निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन) ले कक्षा कोठाको सिकाई सुधारका साथै प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ।
शुक्रबार काठमाडौंमा आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा निजी र सार्वजनिक दुवै खाले स्कुलका प्राध्यापकहरूले कक्षाकोठाको सिकाइ प्रभावकारी बनाउन नसके शिक्षण सिकाई स्तरीय हुन नसक्नेमा जोड दिँदै नयाँ उपायहरूको खोजी गर्नुपर्नेमा जोड दिएका हुन्।
‘नेपाली शिक्षा अन्तर्राष्ट्रिय स्तरमा कसरी पुर्याउने र विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि कसरी ल्याउने र तिनका अभिभावकलाई समेत नेपालमा कसरी ल्याउने भन्ने प्याबसनको ध्येय छ ,’ अध्यक्ष डिके ढुङ्गानाले भने ‘सरकारले सरकारीसाथै निजी शिक्षालाई पनि अपनत्व लिएर देशलाई नै शैक्षिक हब बनाउने तर्फ लाग्नु पर्छ।’
सम्मेलनका संयोजक मेदिनी लामिछानेले कक्षाकोठाको सिकाइलाई सबल बनाउन विद्यालयहरूलाई पूर्णरूपमा परिवर्तनको खाँचो रहेको बताए।
‘स्कुलमा नेतृत्व विकासमा काम गर्दा धेरै चुनौती थपिन्छ। तर स्कुलको प्राध्यापकको नेतृत्व अब्बल छन् भने बालबालिकाको अन्तर निहित क्षमता पहिचान गरी सिकाइको स्तरमा सुधार हुन्छ,’ उनले भने।
शिक्षा सचिव सुरेश अधिकारीले विश्वविद्यालयहरू बढ्दै गए पनि विद्यार्थी घट्दै गएको बताए। ‘अभिभावकले पनि आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्न पढाउने होइन पठाउने तर्फ केन्द्रित भइरहनु भएको छ,’ उनले थपे।
कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विद्यालय शिक्षा विधेयकमा सुधार गरी सांसदबाट पास गर्ने प्रयास भइरहेको बताए।
निजी विद्यालयलाई पाँच वर्षभित्र सार्वजनिक शैक्षिक गुठीमा लैजाने प्रावधान कानून मन्त्रालयले हटाए पनि फेरि घुमाएर हालिएको तर्क गर्दै उनले भने, ‘एक दिन नेपाल ब्रेन ड्रेनको मुलुक पो बन्ने हो कि भन्ने चिन्ता छ।’
गलत शिक्षा नीतिकै कारण विद्यार्थी बिदेसिन बाध्य भएको बताउँदै उनले भने, ‘स्वदेशमा प्राविधिक तर्फका स्वास्थ्य शिक्षालयहरू खोल्न बन्देज गरेर सीमापारि खोल्न प्रोत्साहन गर्ने शिक्षा नीतिले पनि विद्यार्थी बिदेसिएका हुन्।’
दुई दिनसम्म चल्ने सम्मेलनमा ३५ सार्वजनिक विद्यालयको प्राध्यापकहरूको सहभागिता रहेको उक्त सम्मेलनमा १७ वटा सेसन छन्।