केही समयदेखि देशमा छुट्टाछुट्टै ऐनद्वारा विभिन्न विश्वविद्यालय सञ्चालन भएकाले उच्च शिक्षाको नियमन तथा सञ्चालनमा दोहोरोपनको समस्या देखिँदै गएकाो छ। यस्तो दोहोरोपन हटाउन सरकारले अधिकार सम्पन्न उच्चस्तरीय शिक्षा आयोग गठन गर्नुपर्ने एक सरकारी प्रतिवेदनले सुझाव दिएको छ।
विश्वविद्यालयमा विषयगत रूपमा दोहोरोपनको समस्या देखिएको र सोही कारण विद्यार्थी संख्या न्यून हुँदै गएपछि प्रधानमन्त्री एवं राष्ट्रिय विकास समस्या समाधान समितिको गत चैत १५ गते बसेको बैठकले उच्च शिक्षाको नियमन र सञ्चालनमा देखिएको दोहोरोपन हटाउन आवश्यक कार्य ढाँचा तयार पारी पेस गर्ने निर्णय गरेको थियो।
निर्णयानुसार योजना आयोगको शिक्षा हेर्ने सदस्य डा. पुष्परमण वाग्लेको संयोजकत्वकम गठित ९ सदस्यीय उच्च शिक्षाको नियमन तथा सञ्चालनमा देखिएको दोहोरोपन हटाउनका लागि आवश्यक कार्यढाँचासहितको प्रतिवेदन समितिले पुस १ गते सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको छ।
समितिको अध्ययनले नेपालमा हाल कुल १३ विश्वविद्यालय र ६ वटा विश्वविद्यालयस्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत उच्च शिक्षा सञ्चालन भइरहेको छ। यी विश्वविद्यालय र प्रतिष्ठानअन्तर्गत १ सय ५० वटा आंगिक, १ हजार २ सय ९० वटा सम्बन्धन प्राप्त ५ सय ३७ सामुदायिक र ७ सय ५३ निजी गरी कुल १ हजार ४ सय ४० शिक्षण संस्था सञ्चालनमा रहेको देखाएको छ।
अध्ययनका क्रममा नेपालमा उच्च शिक्षामा असमान पहुँच, गुणस्तर र सान्दर्भिकतामा कमी, प्रणालीगत अदक्षता, प्रणालीगत दोहोरोपन आदिलगायतका समस्या रहेको देखिएको समिति सदस्य–सचिव एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. कमल प्रसाद पोखरेलले बताए।
‘यी समस्यामध्ये उच्च शिक्षाको सञ्चालन र नियमनमा दोहोरोपनलाई एउटा महŒवपूर्ण समस्याको रूपमा देखियो,’ सदस्य सचिव पोखरेलले भने, ‘विश्वविद्यालय स्थापना र सञ्चालनमा विषयगत मन्त्रालयहरूद्वारा पहल भएको, नेपाल सरकार कार्य विभाजन नियमावलीअनुसार शिक्षा मन्त्रालयको कार्यक्षेत्र भएको छ। स्वास्थ, विज्ञान प्रतिष्ठान, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालयअन्तर्गत रही सञ्चालन रहेको छ। थप स्वास्थ्य विज्ञानसम्बन्धी मेडिकल कलेज स्थापनाको कार्य भएरहेकोमा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयबीच कामको दोहोरोपना देखियो।’
यसकारण विषयवस्तुलाई गहन रूपमा समितिले अध्ययन विश्लेषण गरी एकीकृत उच्च शिक्षा ऐन र नियमावली तथा सोहीअनुसारको मापदण्ड निर्देशिका तर्जुमा गरी कार्यन्वयनमा ल्याउनुपर्ने समितिले सुझाव दिएको उनले बताए।
‘विश्वविद्यालयको स्वायत्ततामा र स्वतन्त्रतामा आँच नपुग्नेगरी विश्वविद्यालय अनुदान आयोगलाई पुनर्संरचना गर्दै अधिकारसम्पन्न उच्चस्तरीय उच्च शिक्षा आयोगको रूपमा रूपान्तरण गर्ने,’ प्रतिवेदनले सुझाएको छ, ‘आयोगको सुदृढीकरण गरी मुलुकको समग्र उच्च शिक्षाको नियमनकारी निकायका रूपमा विश्वविद्यालय अनुदान आयोगको भूमिका विस्तार गर्ने। विश्वविद्यालय स्थापनासमबन्धी मापदण्ड पुनरवलोकन गरी समसमायिक बनाउने र सबै केन्द्रीय विश्वविद्यालयको सम्पर्क मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई कामय राख्ने।’
अध्ययनका क्रममा छात्रावृत्तिमा भिन्नभिन्न व्यवस्था भएको, विश्वविद्यालय÷उच्च शैक्षिक संस्थापिच्छे शुल्कसम्बन्धी एउटै नीति नभएको, विभिन्न विद्यामा अध्ययन गर्दा लाग्ने खर्च ( शुल्क तथा शैक्षिक खर्च ) फरकफरक हुने, विद्यार्थीको आर्थिक सक्षमताका आधारमा कमजोर विद्यार्थीलाई सक्षमताका हिसाबले पूर्ण छात्रावृत्ति, निःशुल्क, लागत साझेदारीलगायतका विकल्पका आधारमा सहयोग नगरेको देखिएको प्रतिवेदनले औंल्याएको छ।
‘गुणस्तर सुनिश्चिता तथा प्रत्यायन, उच्च शिक्षामा सरकारी लगानी, समकक्षता, अनुगमन तथा मूल्यांकन, विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित शैक्षिक कार्यक्रम तथा विश्वविद्यालयबाट हुने अनुसन्धानलगायतमा समस्या देखिएको छ,’ उनले प्रष्ट पारे, ‘एकीकृत उच्च शिक्षा ऐन नआउँदै केन्द्रीय विश्वविद्यलाय स्थापना गर्नुपर्दाको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको उच्च शिक्षा ऐनको प्रावधानअनुसारका व्यवस्था राखी विश्वविद्यालय अनुदान आयोगको परामर्शमा मात्र विश्वविद्यालयको स्थापनाको प्रक्रिया अघि बढाउन प्रतिवेदनले सुझाएको छ।’ विषयगत मन्त्रालयले अत्यावश्यक देखिएको विषय क्षेत्रमा छुटै विश्वविद्यालय खोल्नुभन्दा सम्बन्धित विषयको अध्ययन गराउने गरी कुनै विश्वविद्यालयबाट सम्बन्धन लिई विशिष्टीकृत संस्था वा कलेज स्थापना गर्नुपर्ने समितिले सुझाव दिएको उनले बताए। यसैगरी उच्च शिक्षामा प्रदान गरिने छात्रावृत्तिलाई व्यवस्थित गर्न जातीयताका आधारभन्दा पनि विद्यार्थीको परिवारको विपन्नता, जेहेनदार, समेतका आधारमा पूर्ण छात्रावृत्ति निःशुल्क वृत्तिलगायत साझेदारी जस्ता विकल्पमा दोहोारो नपर्ने गरी छात्रावृत्ति उपलब्ध गराउने व्यवस्था गर्नसमेत प्रतिवेदनले सुझाएको छ।