विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय
२८ मंसिर २०७९
•
२ मिनेट पाठ
विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ। सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो।




मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा  अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दोब्बर भएको छ। विसं २०७४ मा आठ सय २२ विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अहिले एक हजार छ सय ६० भन्दा बढी अध्ययन गर्छन्। यहाँ जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्छन्।

पाँच वर्ष अगाडि विकास गुरुयोजना निर्माण गरेर पाँच वर्षभित्रमा विद्यार्थी सङ्ख्या दोब्बर बनाउने योजनासहित अगाडि बढेको विद्यालयले आफ्नो लक्ष्यअनुसारको सफलता हासिल गरेको प्रधानाध्यापक हरिप्रसाद देवकोटाले बताए। 'विद्यालयको भौतिक र शैक्षिक अवस्थामा सुधार गर्दै करिब दुई हजारसम्म विद्यार्थी अध्यापन गराउने योजना छ', उनले भने, 'लक्ष्यअनुसार प्रगति हुँदै गएको छ।'

विसं २०२९ मा निम्न माध्यमिक तहसम्मको अनुमति प्राप्त गरेर स्थापना भएको सो विद्यालयले २०३८ सालमा माध्यमिक तह अध्यापनको सुरुआत गरेको थियो। विसं २०४० मा विद्यालयले माध्यमिक तहको अनुमति प्राप्त गरेको हो। उच्च शिक्षाका लागि साविकको तमसरिया गाविससहित आसपास क्षेत्रका विद्यार्थी कावासोती वा अन्य जिल्ला पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै २०५७ सालमा उच्च माध्यमिक तहसम्मको अध्यापन अनुमतिको लागि प्रक्रिया सुरुआत गरेको थियो। सोही वर्ष उच्च माध्यमिक तह अध्यापन अनुमति प्राप्त गरेको विद्यालयले सोही वर्षदेखि कक्षा ११ को पढाइ सुरुआत गरेको थियो।

विसं २०६० को दशकमा सामुदायिक विद्यालयप्रति अभिभावकमा देखिएको वितृष्णा र समय अनुकूल शिक्षालाई ध्यानमा राख्दै विद्यालयले २०६६ सालमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरुआत गरेको थियो। त्यसपश्चात् क्रमशः विद्यालयमा विद्यार्थी सङ्ख्यामा बढोत्तरी हुँदै आएको प्रधानाध्यापक देवकोटा बताउँछन्। पञ्चवर्षीय गुरुयोजना निर्माणपछि विद्यालयमा विद्यार्थीको आकर्षण थप बढेको हो।

स्थापनाको ५० वर्ष पूरा गर्दा जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था र सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयको रुपमा आफूलाई स्थापित गर्नसक्ने अवस्थासम्म आइपुग्दा संस्थापकदेखि हालसम्म विभिन्न व्यक्ति, संस्थाको भूमिका महत्वपूर्ण रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिन्दु काफ्लेले बताए। यही मङ्सिर २९ देखि पुस ४ गतेसम्म विद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाउँदैछ।रासस
अर्को समाचार
सामुदायिक विद्यालयले पाउने भए विषयगत शिक्षक
१६ पौष २०८०
•
२ मिनेट पाठ
सामुदायिक विद्यालयले पाउने भए  
विषयगत शिक्षक
शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा रिक्त रहेको चार सय ३६ स्थायी पदपूर्तिका लागि शिक्षक माग गरेको छ। माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा खुला प्रतियोगितात्मक परीक्षा हुने छ।




सामुदायिक विद्यालयमा वर्षौंदेखि मावि तहमा शिक्षकको पद रिक्त भएकाले कक्षाकोठामा सिकाइ उपलब्धि राम्ररी हुन सकेको थिएन। यही भएर अब सरकारले बर्सेर्नि रिक्त दरबन्दी पूर्ति गर्दै जाने लक्ष्यसहित यसपटक शैक्षिकसत्र सुरु हुनुअगावै पदपूर्ति गर्ने तयारी आयोगको रहेको छ।

एसइई नतिजामा मुख्य रूपमा विज्ञान, अंग्रेजी, नेपाली, गणितलगायतका अप्ठ्यारा विषयमा कम विद्यार्थी पास हुनुको मुख्य कारण यही विषयमा विद्यालयमा शिक्षक पनि नहुनु नै रहेको सरकारी अनुसन्धानले देखाएको छ।
 यसकारण अब आयोगले कक्षाकोठाको सिकाइ स्तर अभिवृद्धि गर्न र बालबालिकाको सिकाइ उपलब्धिमूलक बनाउन शिक्षकको रिक्त दरबन्दी पूर्ति गर्न समयमै ध्यान दिएको आयोगले जनाएको छ।

आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेललका अनुसार यसपटक सातवटै प्रदेशबाट माग आएअनुसार कुल रिक्त दरबन्दी चार सय ३६ रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकको आधारमा आयोगले पदपूर्तिका लागि पुस ८ गते विज्ञापन आह्वान गरेको हो।

‘यसपटक सबैभन्दा बढी विज्ञान विषयको शिक्षकको माग आएको छ। विज्ञानमा मात्र एक सय २४ पद रिक्त रहेको छ,’ पोखरेलले भने, ‘विद्यालय तहको शिक्षण सिकाइको स्तर बढाउन मावि तहमा शिक्षक अनिवार्य हुनैपर्छ। यसले बालबालिकाको सिकाइ मापनमा भूमिका खेल्छ।
अर्को अप्ठ्यारो विषय हो गणित यसमा ८५ र अंग्रेजीमा ७९ दरबन्दीको पूर्तिका लागि विज्ञान खोलिएको छ। खुला विज्ञापनमा योग्यता पुगेको सबैले भाग लिन पाउने छन्।’

यसैगरी, सातै प्रदेशबाट प्राप्त भएको तथ्यांकअनुसार नेपालीमा ६७, समाजिकमा ५३, अर्थशास्त्रमा सात, कार्यालय सञ्चालन तथा लेखामा १५, संस्कृत व्याकरणमा तीन र कप्युटर विज्ञानमा तीन शिक्षक माग आयोगले गरेको छ।

गत वर्ष पुस २५ मा माध्यमिक तहको विज्ञापन भएको थियो। ‘यस वर्ष पनि पुस २५ अघि नै विज्ञापन गर्‍यौं,’ आयोगका प्रमुख प्रशासकीय प्रमुख डा. पोखरेलले भने भने, ‘गत वर्ष सात सय १८ शिक्षक पदपूर्तिका लागि विज्ञापन भएको थियो। यसपटक दुई सय ८२ शिक्षक कम भए। यसपटक आयोगले चैत ३ गते सामान्य परीक्षा लिने छ। ५० अंक ल्याउनेहरू मात्र विषयगत परीक्षामा सहभागी हुन सक्नेछन्। परीक्षामा ४० अंक र त्योभन्दा माथि ल्याउनेहरू अन्तरर्वार्तामा सहभागी हुन्छन् ।’

उनका अनुसार आयोग यसपटक असोज महिनाभित्रै सबै प्रक्रिया पूरा गरी विद्यालयहरूमा शिक्षक सिफारिस गर्ने तयारी छ।’

विगतमा सामुदायिक विद्यालयका शिक्षकको अवकाश भए पनि मावि तहमा समयमै विज्ञापन नहुँदा शिक्षक व्यवस्थापन चुनौती बन्दै गएको थियो।
तीन वर्षयता हरेक वर्ष विज्ञापन हुन थालेपछि रिक्त हुनबित्तिकै प्रतिस्पर्धाबाट छनोट भएका योग्य शिक्षकले कक्षाकोठाभित्र पढाउने अवसर पाएको उनको दाबी छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस