मकवानपुरको मनहरी गाउँपालिकामा रहेको १८ वटा विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिएका छन्।
गाउँपालिकाले विना कारण प्रधानाध्यापकहरुको सरुवा गर्न खोजेको र मानमर्दन गरेको भन्दै राजीनामा दिएका हुन्।
साउन १ गतेदेखि लागू हुने गरी राजीनामा दिइएको प्रधानाध्यापकहरुद्वारा हस्ताक्षरित राजीनामा पत्रमा उल्लेख छ। राजीनामा दिनेमा एक मावि र १७ प्राथमिक तहका प्रधानाध्यापक रहेका छन्। सिकाई उपलब्धीमा पहिलो भएकोसहित पालिकाभरका सबै प्राथमिक तहको विद्यालयका प्रधानाध्यापकलाई विना कारण सरुवा गर्न लागेकोले बाध्य भएर राजीनामा दिएको नेपाल शिक्षक महासंघ मनहरी गाउँपालिका अध्यक्ष नवराज डोटेलले जानकारी दिए।
‘गाउँपालिका अध्यक्षले पटक पटक प्रधानाध्यापकको सरुवा गर्ने भाषण गर्दै यो निर्णय लागू गरेरै छोड्ने बताउँदै आउनुभएको छ। यदी हामीबाट राम्रो काम नभएको हो भने त्यो भनियोस् नत्र विना कारण सरुवाको मात्र कुरा गर्नु उचित होइन’, डोटेलले भने, ‘अब हामी शिक्षकको रुपमा विद्यार्थीलाई पढाउँछौं । प्रधानाध्यापक पदमा रहनेछैनौं।’ राम्रो सक्षम प्रधानाध्यापक ल्याउनका लागि राजीनामा दिएर बाटो खोलिदिएको उनले बताए। आर्थिक हिनामिना वा कुनै अभियोग लागेको जसरी सबैलाई एकमुष्ट सरुवा गर्न खोजेको भन्दै प्रधानाध्यापकहरुले आपत्ति जनाउँदै आएका छन्। ‘कुनै नराम्रो गरेको भए भनिदिएको भए हुन्थ्यो, त्यसो पनि गरिएन। एक वर्षभित्र उपलब्धी हुनुपर्छ भन्ने समय पनि दिइएन’, एक प्रधानाध्यापकले भने, ‘विद्यालयको विकास र विद्यार्थीको सिकाई उपलब्धीमा दिनरात नभनी काम गर्दै आएका प्रधानाध्यापकहरुलाई कारबाही गरेझैं एकमुष्ठ सरुवा गर्दा नयाँ ठाउँमा कसरी काम गर्न सकिन्छ?’
पशुपतिनाथ माविको प्रधानाध्यापकबाट राजीनामा दिएका भानुभक्त आचार्यले आफू प्राविको तलव खाएर माविको नेतृत्व गर्दै आएको जानकारी दिँदै पालिकाले शिक्षकहरुको मर्म बुझ्न नसकेको बताए। ‘हामीले नेतृत्व गरेको विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने हामीलाई पनि जानकारी छ। राम्रो गरिरहेकै छौं’, उनले भने, ‘सिकाई उपलब्धी, विद्यालयको स्तरोन्नती र शिक्षकहरुलाई हौसला बढाउनुको साटो सरुवाको निर्णय गरेको दुःखी छौं।’ मनहरी
गाउँपालिकामा ३२ वटा विद्यालय रहेकोमा १८ वटा प्रावि, ५ वटा निमावि र ९ वटा मावि रहेको छ। शिक्षा नियमावलीमा शिक्षक सरुवा गर्ने व्यवस्था भएपनि प्रधानाध्यापक सरुवाको विषयमा भने केही उल्लेख गरिएको छैन।
धेरै प्रधानाध्यापक सहमत छन्, केहीले बखेडा झिके: कालाखेती
मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भैसकेको जानकारी दिँदै शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले अनावश्यक बखेडा झिक्न खोजेको प्रतिक्रिया दिएका छन्। ‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडीको हो। हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौं’, उनले भने, ‘सरुवाको विषय वहाँहरुले नबुझेकोले हो। प्रधानाध्यापकहरुलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौं, वहाँहरुले नमानेपछि हामीले सरुवा गर्न लागेका हौं।’
मनहरी गाउँपालिकाले शिक्षकहरुलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता ५ सयबाट बढाएर दुईहजार पु¥याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए। ‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबै प्रधानाध्यापकहरुको साथ जरुरी छ। सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौं। यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो’, उनले भने, ‘कसैले मान्दिन भन्छ भने हामी कानून अनुसार अघि बढ्नेछौं।’
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...