वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु गएराती मध्यरातसम्म उपकुलपतिको कार्यालयमा थुनिएका छन ।
आन्दोलनरत शिक्षक, कर्मचारीहरुको मागबारे छलफल गर्न पदाधिकारीहरु उपकुलपति कार्यालयमा भेला भएपछि बाहिर निरन्तर धर्नाको कारण पदाधिकारीहरु गए मध्यराती साढे १२ बजेसम्म थुनिएका हुन्।
पदाधिकारीहरु शुक्रबार बिहान ९ बजेदेखि उपकुलपति कार्यकक्षमा मागबारे छलफल गर्न प्रवेश गरेका थिए। सोही बेलादेखि शिक्षक, कर्मचारीहरु कार्यकक्ष बाहिर धर्ना दिएर बसेका थिए।
मागबारे छलफल गर्न कायममुकाय उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा रेक्टर प्रा.डा.सञ्जिव शर्मा, रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौला र अस्पताल निर्देशक डा.जगत नारायण प्रसाद पुगेका थिए। छलफल पछि चारै जना पदाधिकारीहरुले राती संयुक्त अपिल जारी गरेपनि माग सम्बोधन नभएकोले आफुहरुले अस्वीकार गरेको डा. मधुर बस्नेतले बताए।
‘प्रक्रिया रोक्दा एकतर्फी निर्णय गरेर बन्द गर्ने, अनि अहिले अपिलमा चै प्रक्रिया शुरु गर्न पहल गर्ने भनेर मात्र हुन्छ ?’ अपिल अस्वीकार गर्नुको कारणबारे उनले भने, ‘हाम्रो माग भनेको कुन मितिबाट प्रक्रिया शुरु गर्ने हो, त्यो तोकेर आउनुपर्छ ।’
रजिष्ट्रार डा.संग्रौलाले चारै जना पदाधिकारीहरुले छलफल गरेर संयुक्त अपिल जारी गरेपनि आन्दोलनरत पक्षले स्वीकार नगरेको बताए । ‘हामी त बिहान ९ बजेदेखि नै छलफलमा बसेका थियौं । संयुक्त अपिल पनि जारी गरिसक्यौं, तर उहाँहरुले मान्नु भएन,’रजिष्ट्रार डा.संग्रौलाले भने,‘उहाँहरु बाहिर बसिरहनु भएकोले हामी पनि निस्केर जाने अवस्था भएन । एक किसिमले थुनिएकै जस्तो पनि भयो ।’
शुक्रबार राती उपकुलपति कार्यालयबाहिर धर्नामा शिक्षक, कर्मचारीहरु । तस्बिरः रोहित राईपदाधिकारीहरुबाट माग सम्बोधन हुने अवस्था नबनेपछि राती साढे १२ बजेतिर शिक्षक, कर्मचारीहरुले उपकुलपति भवन परिसरमा ११० औं वीपी जयन्तीको लागि तयार पारिएको झण्डोत्तलन गरेर धर्नाबाट फर्किएका थिए । उक्त झण्डोत्तलन कार्यक्रम आज (शनिबार) बिहान ८ बजे गर्ने तय भएको थियो । धर्नाबाट शिक्षक, कर्मचारीहरु हटेपछि मात्र पदाधिकारीहरु आवासतर्फ निस्कन पाएका थिए ।
पदाधिकारीहरुले जारी गरेको अपिलमा बढुवा प्रक्रियालाई निरन्तरताको लागि सरोकारवाला निकायमा सबै पदाधिकारीहरु तथा सरोकारवाला समेतको समुहिकरुपमा गएर सकरात्मक निकास दिने उल्लेख रहेको छ । यस्तै, शिक्षक तथा कर्मचारीहरुको तलब वृद्धिबारे विद्यमान परिस्थितिमा विगतको नजिर एवं संस्थाको निती नियमलाई मध्यनजर गरि पछि समायोजन गर्ने गरि हाल श्रेणीविहिन कर्मचारीहरुलाई मात्र २०८० साउनदेखि निर्वाह भत्तास्वरुप नियम अनुसार उपलब्ध गराउने पनि उल्लेख छ । साथै, आन्दोलनरत पक्षलाई आन्दोलनको कायृक्रमहरु फिर्ता लिन पनि अनुरोध गरिएको छ । यो अपिललाई आन्दोलनरत पक्षले भने स्वीकार गरेको छैन ।
शिक्षकहरुले उपकुलपति डा.कार्कीले स्थगन गरेको आन्तरिक पदोन्नती तथा बढुवा प्रक्रियालाई सुचारु गर्न माग गर्दे आन्दोलनमा उत्रिएको हो । कर्मचारीहरुले पनि वृद्धि भएको तलब र बढुवा प्रक्रियालाई सुचारु गर्न माग राख्दै दिएको अल्टिमेटम पुरा भएसँगै आनदोलनमा उत्रिएका छन् ।बषौंदेखि आन्तरिक पदोन्नती एवं बढुवा प्रक्रिया शुरु नहुँदा वृत्ति विकास हुन नपाएर पीडित बनेका शिक्षक, कर्मचारीहरु आन्दोलनमा छन् । कायममुकायम उपकुलपतिमा नियुक्त भएका प्रा.डा.प्रह्लाद कार्कीले बढुवा प्रक्रियालाई स्थगन गरेर लोकसेवा आयोगमा परामर्श माग्दै पत्राचार गरेपछि समस्या शुरु भएको थियो ।
लोकसेवाकै मौन सहमतिमा शुरु भएको बढुवा प्रक्रियामा उपकुलपतिले नै पत्राचार गरेपछि लोकसेवाले पनि नियमावली संशोधन गरेर सोही अनुसार प्रक्रिया गर्न निर्देशन दिएको थियो । लोकसेवाको यो निर्देशनपछि बढुवा प्रक्रियासँगै अन्र्तवार्ता लिइसकेकाहरुको पनि अन्योल सृर्जना भएको छ । शिक्षकहरुले बढुवा प्रक्रियालाई पुनः शुरुवात गर्न माग गर्दै पठनपाठन र परीक्षाका कार्यक्रमहरु बहिष्कार गरेको छ भने प्रत्येक दिन बिहान ८ देखि ९ बजेसम्म उपकुलपति कार्यालयमा धर्ना दिदै आएका छन् ।
उपकुलपति कार्यकक्षबाहिर गए राती धर्नामा बसेका शिक्षक, कर्मचारीहरु । तस्बिरः रोहित राई
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...