विद्यार्थीले हटाए काम विहीन सेवा आयोगको कार्यालय
११ साउन २०८०
•
४ मिनेट पाठ
विद्यार्थीले हटाए काम विहीन सेवा आयोगको कार्यालय
त्रिभुवन विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) का सभापति श्यामराज ओझाको नेतृत्वको टोली बुधबार विश्वविद्यालयको सेवा आयोगको कार्यालयको कुर्सी, टेबल, दराजलगायतका सबै समानहरु हटाएका छन्। 




कार्यालय भवन विद्यार्थीहरुले खालि गराउँदा विश्वविद्यालयभित्र हल्लाखल्ला मच्चियो। बुझ्दै जाँदा विगत एक वर्षदेखि कामविहीन अवस्थामा रहेको सेवा आयोग छात्रा/छात्रावासको ब्लकमा रहेकोले स्ववीयुले हटाएको रहस्य खुल्यो।

स्ववीयु सभापति ओझा त्रिविका विद्यार्थीहरुको समूहसहित सेवा आयोग बसेको ब्लकमा पुगेर विद्यार्थीले आफैले सबै समानहरु खालि गरी गाडीमा राखेर राजिष्ट्रार कार्यालयमा थन्काइदिएका छन् । उनीहरुको भनाई छ कामविहीन सेवा आयोग किन राख्ने ?

‘०७२ पछि सेवा आयोगको कार्यालय भत्केपछि हामी विद्यार्थीले आयोग विश्वविद्यालयको महत्त्वपूर्ण अङ्ग भएको भन्दै छात्राछात्राबासको ब्लक दियौँ,’ सभापति ओझाले आयोगको सबै समान रजिष्ट्रार कार्यालयमा थन्काउँदै भने ‘तर एक वर्षसम्म कामविहीन भएपछि किन राखिराख्नु ? हाम्रा महिला साथीहरु वर्षेनी ६५ जना छात्रावासमा नयाँ प्रवेश हुन्छन्। यो हटेपछि अब ६५ छात्रासाथी नयाँ प्रवेश गर्न पाउने बाटो खुल्यो।’ उनले थपे ‘त्रिविको शैक्षिक गुणस्तरको प्रवाह नै नगरी त्रिविका कुलपति, सहकुलपति भागबन्डामै ब्यवस्त हुनु हुन्छ। भागबन्डा नमिलेर त होला नि एक वर्षसम्म अध्यक्ष नियुक्ति हुन सकेको छैन। विश्वविद्यालय, शिक्षक र हामी विद्यार्थीकोलागि दुर्भाग्य हो।’

विश्वविद्यालयको मुटु भनेकै सेवा आयोग हो। यही सेवा आयोग गत वर्ष साउन १८ गतेदेखि अध्यक्षविहीन छ। सेवा आयोगका प्रशासकीय प्रमुख केदार ढकालका अनुसार कुनै पनि विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम गर्न सेवा आयोगको महत्त्वपूर्ण भूमिका हुन्छ। किन भने विश्वविद्यालयमा कस्ता शिक्षक/कर्मचारी प्रवेश गराउने, नियुक्ति गर्ने, बढुवा, सरुवा तथा स्थायीलगायतका सबै महत्त्वपूर्ण कार्य यही सेवा आयोगको हो। एकातिर युवा जनशक्ति स्वदेशमा अवसर नपाएर बिदेसियो भन्दै गर्दा स्वदेशमै भएकै अवसरमा पनि राज्यले दक्ष र योग्य युवा जनशक्ति प्रवेशको बाटो रोकिदिएर बिदेसिन बाध्य पारेको त्रिविकै प्राध्यापकहरुको गुनासो छ। यसैको उदाहरण पनि सेवा आयोगलाई प्राध्यापकहरुले लिएका छन्। सरकारले समयमै अध्यक्ष नियुक्त नगरी त्रिविमा नयाँ प्रवेशको बाटो रोकेको छ।

‘त्रिवि नियम अनुसार ६/६ महिनामा आयोगले स्थायी, सरुवा, बढुवा, नयाँ शिक्षक कर्मचारी नियुक्ति तथा स्थायीलगायतको कामको परीक्षा, नतिजा प्रकाशनसम्मको काम गरी अघि बढ्नु पर्छ,’ प्रशासकीय प्रमुख ढकालले आयोगको महत्त्व बुझाए ‘आज सेवा आयोग एक वर्षदेखि अध्यक्षविहीन हुँदा विश्वविद्यालयभित्र दक्ष र योग्य शिक्षक कर्मचारीको नयाँ प्रवेश रोकियो। नयाँ अनुहारमा निराशा छाएर बाध्य भएर बिदेसिने अवस्था आयो।’ उनले त्रिविको अवस्था प्रस्ट पारे‘हालको अवस्थामा त्रिविमा ८ हजार शिक्षक र ७ हजार कर्मचारीको दरबन्दीमध्ये झण्डै ५० प्रतिशत रिक्त भइसक्यो ।एकातिर हामी युवा जनशक्ति बिदेसियो भन्छौँ अर्को तर्फ भएकै अवसरमा पनि युवा जमातलाई प्रवेश गराउने बाटो रोक्ने प्रयास राज्यले नै गरेको छ।’

सेवा आयोगको अध्यक्ष नै रिक्त भएपछि त्रिवि मृत अवस्थामा पुगेको त्रिविमा कार्यरत सहप्राध्यापक डा.गोपिचन्द्र काफ्लेले बताए। भौतिक शास्त्रका प्राध्यापक काफ्ले नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ त्रिविका अध्यक्ष पनि हुन्। त्रिविमा .चरम राजनीतिकै जल्दो बल्दो उदाहरण हाल सेवा आयोग बनेको उनको ठहर छ।

‘विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री र सहकुलपति एवं शिक्षामन्त्रीले त्रिवि सेवा आयोगको महत्वनै बुझ्नु भएन। राज्यले शिक्षालाई बेवास्ता गरी राजनीति भाडबन्डामा रमाएको छ,’ सहप्राध्यापक काफ्लेले नागरिकसँग भने ‘आयोगले नयाँ विज्ञापन नखोलेको एक वर्ष भयो। दक्ष र योग्य शिक्षक त्रिविमा प्रवेशको बाटो नै बन्द भएको छ। राजनीति भागबन्डामा अल्झिएको छ। अझै पनि प्याकेजमा नियुक्तिको डिल गर्ने प्रयास गरी लाजमर्दो काम गरिरहेको छ।’ उनले थपे ‘लामो समयसम्म शिक्षकहरू अनुसन्धानमा लागे पनि समयमै बढुवा,स्थायीलगायतका प्रोत्साहन हुने काम बन्द हुँदा यसको नकारात्मक असर कक्षाकोठाको शिक्षण सिकाइमा पर्छ। यसले समग्र विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक स्तरमै नकारात्मक असर पार्छ।’

भौतिक शास्त्रकै प्राडा ईश्वर कोइरालाका अनुसार आयोग एक वर्षदेखि कामविहीन हुँदा त्रिविका प्राध्यापक तथा कर्मचारीमा निराशा छाएको छ भने नयाँ अनुहारहरू विदेशको बाटो रोज्न थालेका छन्। ‘विश्वविद्यालयका कुलपति र सहकुलपति विश्वविद्यालय भन्दा पनि दल प्रति बढी जवाफ देही बनेको देखियो,’ प्रगतिशील प्राध्यापक संघ त्रिविका अध्यक्ष समेत रहेका प्राडा कोइरालाले औँल्याए ‘जुनसुकै दलको आस्था राखे पनि विश्वविद्यालयभित्र त्यसको प्रवेश हुनु हुँदैन ।आयोग विश्वविद्यालयको मुख्य निकाय भएकोले अब राज्यले अविलम्ब अध्यक्ष नियुक्ति गरी विश्वविद्यालयमा शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानका काम निर्धक्क भएर गर्ने वातावरण तयार गर्नु पर्छ।’

आयोगका निवर्तमान अध्यक्ष प्राडा लालु प्रसाद पौडेलको चार वर्षे कार्य अवधि सकिनु अघि देखिनै तत्कालीन शिक्षा मन्त्री  एवं विश्वविद्यालयको सहकुलपतिको हैसियतले देवेन्द्र पौडेलले विश्वविद्यालयभित्रका राजनीति हटाउन आयोगको अध्यक्षको नियुक्तिकोलागि भिजनसहितको खुला दर्खास्त आवाहन गरेका थिए । त्यस बखत ३८ आवेदन परेको थियो । तीन सदस्सीय समितिले मापदन्डको आधारमा ३८ मध्ये तीन जनाको नाम छनौट गरी कुलपति समझ बुझाएको थियो। तर ती नामहरु भागबन्डामा नपरेकोले तत्कालीन प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाले नियुक्ति नगरेको मन्त्रालय स्रोतले नै बताएको छ।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस