राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको कक्षाकोठामा सिकाई स्तर बृद्धि गर्न स्तरीकृत परीक्षा प्रणाली कार्यन्वयनमा ल्याएको छ। विद्यार्थी घोकन्ते र परीक्षामुखि बन्दै गएको अवस्थामा विद्यार्थीमा सिकाई र बुझाई क्षमताको स्तर बृद्धि गर्न बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जनाए।
अध्यक्ष शर्माले विद्यार्थीले अब कक्षा ८, १० र १२ को परीक्षामा रटेर तथा घोकेर पास हुने र शिक्षकले पनि परीक्षामा सोधिने मात्र प्रश्नको उत्तर घोकाएर विद्यार्थीलाई पठनपाठन गराउने दिनको अन्त गर्न पनि स्तरीकृत परीक्षा प्रणाली बोर्ड कार्यन्वयनमा ल्याएको जनाए। ‘अबको परीक्षामा एक पटक सोधिएको प्रश्न कम्तीमा पाँच वर्षसम्म सोधिने छैन। अर्थात वर्षेनी प्रश्नपत्र दोहरिन्दैन,’ अध्यक्ष डा. शर्माले भने ‘स्तरीकृत प्रश्नपत्र निर्माण गर्दा मध्यम खालको प्रश्न सोधिने छ। कठिन र सरल प्रश्न हटाइने छ। ’ उनले थपे ‘यसकारण विद्यार्थीले अब कक्षाकोठामा बुझेर र सिकेर मात्र विषयबस्तुको सिकाई गर्नु पर्छ । भने शिक्षकले पनि पाठ्यक्रममा आधारित भएर बुझाए सिकाएर शिक्षण सिकाई गराउनेमा जोड दिनै पर्छ।’
अध्यक्ष शर्माका अनुसार पहिलो चरणमा यस पटकको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको परीक्षामा गणित, विज्ञान र अंग्रेजीमा स्तरीकृत परीक्षा प्रणाली कार्यन्वयन भएको छ। सन् २०२०को कक्षा ३ को सिकाई उपलब्धी १९ प्रतिशत मात्र हुनु नेपाली शिक्षा प्रणाली निकै कमजोर भएको उल्लेख गर्दै उनले अब शिक्षक र विद्यार्थीले परीक्षामुखी तयारी भन्दा पनि सिकाई र बुझाईमा जोड दिने प्रणालीको विकास स्तरीकृत परीक्षा प्रणालीले गर्ने उनको दाबी छ।
कोरोना अघिनै तीनै तहको शिक्षकको सहभागितामा प्रश्हरुको सेट तयार गरि परीक्षण पनि गरियो। यस वर्ष कार्यन्वयन पनि भयो। अगामी वर्ष सबै विषयहरुमा लागु हुने उनले जनाए।
‘नेपालबाट कक्षा ८, १० र १२ पास गरेका विद्यार्थीले न्यूतम केके सिकेको हुन्छ र कुन ग्रेड पाएकाले कुन अध्ययन गर्न सकत भन्ने स्पष्ट हुन्छ,’ अध्यक्ष शर्माले स्पष्ट पारे ‘पाठ्यक्रमको मर्म अनुसार विद्यार्थीमा सिकाई सक्षमता विकास हुने र परीक्षाको नतिजालाई शिक्षण सिकाईमा प्रयोग गर्न पनि नेपालमा स्तरीकृत परीक्षा प्रणाली आवश्यक रहेको छ।’
बोर्डका एसइई परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यस वर्ष एसइईको अंग्रेजी, गणित र विज्ञानको परीक्षा स्तरीकृत परीक्षा प्रणालीबाट भए पनि आगामी वर्षहरुमा अन्य विषयहरुमा पनि लागु गरिने बोर्डको तयारी रहेको जनाए।
उनले हाल कक्षा ८ को स्थानीय तहबाट संचालित परीक्षाहरुमा प्रयोग गरिएका परीक्षण सामाग्रीहरु फरक फरक कठिनाइ र गुणस्तर रहेको तथा एक शिक्षक वा संस्थाले बनाएका, संज्ञानात्मक तहहरु राम्ररी नसमेटिएका, प्रश्नको विभेदिकरण, कठिनाई र स्तरीयता कायम नगरिएका प्रश्नहरु प्रयोगले समग्र परीक्षाको विश्वासनीयाता घट्दै गएकोले पनि नेपालमा स्तरीकृत परीक्षा प्रणाली कक्षा ८ देखिनै कार्यन्वयन गर्नु पर्नेमा बोर्डको तयारी रहेको जनाए। यसैगरी कक्षा १० र १२ मा सिमित शिक्षकबाट तयार भएका तथा प्रशनको स्तरीयता कायम नगरिएका प्रश्नहरु प्रयोग भइरहेको, एउटा वर्ष र अर्को वर्षमा सोधिएका प्रश्नहरुबीच समरुपी वैद्यता कायम नभएको, प्रश्नहरु वर्षेनी दोहरिने गरेको र वर्षेनी परीक्षाको नतिजामा आउने विविधताले परीक्षाको तयारी, ब्यवस्थापन र विश्वासनीयतामाथिनै प्रश्न उठ्दै आएकोले अब बोर्डले विद्यालय स्तरको कक्षा ८, १० र १२को परीक्षामा स्तरीकृत परीक्षा प्रणाली कार्यन्वयन गर्न लागेको उनको ठहर छ।
‘स्तरीकृत परीक्षा प्रणालीमा आइटम बैंक हुन्छ। स्थानीय तह, प्रदेश र संघको क्षमता विकास गरि तीनै तहबाट प्रश्न निमार्ण हुन्छ,’ नियन्त्रक श्रेष्ठले भने ‘तीनै तहमा प्रश्न बैंक खडा गरिन्छ। प्रश्नको स्तर निर्धारणको प्राविधिक पक्ष राष्ट्रिय स्तरबाट हुन्छ। कुन कुन कठिन स्तरको प्रश्न सेट तयार गर्ने हो भनी तय गर्न सकिन्छ।’ उनले थपे ‘यसले पाठ्यक्रमले विद्यार्थीमा कस्ता क्षमता विकास गराउन खोजेको सोही अनुसारको परीक्षा विकास गर्छ। यस्ता परीक्षामा सहभागी शिक्षक र विद्यार्थी दुबैले मैले के सिक्नु पर्ने हो र कासरी सिकाउनु पर्ने हो भन्ने स्पष्ट जानकारी दिन्छ। ’यस्ता परीक्षाले देशभर एउटै स्तरको गुणस्तरीय शिक्षाको सुनिश्चतता प्रदान गर्ने बोर्डको दाबी छ। ‘एउटै उत्तरपुस्तिका परीक्षण गर्दा फरक फरक शिक्षकहरुले २० अंक सम्म फरम परेमने पाइयो। शिक्षकको मुड अनुसार विद्यार्थीले नम्बर पाउँदो रहेछन्,’ नियन्त्रक श्रेष्ठले शिक्षकले विद्यार्थीलाई दिने अंकको सत्यतता उजार गर्दै भने ‘यसले त विद्यार्थी धेरै मार्कामा परेको देखियो। यो त विद्यार्थीमाथि ठूलो अन्याय भएको बोर्डको अध्ययनले देखाया ।’ उनले थपे ‘यस्ता विकृतिहरु कम गर्न पनि नेपालमा स्तरीकृत परीक्षा प्रणाली आवश्यक परेको हो।’