त्रिभुवन विश्वविद्यालयले मंसिर २३ गते पुल्चोक क्याम्पस खेल मैदानमा सम्पन्न गरेको ४८ औँ दीक्षान्त समारोहमा विद्यार्थीलाई उपलब्ध गराएको शैक्षिक योग्यताको प्रमाणपत्र ट्रान्सक्रिप्टमै त्रुटि गरेको छ। त्रिविको यस्तो लापरवाहीले धेरै विद्यार्थी मानसिक तनाव झेल्नु परेको छ।
शंकरदेब कलेजमा अध्ययनरत सन् २०१७ ब्याचका विद्यार्थी रोजन पौडेल आफ्नो स्नातक तह पासको ग्रेड सिट अर्थात् ट्रान्सक्रिप्ट लिएर जब उनले अस्ट्रेलियाको वेस्र्टन सिड्नी विश्वविद्यालयमा मास्टर्स इन बिजनेस एनालाइसिस विषयमा एप्लाई गरे तब बल्ल उनले थाह पाए कि उनको ट्रान्सक्रिप्टमा उनले प्राप्त गरेकै ग्रेडिङ र त्यसको डिस्क्रीप्सनमै त्रुटि रहेको छ भनेर।
यो त्रुटि सेमेस्टर प्रणालीका सबै विद्यार्थीको मार्क सिटमा रहेको छ। ‘एक त हाम्रो त्रिविको चार वर्षे कोर्षनै विभिन्न कारण देखाएर त्रिविले ढिला पास आउट गराउने गरेको छ त्यससमाथि शैक्षिक प्रमाणपत्रमा त्रुटि छ,’ पौडेलले नागरिकसँग भने ‘हाम्रो ब्याचदेखि नयाँ ग्रेडिङ प्रणाली लागु भयो। जस अनुसार ए, ए माइनस, बि, बि माइनस लगायत माइनसमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरियो। तर हाम्रो नतिजा भने पुरानै प्रणालीबाट ए, एप्लस अर्थात् प्लस वाला आयो। साथै डिस्क्रीपसनमा पनि भेरि गुड आउनु पर्नेमा फस्ट डिभिजन विथ डिक्सटिनसन आयो। यो त त्रिविको ठुलो त्रुटि हो।'
यसरी विद्यार्थीले मुख्य अध्ययन गरेको विषय नछुटाउँदा उनीहरु को शैक्षिक प्रमाणपत्रमाथिनै अन्य शैक्षिक निकायहरुले शंकाको घेरामा राखी छानबिन गरी मानसिक तनाव दिएको छ।’ उनले थपे ‘अब त्रिविले गरेको त्रुटि त्रिविले निःशुल्क सच्चाउनु पर्ने व्यवस्था गर्नु पर्छ। नेविसघको माग पनि यही हो।’सेमेस्टर प्रणाली अन्तर्गत परीक्षा उत्तीर्ण भई थप अध्ययन गर्न स्वदेश तथा विदेशका शैक्षिक निकायहरूमा आवेदन दिँदा समेत उक्त त्रुटिकै कारण विद्यार्थीले समस्या झेल्नु परेको उनको भनाई छ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका सह नियन्त्रक घनश्याम ठाकुरले बर्सेनि पुस मसान्त भित्र सकिनु पर्ने दीक्षान्त समारोह मंसिरमै सकिनु पर्ने कुलपतिको हतारोका कारण शैक्षिक प्रमाणपत्रमा त्रुटि हुन पुगेको स्वीकारे। ‘संसदीय चुनावका कारण कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सरले समयमै दीक्षान्त समारोह सकिनु पर्ने र आफू सहभागी हुने चासो देखाएकै कारण विश्वविद्यालयले हतारोमा दीक्षान्त समारोह सम्पन्न गर्नु पर्यो। समय थोरै विद्यार्थी धेरै भएकोले विभिन्न खाले त्रुटि भयो,’ सह नियन्त्रक ठाकुरले नागरिकसँग भने ‘बिबिएको नतिजा पुरानै ग्रेडिङ प्रणालीबाट भूलवश प्रकाशित भयो। साथै केटाको फोटोमा केटिको र केटिको फोटोमा केटाको हुन गयो। यस पटक ग्रेसलिस्टमा परेका कुल ६३ हजार २ सय ३७ विद्यार्थीमध्ये १० हजार एक सयले दीक्षान्त समारोहमा सहभागिता जनाउने आवेदन भरेका थिए।'
उनले थपे ‘१० हजार विद्यार्थीका दश हजार अभिभावक र प्रहरी गरी कुल २२ देखि ३५ हजार जनालाई ब्यवस्थापन गर्नै त्रिविलाई हम्मे परेको थियो। तर पनि त्रिविले दीक्षान्त सम्पन्न गर्यो। अब त्रिविले गल्ती निःशुल्क सच्याउन तर्फ सूचना प्रकाशित गरेको छ। हामी निःशुल्क सच्याइ दिने छौं।’

उनले थपे ‘मैले स्नातकोत्तर तहमा अस्ट्रेलियाको एक विश्वविद्यालयमा अप्लाई गर्दा पो थाह पाए। उनीहरुले हाम्रो मार्कसिटमै नक्कली हो कि भन्ने शंका गरे र छानविनै गर्न थाले। त्रिविको गल्तीले विद्यार्थीलाई मानसिक तनाव पो दिएको छ।’यति मात्र होइन सेमेस्टर प्रणालीका सबै विद्यार्थीको शैक्षिक प्रमाणपत्र, लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ सिटमा त्रुटि रहेको विद्यार्थीको गुनासो आएको नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले जनाए। ‘सेमेस्टर प्रणालीका डेभिएसन सिस्टमलाई समेत पालना नगरी त्रिवि पनिकाले अंक निर्धारण गरेको छ,’ अध्यक्ष शेर्पाले त्रिविको त्रुटि बताए ‘विद्यार्थीले छनौट गरेको विशिष्टीकरण विषयको उल्लेख नगरी सबैमा अल भनी उल्लेख गरेको छ।