दैलेखको आठबिस नगरपालिका ७ स्थित श्री झाउरे पीपल आधारभूत विद्यालयले विद्यार्थीबाट परीक्षा शुल्क उठाउने निर्णय गरेको छ। २०८० फागुन १० गते प्रधानाध्यापक लक्ष्मी शाहीको अध्यक्षतामा बसेको शिक्षक बैठकले परीक्षा शुल्क लिने निर्णय गरेको हो।
प्रधानाध्यापकसहित शिक्षकहरुले आफूखुसी परीक्षा शुल्क तोकेका हुन्। शुल्क लिने निर्णय भएपछि अभिभावकले विरोध गरेका छन्।
निर्णयअनुसार कक्षा ४ बाट ५० रुपैयाँ, कक्षा ५ बाट ८०, कक्षा ६ बाट ९०, कक्षा ७ बाट १ सय र कक्षा ८ बाट ११ सय रुपैयाँ प्रति विद्यार्थी शुल्क लिने निर्णय भएको छ, तर विद्यार्थी शुल्क तिर्न नसक्ने अवस्थामा छन्। निःशुल्क शिक्षा भने पनि विद्यालयबाट विभिन्न नाममा शुल्क उठाइने गरिएको गुनासो पनि आउन थालेको छ।
नगरस्तरीय कक्षा ८ को परीक्षामा सहभागी विद्यार्थीबाट १ हजार १ सय रकम उठाइएको गुनासो अभिभावकले गरेका छन्, तर नगरपालिका शिक्षा शाखा प्रमुख प्रेम खनालले विद्यालयले विद्यार्थीबाट पैसा लिन नमिल्ने बताए।
विद्यार्थीबाट शुल्क लिने गरेको विषयमा आफूलाई थाहा नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीले बताए।
कक्षा ४ देखि ८ सम्मका विद्यार्थीसँग न्यूनतम शुल्क लिने गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी शाहीले बताइन्। विद्यालयको आयस्रोत नहुँदा विद्यार्थीबाट परीक्षाका लागि पेपर किन्न सामान्य शुल्क लिने निर्णय भएको शाहीको भनाइ छ।