इन्जिनियरिङ विद्यार्थीमा आधारभूत ज्ञान अभाव
११ असार २०८०
•
४ मिनेट पाठ
इन्जिनियरिङ विद्यार्थीमा आधारभूत ज्ञान अभाव
इन्जिनियरिङका विभिन्न विधामा अध्ययन गरी उत्तीर्ण भएका विद्यार्थीमा आफूले अध्ययन गरेको पाठ्यक्रम र विषयवस्तुबारे आधारभूत ज्ञान कमी भएको तथ्य उजागर भएको छ। नेपाल इन्जिनियरिङ परिषद्ले असार ६, ७ र ८ मा सञ्चालन गरेको लाइसेन्स परीक्षामा ६६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्। परिषद्का रजिस्ट्रार शिवमंगल गिरीका अनुसार अनुत्तीर्ण हुने अधिकांश विद्यार्थीमा आफूले अध्ययन गरी पास भएको विधाको आधारभूत ज्ञान कमी देखिएको छ।




परीक्षामा कुल २ हजार ३ सय ७४ विद्यार्थीले परीक्षा दिएकामा ९ विद्यार्थीको परीक्षा विथहेल्डमा भएको र कुल २ हजार ३ सय ६५ विद्यार्थी लाइसेन्स परीक्षामा सहभागिता जनाएका थिए। सय पूर्णांकको परीक्षामा सबै वस्तुगत प्रश्नावली सोधिएका थिए, जसमध्ये ८ सय १ विद्यार्थी मात्र परीक्षा पास गर्न सफल भए। अर्थात् ३३.८७ विद्यार्थी मात्र पास भए भने ६६.१३ प्रतिशत विद्यार्थी परीक्षामा अनुत्तीर्ण भएको रजिस्ट्रार गिरी बताउँछन्। उनका अनुसार इन्जिनियरिङ अध्ययन गरी पास भएका विद्यार्थीले आफूले अध्ययन गरेको विषयमा विज्ञका रूपमा काम गर्नका लागि अनुमति लिन लाइसेन्स लिनुपर्ने सरकारले व्यवस्था गरेको हो, तर परीक्षामा धेरै विद्यार्थीलाई आफूले अध्ययन गरेको विषयवस्तुबारे जानकारी नभएको पाइएको उनले जनाए।

परीक्षामा सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन, इलेक्ट्रोनिक एन्ड इलेक्ट्रिकल, इन्फर्मेसन टेक्नोलोजी, मेकानिकल, आर्टिटेक्चर, बायोमेडिकल, जियोमेट्रिकलगायत कुल २३ विधामा विद्यार्थीले आफूले काम गर्न सक्ने भनी लाइसेन्स लिन परीक्षा दिएको रजिस्ट्रार गिरीले बताए।

कलेज र विश्वविद्यालयहरूले समेत आफ्नो पठनपाठन र शिक्षण सिकाइ पद्धतिमा परिमार्जन तथा सुधार गर्न आवश्यक देखिएको छ। यति मात्र होइन अब विद्यार्थीले इन्जिनियरिङ पास हुनका लािग मात्र होइन कि काम गर्न सक्षम र योग्य जनशक्ति हुने गरी अध्ययन गर्नुपर्ने नतिजाले औंल्याएको छ।
‘इन्जिनियरिङ विषय भौतिक पूर्वाधार निर्माण, सूचना प्रविधि, विद्युतीय उपकरण निर्माणलगायत महत्वपूर्ण निर्माण कार्य तथा मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयवस्तुसँग जोडिएका विषय हुन्’,रजिस्ट्रार गिरीले नागरिकसँग भने, ‘प्रकाशित नतिजाले हामी सबैलाई चकित पारेको छ। सिभिल र कम्प्युटर इन्जिनियरिङका ७५ प्रतिशत र अन्य विषयका २५ प्रतिशत विद्यार्थीले सहभागिता जनाएका थिए। सिभिल विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्।’ उनले थपे, ‘नतिजा हेर्दा विद्यार्थीले आफूले अध्ययन गरेको विषयवस्तु र पाठ्यक्रमबारे आधारभूत जानकारीसमेत नभएको देखियो।  

सिभिल राज्यको भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित छ। मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्छ। यसकारण पनि दक्ष र योग्य इन्जिनियरका लागि पनि परिषद्ले लाइसेन्स परीक्षा सञ्चालन गरेको हो।’ परिषद्ले उपलब्ध गराएको तथ्यांकअनुसार कुल विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालयका ४१ प्रतिशत र काठमाडौं विश्वविद्यालयका ६७ प्रतिशत विद्यार्थी पास भएका छन् भने विदेशी विश्वविद्यालयका १० प्रतिशत मात्र पास छन्।

‘कुल परीक्षार्थीमध्ये ४ सय ४ विदेशी थिए। ४१ मात्रा काम गर्ने लाइसेन्स परीक्षा पास हुन सके अर्थात् १० प्रतिशत मात्र पास भएका छन्’,उनले औंल्याए, ‘यसले अब परिषद्ले पनि आफ्नो परीक्षा र प्रश्नपत्र तथा पाठ्यक्रम सुधार गर्न विश्वविद्यालय तथा कलेजसँग समन्वय गरी परीक्षा प्रणालीमा पनि परिमार्जन गरिनुपर्ने देखियो।’उनले थपे, ‘अर्कातर्फ कलेज र विश्वविद्यालयहरूले समेत आफ्नो पठनपाठन र शिक्षण सिकाइ पद्धतिमा परिमार्जन तथा सुधार गर्न आवश्यक देखिएको छ।’ यति मात्र होइन अब विद्यार्थीले इन्जिनियरिङ पास हुनका लािग मात्र होइन कि काम गर्न सक्षम र योग्य जनशक्ति हुने गरी अध्ययन गर्नुपर्ने नतिजाले औंल्याएको छ।

‘परीक्षार्थीको नतिजा विश्लेषण गर्दा विद्यार्थीले परीक्षा पास हुने उद्देश्यले मात्र तह पूरा गरेको देखिन्छ’,उनले सुनाए, ‘तर लाइसेन्स लिनु भनेको त उसले कति व्यावहारिक ज्ञान हासिल गरेको छ। आफूले अध्ययन गरेको विषयमा काम गर्न सक्ने क्षमताको परीक्षण न हो। तर काम गर्ने सबालमा विद्यार्थीमा व्यावहारिक ज्ञानको कमी देखियो’, उनले सुझाए, ‘इन्जिनियरिङ सीपमूलक व्यावहारिक सिकाइसँग जोडिएकाले अब कलेज तथा विश्वविद्यालयहरूले सिकाइतर्फ ध्यान दिनुपर्छ।’ यसअघि लिइएको परीक्षामा ७२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका थिए।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस