पिपल्स डेन्टल कलेजको बदमासी, अतिरिक्त शुल्क नदिँदा विद्यार्थीको शैक्षिक काजगाज कब्जामा
०५ असार २०८१
•
६ मिनेट पाठ
पिपल्स डेन्टल कलेजको बदमासी, अतिरिक्त शुल्क नदिँदा विद्यार्थीको शैक्षिक काजगाज कब्जामा
काठमाडौँको सोह्रखुट्टेमा रहेको पिपल्स डेन्टल कलेजले माग गरेको अतिरिक्त शुल्क विद्यार्थीले दिन नमान्दा कलेजले विद्यार्थीको शैक्षिक काजगाज कब्जामा लिएको छ। यसले कलेजबाट डेन्टलमा एमडीएस उत्तीर्ण १५ विद्यार्थीको भविष्य अन्योलमा परेको छ। 




तीन वर्षअघि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरी एमडीएसमा भर्ना भएका विद्यार्थीहरूले आ–आफ्नो विषयमा विशेषज्ञता हासिल गरेपनि कलेजले माग गरे अनुसारको थप शुल्क नतिर्ने १५ विद्यार्थीको कलेजले शैक्षिक योग्यताको प्रमाणपत्र नै रोकिदिएको छ। यस कारण विद्यार्थीले हासिल गरेको विशेषज्ञता अनुसार काम गर्न पाएका छैनन्।

तीन वर्षे कोर्षका लागि आयोगले तोकेअनुसार विद्यार्थीले भर्ना, शिक्षण, ल्याब, पुस्तकालयलगायत बापत २२ लाख ९९ हजार शुल्क पहिले नै तिरिसकेका छन्। अब विद्यार्थीले आफ्नो अन्तिम परीक्षा पास गरी काम गर्न शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेसन कार्ड र ट्रान्सक्रिप्ट माग गर्दा कलेजले थप शुल्क नदिए यी प्रमाणपत्रहरू नदिने भन्दै विद्यार्थीलाई मानसिक तनाव दिएको डा.अनुह गौतमले बताए।

गौतम पिपल्स डेन्टल कलेजमा तीन वर्ष चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पास भएर अर्थोडेन्टीकमा एमडीएस अध्ययनका लागि भर्ना भएका थिए। उनले भर्ना हुँदा एक तिराई शुल्क बुझाएका थिए भने तीन वर्षभित्र सम्पूर्ण शुल्क बुझाइसकेका छन्। अयोगले एमडीएसका लागि २२ लाख ९९ हजार शुल्क तोकेको छ। तीन वर्षभित्र सबै शुल्क बुझाएर अन्तिम परीक्षा पास भए पनि आफ्नो शैक्षिक प्रमाणपत्र कलेजले कब्जामा राखेकोले उनी नेपाल मेडिकल काउन्सिलले तोकेको साउन १६ गते सञ्चालन हुने लाइसेन्स परीक्षामा समेत सहभागी हुनबाट बन्चित भएका छन्।

अनुह मात्र होइन उनका ब्याचमा १५ विद्यार्थीले डेन्टलका विभिन्न विषयमा विशेषज्ञता हासिल गरे पनि योग्यताको शैक्षिक प्रमाणपत्र कलेजले आफ्नो कब्जामा राखेकोले आफुले हासिल गरेको विशेषज्ञता अनुसार सेवा गर्न नपाएपछि १५ पीडित विद्यार्थीहरू अयोग, त्रिवि, शिक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा समेत कलेजको बदमासीविरुद्धमा उजुरी दर्ता गराएको अर्का विद्यार्थी डा.रक्षा श्रेष्ठले बताइन्।

अनुह र रक्षा मात्र होइन कलेजले डेढ लाखदेखि ५ लाखसम्म विभिन्न शीर्षकहरू खडा गरी थप शुल्क माग गरेपछि असहमति जनाएका डा.आलाया शर्मा, डा.अनुशा थापा, डा.अस्मिता बुढाथोकी, डा.बिना श्रेष्ठ, डा.माहालक्ष्मी साह कलवार, डा.मोलिका रिमाल, डा.नमिता अधिकारी, डा.नमिता विष्ट, डा.निमा मोक्तान, डा.निमिशा अधिकारी, डा.पिंकी शर्मा, डा.रक्षा श्रेष्ठ, डा.,सिता सापकोटा, डा.श्रेया देवकोटा र डा.सुजाता रानाको भविष्य अन्योल बनेको छ।

हुन त कलेजले यी विद्यार्थीलाई अन्तिम परीक्षाको सुरुवात देखिनै विभिन्न समयमा अतिरिक्त शुल्क नदिए प्रवेश परीक्षामा सहभागिता हुन  नदिने र परीक्षा रोकी दिने धम्की पनि नदिएको होइन। तर विद्यार्थीहरू यस विरुद्ध आवाज उठाउँदै आएपछि परीक्षा दिन पाएको डा.अनुहले जनाए। अन्तिम परीक्षाको केही साता अघिदेखि विद्यार्थीसँग अतिरिक्त शुल्क डेढ लाख देखि ५ लाख सम्म कलेजले माग गरेको र विद्यार्थीले दिन नमानेपछि प्रवेश पत्र समेत रोकेर विद्यार्थीलाई मानसिक तनाव दिएको पीडित विद्यार्थीले बताएका छन्।

डा.अनुह गौतमका अनुसार तीन वर्षे एमडीएसको अन्तिम परीक्षा बैशाख १२ गतेदेखि सुरु थियो। तर कलेजले परीक्षा अगावै विद्यार्थीसँग परीक्षा शुल्क भन्ने शीर्षकमा डेढ लाख माग गरेको उनले बताए । तर उनले आफ्नो तीन वर्षे अध्ययनकै क्रममा सम्पूर्ण भुक्तानी कलेजलाई गरेकोले आफू तिर्न नमानेको बताए।

‘हामी १५ जना आयोगको प्रवेश परीक्षा पास भएर पिपल्स डेन्टल कलेजमा स्नातकोत्तर तहमा डेन्टल का विभिन्न विद्यामा विशेषज्ञता हासिल गर्‍यौँ’ डा.गौतमले नागरिकसँग भने, ‘भर्ना हुँदादेखि अन्तिम वर्ष भित्रनै कलेजलाई हामीले एक/एक तिराई गरी किस्तामा आयोगले तोकेको सम्पूर्ण शिक्षण शुल्क तिरिसकेका छौँ। तर पनि कलेजले परीक्षाको एक साता अगाडि थप डेढ लाख रकम माग गरेपछि हामी आश्चर्यमा पर्यौं। अनावश्यक रकम दिन हामी तयार नभएपछि हामीसँग परीक्षा उपरान्त विद्यार्थी, अयोग र त्रिवि र कलेजबिच  छलफल गरी शुल्क तिर्नु पर्ने कागजातमा कलेजले हामीसँग हस्ताक्षर गरायो।’

उनले परीक्षा बखतको पिडा पोखे, ‘परीक्षाको दुई दिनअघि मात्र हामीलाई प्रवेश पत्र दिइयो। एकारित परीक्षाको तयारी अर्को तर्फ परीक्षाको मुखमै हामीसँग कलेजले ब्याल्कमेलीङ गर्न थाल्यो। थप मानसिक तनाव दियो। अन्तिम क्षणमा हामी पीडित विद्यार्थी आयोग र त्रिभुवन विश्वविद्यालयको पदाधिकारीलाई गुहारेर प्रवेश पत्र पयौं।’ स्नातकोत्तर तहमा अर्थो डेन्टिकमा विशेषज्ञता हासिल गरे सेवा दिन नपाएकोमा उनको गुनासो छ।

डा. रक्षा श्रेष्ठले आफुहरु स्नातकोत्तर तह उत्तीर्ण गरे पनि कलेजले अहिले आएर विभिन्न शीर्षक खडा गरेर अतिरिक्त रकम तिर्न दबाब दिँदै आएको गुनासो गरिन्। ‘परीक्षा शुल्क शीर्षकमा शुल्क लिन नपाएपछि कलेजले पछिल्लो समय हामीले अध्ययनको क्रममा बिरामी उपचार गर्दा प्रयोग गरेको समानहरूको शीर्षकमा शुल्क तोकेर थप रकम असुली गर्न खोजेको छ,’ डा. रक्षाले नागरिकसँग भनिन्, ‘साउन १६ र १७ गते लाइसेन्सको परीक्षा छ। हाम्रो शैक्षिक प्रमाणपत्रहरू कलेजको कब्जामा छ। हाम्रो भविष्य नै अन्योल बनेको छ। विशेषज्ञता हासिल गरेर पनि घरमै बस्नु पर्ने अवस्था छ।’

यसअघि कलेजले त्रिवि रजिस्ट्रेसन बापतको शुल्क २० हजार माग गरेको तर त्रिविमा बुझ्दा हजार मात्र शुल्क रहेको पाइएको भनेपछि बल्ल कलेजले १५ सयमा रजिस्ट्रेसन गर्न तयार भएको दुखेसो विद्यार्थीले सुनाए। 

पीडित विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडाैँमा आफुहरु विशेषज्ञता हासिल गरेर पनि घर बस्ने अवस्था भएको र कलेजले मानसिक तनाव दिएको भन्दै शैक्षिक योग्यताको काजगाजहरु उपलब्ध गराइन दिन भन्दै उजुरी दिएका छन्।

चिकित्सा शिक्षा आयोगका उपाध्याक्ष प्राडा अन्जनी कुमार झाले पिपल्स डेन्टल कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क माग गरी मानसिक तनाव दिएको विद्यार्थीको गुनासो आएपछि कलेजको बदमासी बारे आयोगले सोधी खोजी गरी कलेजसँग छलफल गरेको जनाए। उपाध्यक्ष झाले आयोगले कलेजका सिइओ भिमबहादुर चन्दलाई सोमबार बिहान ११ बजे आयोगमा बोलाई अब उपरान्त कलेजमा भर्ना हुने कुनै पनि तहको कुनै पनि विद्यार्थीसँग अतिरिक्त शुल्क लिए कानुन अनुसार कारबाहीको प्रकृया अघि बढाउने चेतावनी दिएको जनाए।

‘आयोगमा कलेज विरुद्ध विद्यार्थीको उजुरी परेपछि मैले आफैले कलेजका सिइओ भिमबहादुर चन्दलाई सोमबारै आयोगमा बोलाएर आयोगले तोकेको सबै शुल्क विद्यार्थीले बुझाई सकेको अवस्थामा कुनै पनि अतिरिक्त शुल्क माग्नु गैर कानूनी भएकोले कारबाही हुने चेतावनी दिए,’ उपाध्यक्ष  झाले नागरिकसँग भने,‘आयोगले तोकेको २२ लाख ९९ हजारमा सबै किसिमको शुल्क समावेश हुन्छ। यस कारण कुनै पनि कलेजले विद्यार्थीसँग विभिन्न बहानामा शुल्क असुली गरे कानूनी कारबाहीको प्रकृया अघि बढ्छ।’ उनले थपे,‘आयोगमा डाकिएका कलेजका सिइओ चन्दले विद्यार्थीको सबै कागजात फिर्ता गर्ने र कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाएर जानु भएको छ। विद्यार्थीले आफ्नो सबै कागजात पाउँछन्।’

कलेजका सिइओ भिमबहादुर चन्दले आयोगमा छलफल भए अनुसार विद्यार्थीको समस्या छिटै समाधान हुने बताए। ‘मैले विद्यार्थीलाई कलेजमा बोलाएको छु,’ आयोगको छलफलपछि सिइओ चन्दले नागरिकसँग भने,‘सबै समस्या समाधान हुन्छ।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस