काठमाडौं महानगरपालिकाले वैशाख १२ गतेदेखि कार्यान्वयनमा ल्याएको शिक्षामा सिप कार्यक्रमको नमुना रानीपोखरीमा रहेको संस्कृत माध्यमिक विद्यालय बनेको छ।
मंगलबार स्कुल परिसरमा पुग्दा स्कुलको छेउमा रहेको खालि जग्गामा हरियाली छाएको थियो। यो हरियाली स्कुलका विद्यार्थीले गर्दा छाएको हो।
स्कुलको अगाडिको भागमा दुई वटा टावरमा माटोरहित खेती गरिएको छ। विद्यार्थीले रोपेको हरियो सिमी फुलेको छ, सागमा पनि फुल लागेको छ। टावरमा भ्यान्टा फलेको छ। सयपत्री फुलेको छ। फर्सी र तारीमा फुलेको छ। स्कुलको कम्पाउन्ड वाल नजिकै रहेको खालि जग्गामा टमाटर पनि फलेको छ। रायो र तोरीको साग पनि राम्रै उम्रेको छ। आहा, कति राम्रो शिक्षामा सिप यहाँ प्रष्ट देखिन्छ।
डेढ महिना अगावै यस स्कुललाई महानगरपालिकाले कार्यक्रमको लागि ५ लाख रकम अनुदान दिएको थियो। स्कुलका कक्षा ८ र ९ का विद्यार्थीहरुले डेढ महिना अघि विद्यालय परिसरमा रोपेको सागसब्जी तथा फुलहरु अहिले विक्री हुन थालेपछि विद्यार्थीहरु दङ्ग परेका छन्।
कक्षा ८ र ९ अध्ययन गर्दै गरेका करिब ७० विद्यार्थीहरुले समूह बनाएर विभिन्न समूहमा रोपेका तरकारी तथा सागसब्जी र फुलहरु अहिले सप्रिएका छन्। संस्कृतका आयुर्वेदका विद्यार्थीहरु किताबी ज्ञानलाई व्यवहारमा उतार्न पाउँदा निकै खुसी भएका छन्।
मंगलबार नागरिककर्मी स्कुल परिसरमा पुग्दा विद्यार्थीहरु आफूले टावरमा रोपेको मटर कोसा, साग, सयपत्री फुल भ्यान्टा, भिण्डीलगायतका तरकारी माटो बिना नै पानीमा मात्र सप्रेको नियालिरहेका थिए। खेतीपाती गर्ने सिप स्कुलदेखिनै सिक्न पाउँदा निकै दङ्ग परेका थिए उनीहरु।
कक्षा ९ का परिक्षित खतिवडा आफूले स्कुलमा टावरमा माटोरहित तरकारी तथा सागसब्जी पनि उमार्न पाउँदा निकै दङ्ग परेका थिए। बुढानीलकण्ठ घर भएका उनी आयुर्वेदका विद्यार्थी हुन्।
‘माटोबिना टावर बनाएर पानीमा भिटामिन हालेर पनि सहरी खेती गर्न सकिने सिप मैले स्कुलमै सिके। गाउँघरमा त माटोमा खेती गर्ने गरेको मात्र देखेको थिए,’ परिक्षितले नागरिकसँगको भेटमा भने ‘स्कुलमा सिकेको ज्ञानले मैले मेरो घरको कौसीमा स्ट्रबेरी, भोटे खुर्सानी, धनीया, बोडी र गोलभेँडा रोपेको छु। कति राम्रो टुसा उम्रेको छ।’ उनले खुसी साटे ‘घरमा आमाले तरकारी केलाएर निकाल्नु भएको सबै फोहरलाई माटोमा कुहाएर मैले मल पनि बनाउन सक्ने भएको छु।’
कक्षा ९ कै सन्देश बरालले भने स्कुलमा सिकाएको सहरी खेतीको सिप प्रयोग गरि आफूलाई दैनिक जीवनमा भान्छामा प्रयोग हुने चिजबिज त आफैले पनि सानै प्रयासमा उब्जनी गर्न सिकेको बताए। काभ्रेका सन्देशलाई पनि माटोमा मात्र खेती गरेको थाह थियो। १५ वर्षीय सन्देशलाई पहिलो पटक माटो विना पनि खेतीको जानकारी पाएको उनले सुनाए। उनले स्कुलमा हरियो मटर कोसा, खुर्सानी, टमाटर र तोरी रोपेको जनाए।
‘अब शुक्रबार एक दिन हामीले स्कुलमा किताब ल्याउनु पर्दैन। यस दिनलाई हामीले सिप सिक्ने दिनको रुपमा प्रयोग गर्न पाउँदा निकै खुसी मिलेको छ,’ आयुर्वेदका विद्यार्थी सन्देशले भने ‘डेढ महिना अघि रोपेको हाम्रा सबै तरकारी र फुलहरु उम्रिएको छ। स्कुलै हरियाली बनेको छ। साथै तरकारी पनि विक्री गर्न पाएको खुसीको सिमानै छैन।’
सोही स्कुलकी अर्की छात्रा निषीता पुरीले आफूले स्कुलमा बिना हानिकारक औषधी प्रयोग गरि खेती गर्न सिकेको बताइन्। उनले यो सिप जीवन उपयोगी रहेको समेत सुनाइन्।
‘मैले स्कुलमै पहिलो पटक प्याज कुहाएर रस निकालेर बोटबिरुवा छर्के किरा नकाल्ने सिप सिके। यो म जीवभर प्रयोग गर्ने छु,’ निषिताले अनुभव सुनाइन् ‘यति मात्र होइन मैले स्कुलमा सिकेको सिप घरमा गएर पनि प्रयोग गरेको छु। भान्छामा तरकारी, चामल, दाल आदि लगायतका पखालेरका पानीहरु सब मैले कौसीमा रोपेको धनिया, पुदिना, टमाटर, मटर कोसा, खुर्सानीको बोटमा राख्ने गरेको छु। यसले बोटबिरुवा राम्ररी सप्रँदो रहेछ। साथै बिरुवा सँगै एउटा लट्ठीमा पहेँले स्टिकर र रातो धागो बाँधेर राख्दा किरा नलाग्ने पनि थाह पाए। कक्षा १२ पास भएर स्कुलबाट बाहिरन्दा अब हाम्रो साथमा शैक्षिक प्रमाणपत्रसाथै सिपमूलक प्रमाणपत्र पनि हुने छ।’
कम्तीमा स्कुलबाट बाहिरन्दा आफूहरूसँग केही न केही सिप हुने भएकोले आर्थिक रुपमा आत्मनिभर बन्न सक्ने विद्यार्थीको अनुभव छ।
संस्कृत माविका सहायक प्रिन्सिपल अक्रुर चौलागाईका अनुसार स्कुलको ३ सय स्वायरफिटको अगाडी पटी र जमल साइडको कम्पाउन्ड बालको भुइँको जग्गामा विद्यार्थीहरु खेतीपाती गरी थरि थरिका तरकारी र फलफूल रोपेर माटोसँग भिज्न पाएका छन्।
‘हाम्रो विद्यार्थीले रोपेका तरकारी स्कुलको गार्ड दाइ तथा क्यान्टिनमा र छात्रावासमा विक्री गरिएको छ,’ सहायक प्रिन्सिपल चौलागाइले भने ‘यो पटक फर्सीको साग, भ्यान्टा, तोरी, रायो सिमीलगायतका तरकारी बेचर ३ सय ५० रकम जम्मा भएको छ। यो रकम विद्यार्थी कल्याणकारी कोषमा जम्मा गरिएको छ।’ उनले थपे ‘महानगरपालिकाले ५ लाख रकम अनुदान दिएको थियो। युथ फर एग्री वेलफेयर संस्थाले तालिम दिएर कार्यक्रम संचालन गरेका छौं।’
काठमाडौं जस्ता सहरी क्षेत्रमा विना माटो पनि खेती गर्न विद्यार्थीले सिकेका उनले जनाए।
संस्कृत माविका शिक्षक माधव लामिछानेका अनुसार यस स्कुलमा कक्षा ६ देखि १२ सम्म कुल ५ सय २१ विद्यार्थी छन्। ‘यो कार्यक्रमले विद्यार्थीले गोडमेल गर्ने, मल बनाउने, माटो छुने, मल राख्ने, डल्ला फुटाउने, बेर्ना जमाउने, झार ओखल्ने तथा सामान्य खनजोत गर्ने सिप सिक्ने अवसर पाएका छन्,’ शिक्षक लामिछानेले भने ‘स्कुल शिक्षा पास भएपछि विद्यार्थीलाई कम्तीमा आर्थिक रुपमा आत्मनिर्भर बन्ने बाटो छ।’
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरले यो वर्ष नमुना विद्यालयकोलागि एक करोड रकम विनियोजन गरेको छ। महानगरका दरबार स्कुल, संस्कृत मावि र क्षेत्र पाटीको कन्या माविलाई ३०/३० लाख रुपियाँ उपलब्ध गराएको छ।
‘महानगरले पुस्तविहीन शुक्रबार कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीले व्यवहारिक र जिवन उपयोगी सीप प्राप्त गर्न सक्ने छन्। विद्यालय शिक्षा पुरा भएपछि स्वदेशमै आर्थिक आयआर्जन गर्ने वातावरण विद्यालय स्तरबाटै बन्छ,’ प्रवक्ता मानन्धरले नागरिकसँग भने ‘यसले केही हदसम्म बिदेसिने वातावरण रोक्छ।’ उनले थपे ‘अहिले ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारका शिक्षा उपलब्ध छ। बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षा लाई थप व्यावसायिक र जीवन उपयोगी बनाउँदै लैजाने महानगर शिक्षा सम्बन्धी नीति हो।’
महानगरले शिक्षामा सिपकोलागि ९० घण्टा समय छुटाएको छ। १० वटा विषय चयन गरेको छ। कृषि तथा सहरी खेती, सौन्दर्य कला, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान लगायत १० विषयमा विद्यार्थीले छोटो अवधिको सिप सिक्ने छन्।
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...