कृषि तथा वन विश्वविद्यालयको जग्गा अतिक्रमण तीव्र
१८ मंसिर २०८०
•
३ मिनेट पाठ
कृषि तथा वन विश्वविद्यालयको जग्गा अतिक्रमण तीव्र
कृषि तथा वन विश्वविद्यालयमा मुख्य दलको भागबन्डामा नियुक्ति पाएका पदाधिकारीहरूले विश्वविद्यालयको जग्गा आआफ्नो दलका सहयोगी संघसंस्थालाई बाँड्न थालेपछि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।




विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको जग्गा दलगका लागि विभिन्न संघसंस्थालाई दिने निर्णयप्रति आपत्ति जनाउँदै विश्वविद्यालय बचाउ अभियान नै थालनी गरी सम्पूर्ण शिक्षककर्मचारी धर्नामा बसेका छन्।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको ३३४ बिघा मध्य २९४ बिघा कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आउनु पर्ने हो। तर, २९४ बिघा मध्य १७० बिघा जति, पशु विज्ञान, तथा मत्स्य विज्ञान संकायतर्फ रहेको छ। सो १७० बिघा मध्य नेपाल टेलिकम, त्रिविको इन्जिनियरिङ कलेज, स्थानीयले निर्माण गरेको गुम्बा, शिवालय मन्दिर र बन्दै गरेको क्रिकेट रंगशाला आदिले करिब ८०/८५ बिघा ओगटेको सहप्राध्यापक हिमाल लुइँटेलले जनाए।

क्रिकेट रंगशालाले आधिकारिक रुपमा २० बिघा ६ कठ्ठा लिने भन्ने धुर्मुस सुन्तली फाउन्डेसनसंग सहमति भए पनि करिब ४४ बिघा हडपेको देखिन्छ। रंगशालाको मास्टर प्लानमा थप स्विमिंग पुल, फुटबल मैदान र पार्किंग पनि छ, यो सबै गर्दा पशु विज्ञान, तथा मत्स्य विज्ञान संकायतर्फ करिब ३५ बिघा बाँकी रहने देखिन्छ।

कृषि संकाय तर्फ भएको करिब १६४ बिघामा पुर्व तिर अलिकति बाटो निकालेको छ।

उनका अनुसार पूर्व उपकुलपति ईश्वरीप्रसाद ढकालले आफ्नो ३७ बर्से कार्यावधिभित्र ४ सय ८ कट्ठा जग्गा विभिन्न संघसंस्थालाई  दिए। ‘हामी प्राध्यापकहरूलाई कुनै जानकारी नै नदिई विभिन्न समयमा दलबाट नियुक्ति पाउने पदाधिकारीहरूले आफ्नो पालामा विश्वविद्यालयको जग्गा दललाई चढाएर पदमा टिकिरहे तर विश्वविद्यालय भने रित्तिँदै गयो,’ सहप्राध्यापक लुइँटेलले भने, ‘अब विश्वविद्यालयको सबै जग्गा रित्तिएर ७० बिघा मात्र बाकी छ। यो पनि हड्प्ने खेल हुँदै छ।’

उनले थपे, ‘त्यही भएर हामी विश्वविद्यालय बचाउ गर्न आन्दोलनमा छौं। उपकुलपति कार्यालयभित्र ७ वटा कक्षा सञ्चालन गरिरहेका छौं। पठनपाठन सञ्चालन पनि गर्दै छौं र आन्दोलन पनि जारी छ।’ मंसिर १४ गतेदेखि विश्वविद्यालयका शिक्षक–कर्मचारीले आन्दोलन गरिरहेका छन्।

नेपाल सरकारले बजेट वक्तव्यमार्फत कृषि र वन विज्ञान विश्वविद्यालय स्थापना गर्दै तत्कालीन अवस्थामा रहेको त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरको नाममा रहेको ३३४ बिघा जग्गा नयाँ बन्ने कृषि र वन विज्ञान विश्वविद्यालयको स्वामित्वमा रहने गरी निर्णय गरेको थियो।
कृषि र वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको जग्गा विवाद मिलाउन विश्वविद्यालय अनुदान आयोगबाट प्राध्यापक गीताभक्त जोशीको संयोजकत्वमा गठित उच्च स्तरीय विवाद समाधान कार्यदलले रामपुरमा त्रिविको आंगिक कलेजका रूपमा चितवन इन्जिनियरिङ कलेज स्थापना गर्दै ४० बिघा जग्गा अधिक्रमण गरेको विश्वविद्यालय बचाउ अभियानका संयोजक तथा विश्वविद्यालयका पाठ्यक्रम विकास निर्देशक सहप्राध्यापक डा. सुवीर सिंहले बताए।

‘हाल पशुविज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको जग्गामा समस्या देखिएको हो। जसअन्तर्गत दुईवटा विशिष्टीकृत विधाहरू-पशु चिकित्सा तथा पशुपालन कार्यक्रम र मत्स्य विज्ञान कार्यक्रमहरूको स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरू सञ्चालनमा रहेका छन्,’ निर्देशक सिंहले भने, ‘लगभग १७० बिघा जग्गामध्ये नेपाल टेलिकम, त्रिविको इन्जिनियरिङ कलेज, स्थानीयले निर्माण गरेको गुम्बा, शिवालय, विश्वविद्यालयको केन्द्रीय कार्यालयहरूले गरी लगभग ७० बिघा ओगटेको छ।

उनले थपे, ‘पशुविज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायअन्तर्गत शैक्षिक भवन, प्रयोगशाला भवन, भेटेरिनरी शिक्षण अस्पाल, पशु विकास फार्म, मत्स्य विकास फाम र पशु चरण क्षेत्र गरी लगभग १०० बिघा जग्गा रहेको छ। यी जग्गा पनि हाल पदाधिकारीहरूले आफ्ना दललाई बाँड्ने चलखेल सुरु गरेका छन्।’
५ वर्षअघि धुर्मुस-सुन्तली फाउन्डेसनले सोही विश्वविद्यालयअन्तर्गत रहेको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायकै पशुचरण क्षेत्र र मत्स्यविकास फार्म तर्फको जग्गा कब्जा गरी क्रिकेट रंगशाला बनाउन सुरु गर्‍यो। सुरुमा २० बिघा जग्गामा क्रिकेट रंगशाला बनाउने भनिए पनि हाल उक्त रंगशालाले लगभग ४० बिघाभन्दा बढी जग्गा अतिक्रमण गरेको देखिएको निर्देशक सिंहले जनाए।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस