुल दुई सय ८० शिक्षालयले स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेका छन्।

सिटिइभिटिका सदस्य सचिव महेश भट्टराईका अनुसार सिटिइभिटीतर्फ बर्सेनि २५ हजार विद्यार्थी पिसिएल नर्सिङका लागि भर्नाको आवेदन दिने गरेका छन् तर सिट संख्या २२ सयको हाराहारीमा मात्र छ। ‘बैठकले सम्बन्धन रोकिएको कलेजको सम्बन्धन खोलिदिएको मात्र हो। सिट ४० मात्र थपियो,’ सदस्य सचिव भट्टराईले नागरिकसँग भने, ‘सिटिइभिटीतर्फ धेरै नर्सिङमा आकर्षण छ। त्यसअनुसारको हाम्रो शिक्षालयमा सिट कोटा पुगेको छैन। अझै थप्नु पर्ने अवस्था छ।’ उनले थपे, ‘अब सिट निर्धारणको टुंगो बैठकले लगायो। अब परिषद्का प्रदेश कार्यालयहरूले एसइईको स्कोर र विद्यालयको प्रकृतिअनुसार प्राप्त अंकअनुसारको मेरिटका आधारमा विद्यार्थी भर्नाका लागि शिक्षालय पठाउने काम शुक्रबारबाट सुरु गर्छन्।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२३ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस