गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सकिएको छ। हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा यहाँको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा दुइदिनसम्म फेस्टिभल चलेको थियो।
उक्त फेस्टिभलमा पोखराको सैनिक आवासीय महाविद्यालय प्रथम भएको छ। पोखराको सिर्जना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भए। सान्त्वना पुरस्कार पाउनेमा तनहुँको जनज्योति माध्यमिक विद्यालय, पर्वतको नमुना आवासीय माध्यमिक विद्यालय र पोखराकै शिशुनिकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय छन्।
उनीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशीला सिंखडाले पुरस्कार वितरण गरिन्। प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने अवसर पाउनेछन्। यसैबीच, सो—अवसरमा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ। विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक ढकाललाई उक्त सम्मान प्रदान गरेको हो। स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत हुन्।
फेस्टिभलमा विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै विद्यार्थीले बनाएका प्रोजेक्टका ५० स्टल राखिएका थिए। फेस्टिभलका संयोजक हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आंतक बस्नेतले विद्यालयमा विज्ञान विषयको पढाईमा फरकपन आउनुपर्ने उल्लेख गरे। उनले घोकन्ते विद्याले मात्र विद्यार्थीको शैक्षिक स्तरमा सुधार नहुने हुँदा प्रयोगात्मक रुपमा नै अगाडि बढ्नुपर्ने बताए।