२१ वर्षका प्रधानाध्यापक
०६ माघ २०७९
•
४ मिनेट पाठ
२१ वर्षका प्रधानाध्यापक
सामान्यतया कुनैपनि विद्यालयको प्रधानाध्यापक भनेपछि हाम्रो मनमा एउटा ‘विम्ब’ बन्छ । पाको उमेर, कपाल अलिअलि फुलेको, अनुभवी हुन्छन् भन्ने हामीलाई लाग्छ। तर यस्तो मात्र होइन, पाँचथरको एउटा विद्यालयमा २१ वर्षका युवक प्रधानाध्यापक भएका छन्। 




फाल्गुनन्द गाउँपालिका वार्ड न.१ भोगटेका स्थायी बासी सरोज श्रेष्ठ २१ वर्षमै प्रधानाध्यापक भएका छन्। उनी ५ कक्षासम्म अध्ययन गराइने श्री बाल विकास आधारभूत विद्यालयका हेडसर भएका हुन।  

यस विद्यालयमा २०७८ साल कात्तिक महिनादेखि उनले पढाइरहेका छन्।  श्रेष्ठले २०७९ कात्तिकमै करार प्रधानाध्यापक भएका हुन्। उनले प्रदेश नम्बर १ को शिक्षा आयोगबाट निम्न माध्यमिक तहको स्थायी दरबन्दी पनि पाइ सकेका छन्। उनी आफू अघिका प्रधानाध्यापकले अवकाश पाएपछि शिक्षक र व्यवस्थापनको पहलमा प्रधानाध्यापक बनेका हुन्।

श्रेष्ठले नेतृत्व गरिरहेको विद्यालयमा शिक्षक र कर्मचारी गरी ५ जना छन् भने ४५ जना विद्यार्थी छन्। ‘एक जना शिक्षकका लागि आवेदन माग गरेका छौ। आएपछि हामी ६ जना हुन्छौँ’, २१ वर्षीय प्रधानाध्यापक श्रेष्ठले नागरिकन्यूजसँग भने।  
उनले आफ्नो नियुक्तीबारे भने, ‘म नियुक्ती भएदेखि नै प्रधानाध्यापकको काम गरेको थिए तर जिम्मेवारी भने अहिले सर अवकाश भएपछि मात्र पाएको हु। नियममा करार शिक्षक प्रअ हुन पाइँदैन तर प्रअको अवसर पाउने शिक्षक र व्यवस्थापनका व्यक्तिहरुले प्रअ बनाउनु भएको हो।’

उनले आफ्नो शिक्षाकोबारे भने, ‘म शिक्षक हुँदा २० वर्षको थिए। मेरो जन्म मिति २०५७ साल ११ महिना १० गते हो। मैले श्री तिरतिरे आधारभूत विद्यालयबाट ५ कक्षा सम्म अध्ययन गरे। कक्षा ६ देखि १० सम्म श्री सिद्धेश्वरी माध्यमिक विद्यालयबाट ५८.७९ प्रतिशत लाएर एसएलसी पास गरे। ११ देखि १२ उच्च मावि सिद्धदेवी माध्यमिक विद्यालय उमलावुङ नविडाडाबाट ५८ प्रतिशत ल्याएर उत्तीर्ण गरे। स्नातक तह अध्ययन गर्न २०७४ सालमा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा भर्ना भई २०७८ सालमा ६२.२३ प्रतिशत अंकलाएर स्नातक उत्तीर्ण गरे। अब मास्टरका लागि अध्ययन गर्ने तयारीमा छु।’  

उनी भन्छन्, ‘सानै उमेरमा प्रअ भएकाले कतिपयले तपाइले उमेर ढाटनु पो भयो कि पनि भने।’ आफू निमावि शिक्षकमा नै कान्छो शिक्षक र प्रधानाध्यापक भएकोमा श्रेष्ठ खुसी छन्।
उनले थपे, ‘मैले बोर्डिङ स्कुल पढ्न पाइन सरकारी स्कुल पढे गाउँमा पढदाँ अग्रेजीमा केही अनुभव नहुँदा कमजोरी महसुस गरे। मेरो अनिवार्य नेपालीको विषय भएकाले साथीहरूको अगाडि नजानेको महसुस भयो। म पनि निजीमा पढ्न पाएको भए साथीहरू जस्तै जान्ने हुन्थे की भन्ने लाग्दो रहेछ। निजी विद्यालय नपढ्दैमा आफू माथि गइन्न भन्ने कुरा गलत रहेछ।’

उनी भन्छन्, ‘राम्रोसँग शिक्षण गरी आफ्नो विषयमा दक्षता प्रदर्शन गर्न सक्छ। हजारौं अबोध बालबालिकालाई ज्ञानको ज्योति दिन्छन्। प्रधानाध्यापक भन्नासाथ आफ्नो शिक्षण कार्य त छँदै छ, समग्र विद्यालयको शैक्षिक, आर्थिक, भौतिक, प्रशासनिक कामकाजको मुख्य नेतृत्वकर्ताको भूमिका पनि निर्वाह गर्नुपर्छ।’  

श्रेष्ठले आफ्ना साथीको बारेमा भने, ‘आफ्नो उमेरका साथीहरूसँग शिक्षक भएपछि सँगै हिडन् समय दिन पाएको छैन्। साथीहरू कोही लाहुरे भए, कोही वैदेशिक रोजगारमा गए, कोही विभिन्न देशका भाषाहरू पढ्दै छन्। आफू भने प्रअ भएर बसेको छु। देशमै बसेर रोजगार पाउँदा खुसी छु।’  
उनकाअनुसार प्रधानाध्यापक र शिक्षकमा कामका हिसाबले धेरै भिन्नता छन्। हरेक विद्यालयको समस्या समाधानको केन्द्रबिन्दु प्रअ हो। 

श्री बाल विकास आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल कुमार का अनुसार विद्यालयको समस्या हेरेर श्रेष्ठलाई प्रअ बनाएको बताउँछन्। ‘उहाँमा प्रअ सञ्चालन गर्न सक्ने खुबी भएकोले जिम्मेवारी दिएका हौँ’, उनले भने।  

अध्यक्ष दिलकुमारले आङ्देम्बे भने, ‘उहाँलाई प्रअ दिएको २ महिना भयो। उहाँ निमित्त प्रअ हो। उहाँ अब एक दुई महिना पछि अर्को स्कुल जानुहुन्छ।’  

आङ्देम्बले पहिलो प्रअले अवकाश पाएपछि सबैको सहमतिमा श्रेष्ठलाई प्रअ बनाएको बताए। उहाँ करारमा हुनुहुन्थ्यो। अहिले स्थायी भइसक्नु भयो।’  

२१ वर्षीय प्रअ श्रेष्ठले थपे, ‘म शिक्षक हुनुको मुख्य कारण मेरो एउटा लक्ष्य हो। हामी २१ औं शताब्दीका मान्छेहरु धन सम्पत्तिमा नै लिप्त छौँ तर धन सम्पत्ति आ–आफ्नो ठाउँमा छ तर सम्मान, इज्जत भन्ने कुरा हाम्रो अमूल्य गहना हो, त्यो म शिक्षण पेसामा पाउँछु।’

उनले यो पेसाप्रतिको आकर्षण व्याख्या गर्दै भने, ‘जहाँ आफू पनि सिक्न पाइन्छ र आफुले पनि अरुलाई सिकाउन सकिन्छ । यस्तो आनन्ददायी र हजारौँ अबोध बालबालिकालाई ज्ञानको ज्योति दिन पाउँदा मन त्यसै प्रफुल्ल हुन्छ यही सोचबाट प्रेरित हुँदै यो क्षेत्रमा आएको हुँ। विशेषतः यो क्षेत्रमा आउनुमा मेरो बुबाको ठुलो साथ र सहयोग छ । उहाँ आफैँ पनि शिक्षण पेसामा नै हुनुहुन्छ तर उहाँ स्थायी बन्न सक्नु भएन। बुबाको शिक्षण कौशलबाट प्रेरित भएको छु र आज यहाँसम्म आउन सफल भएको हुँ।’
उनी आफुले भने करिब ४ वर्षको उमेरमा विद्यालय शिक्षा सुरु गरेका हुन। ‘त्यति बेला बुबाले मलाई पढाउन भन्दा नि साथी भाइसँग घुलमिल र समय बिताउन पठाउनु भएको रहेछ’, श्रेष्ठले भने। तर उनलाई शिक्षकहरूले भर्ना गरिदिए। पढाइमा मेहनती र इमानदार रहेको उनको दाबी छ।  
अर्को समाचार
माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त
१९ भदौ २०८१
•
२ मिनेट पाठ
माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त
जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ। गाउँपालिकाको शिक्षा शाखा र ३८ सरकारी विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो।




गाउँपालिकाले प्रअ नियुक्तिका लागि आवेदन माग गरेको थियो। गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाका माध्यमबाट पाँच वर्षका लागि करारमा प्रधानाध्यापक नियुक्त गरेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताइन्। उनले देशमै नमूनाका रूपमा शिक्षा क्षेत्र सुधारका लागि आफूहरूले सुरुआत गरेको बताइन्।

‘पालिकाका सामुदायिक विद्यालयका कार्यरत योग्यता पुगेका शिक्षक र हाल कार्यरत प्रधानाध्यापक समेतबाट आवेदन माग गरेका थियौँ। आवेदकको विद्यालय सुधार कार्ययोजनाको प्रस्तुतिसहित विज्ञ सम्मिलित मूल्याङ्कन समितिबाट पारदर्शी रूपमा नियुक्ति गरेका छौँ। सबै जना खुसी हुनुभएको छ’,  उनले भनिन्।

गाउँपालिकाले आधारभूत तह ९१–५० का लागि १८, आधारभूत तह ९६–८० का लागि १०, माध्यमिक तह ९९–११०का लागि चार र माध्यमिक तह ९११–१२०का लागि छजना प्रधानाध्यापकसँग सम्झौता गरेको हो।

विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा प्रअको छनोट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताए।

प्रधानाध्यापकको विधिपूर्वक छनोट गरी विद्यालयको शैक्षिक प्रशासनमा गुणस्तरीयता, शैक्षिक विकास र उपलब्धि तथा विद्यालयको कुशल व्यवस्थापनका लागि पहिलो पटक प्रतिस्पर्धामा जोड दिइएको उनले बताए।

‘विद्यालयका प्रधानाध्यापकको पद विभिन्न कारणबाट अस्थिर हुने, प्रअले पूरा अवधि राम्रोसँग काम गर्ने वातावरण थिएन। पाँच वर्षे सम्झौताले प्रअहरूले आफ्नो विद्यालयमा ढुक्कले काम गर्ने वातावरण बनेको छ। यसबाट पालिकाको समग्र शिक्षा क्षेत्रमा सुधार हुने विश्वास लिएका छौँ’, उनले भने।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले चालु वर्षमा पालिकाले प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाएको थियो। सोही कार्यविधिलाई टेकेर खुला आवेदनसहित प्रक्रिया सुरु गरिएको अर्यालले बताए।

प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय छनोट मूल्याङ्कन समिति बनाइएको थियो। 

सो समितिमा गाउँ शिक्षा समितिले तोकेका दुईजना विज्ञ, गाउँ शिक्षा समितिको अध्यक्षले मनोनीत एकजना सदस्य र गाउँपालिका शिक्षा अधिकृत सदस्यसचिव रहेका थिए।-रासस
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ९ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस