विद्यालयमा विद्यार्थीलाई कपाल काट्ने सीप सिकाइँदै
२८ जेष्ठ २०८१
•
२ मिनेट पाठ
विद्यालयमा विद्यार्थीलाई कपाल काट्ने सीप सिकाइँदै
स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ।




व्यवहारिक सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए। जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ।

विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो। ‘विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ’, प्रअ पराजुलीले भने, ‘आज सिकेको सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।’

भविष्यमा स्वदेशमै व्यावसायिक रुपमा आफूले जानेको सीपको प्रयोगमार्फत आम्दानीसित जोडिनका लागि सहयोग पुग्ने दाबी उनको छ। वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाँदा राम्रो हुने भएकाले प्राविधिक ज्ञान सीप विद्यार्थीलाई दिन थालिएको उनले बताए।

‘विद्यालयले व्यवहारिक ज्ञान सीप बाँड्ने अभियानमार्फत पहिलोपटक कपाल काट्ने सीप सिकाउन सुरु गरेको हो’, उनले भने, ‘आगामी दिनमा विद्यार्थीको रुचि अनुसारका तालिम सञ्चालन गर्दै अगाडि बढ्छौँ।’

विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक कार्ययोजनाअन्तर्गत छात्रछात्रा लक्षित कपाल काट्ने सीप सिकाइएको हो।

प्राविधिक ज्ञान सीप भएको मानिस बेरोजगार बस्न नपर्ने भएकाले यसको महत्व उच्च रहेको प्रशिक्षक सुनबहादुर घर्तीले बताए। विद्यालय परिसरभित्रै प्रशिक्षक घर्तीले विद्यार्थीलाई आलोपालो रुपमा कपाल काट्न सिकाउँदै आएका छन्।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै जाँदा भुम्रे माविले प्रयोगात्मक विधिमार्फत विद्यार्थी आकर्षण गरेको हो। विद्यालयले सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान सँगसँगै अगाडि बढाएको हो।-रासस
अर्को समाचार
व्यवहारिक ज्ञान र सीप बढाउन विद्यार्थीको खाना महोत्सव
०२ फागुन २०८१
•
२ मिनेट पाठ
व्यवहारिक ज्ञान र सीप बढाउन विद्यार्थीको खाना महोत्सव
तौलिहवास्थित सिद्धार्थ विद्यामन्दिर बोर्डिङ स्कुलमा विद्यार्थीहरूले पढाईसँगै व्यवहारिक ज्ञान र सीप बढाउन शुक्रवार खाना महोत्सव गरेका छन्। शुक्रबार पढ्न लेख्न र खेलेर रमाउने उनीहरूले विद्यालयमा खानाका बिभिन्न परिकार बनाई महोत्सव गरेका हुन। विद्यालयमा यस्तो खाना महोत्सव गरेको तेश्रो हो । महोत्सव अन्तर्गत बोर्डिङमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूले खानाको विभिन्न परिकार बनाई प्रर्दशनी गरेका हुन। 




महोत्सवमा ८ समुहले बिभिन्न खानाका परिकार  बनाई प्रर्दशनी समेत गरेका थिए। बोर्डिङ स्कुलका प्राचार्य विकास अर्यालले विद्यार्थीहरूलाई सीप, सामूहिकता र व्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताए। उनले घरमा आफ्ना आमा बुवालाई समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भूमिका खेल्ने बताए। पढाइसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खाना महोत्सव गरिएको विद्यालयका सञ्चालक तुलसा गैरले बताइन।

८ समुहले हिमाल पहाड र तराईका बिभिन्न परिकारहरू बनाएका थिए। मुस्लिमको सेवाई, थारूको ढेकरी, फारा, नेवारको चुकौनी र योमरी, तराईको छोले भटुरे, रिकजच, पहाडको कोदो रोटी लगायतका परिकार विद्यार्थीहरूले पकाएका थिए। पुलाउ, पनिरको तरकारी , पुडी ,सलाद, भात, लालमन लगायतका परिकारहरू पकाएर प्रर्दशन गरेका थिए। 

उनीहरूले आवश्यक पर्ने भाडा कुडा, सामाग्रीहरू समेत आफै व्यवस्थापन गरेका थिए। समुह मिलेर बिभिन्न परिकारहरू पकाएर अतिथि, विद्यालयका शिक्षकहरूलाई परिकारका स्वाद समेत चखाए। पाहुनाहरूले खाएपछि आफूले समेत खाएका थिए। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रममा सहभागी हुन पाउँदा विद्यार्थीहरू निकै खुशी देखिन्थे। 

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, बरिष्ठ साहित्यकार हरिराज शर्मा, पार्वती शर्मा, टीकारमा अर्याल लगायतको सहभागिता थियो। टोलीले विद्यार्थीहरूले बनाएका खानाका परिकारहरू अवलोकन परिकारको स्वाद लिएका थिए। मेयर पौडेलले विद्यार्थीहरूको यो प्रयास अति राम्रो रहेको बताए। 

‘विद्यार्थीहरूले सबै परिकारहरू मीठो बनाएका छन्, खादा आनन्द आयो’ उनले भने। सबै विद्यालयहरूको यस्ता रचनात्मक र व्यवहारिक कुरा विद्यार्थीहरूलाई सिकाउनु पर्नेमा उनको जोड रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत पौडेलले विद्यार्थीहरूको बनाएको खाना निकै स्वादिलो रहेको बताए। उनले हिमाल पहाड र तराईका परिकारहरूको स्वाद लिन पाउँदा आनन्दित भएको प्रतिकृया दिए। विजयी हुने टोलीलाई विद्यालयले वार्षिक उत्सवमा पुरस्कृत समेत गर्नेछ। विजेता घोषित गर्न विद्यालयले मूल्याङ्कन समिति समेत बनाएको छ।

पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस