संस्थागत विद्यालयहरूले नयाँ कार्यविधि अनुसार छात्रवृत्ति दिन नमानेपछि जनकपुरधाम उपमहानगरपालिकाका करिब ३५ हजार विद्यार्थीहरू घरमै थुनिएका छन्।
जनकपुरधाम उपमहानगरपालिका भित्र सञ्चालित करिब १५० संस्थागत विद्यालयहरूले प्ले ग्रुपदेखि कक्षा १२ सम्मका पठनपाठन बन्द गरेपछि विद्यार्थीहरू घरमै थुनिएका हुन्।
जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरूलाई निःशुल्क पढाउन र छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूबाट विभिन्न बहानामा असुल गरेको रुपैयाँ फिर्ता गर्न पत्राचार गरेपछि संस्थागत विद्यालयका छाता सङ्गठनहरूले गत सोमवारदेखि अनिश्चित कालका लागि विद्यालय बन्द गरेका छन्।
नेपाल विद्यार्थी सङ्घले चलाएको मेरो शिक्षा मेरो प्रश्न अभियान अन्तर्गत नेविसंघले जनकपुरधाम उपमहानगरपालिका भित्र सञ्चालित विद्यालयहरूमा गएर छात्रवृत्तिमा पढाइरहेको विद्यार्थीको तथ्याङ्क मागेको थियो। तर, यहाँका निजी विद्यालयहरूले कति जना विद्यार्थीहरूलाई छात्रवृत्तिमा पढाइरहेको छ त्यसको विवरण उपलब्ध गराउन नमानेपछि नेविसंघ आन्दोलनमा उत्रेका थिए।
छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरूबाट मोडल मल्टिपल कलेज, मिट क्याम्पस,राजर्षि जनक क्याम्पस लगायतका निजी विद्यालयहरूले विभिन्न शुल्कको नाममा रुपैयाँ असुल गरेको पाइएपछि नेविसंघले आन्दोलनको घोषणा गरेको थियो।
आन्दोलन जारी राख्दै नेविसंघले विभिन्न माग राखी जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज कुमार साह समक्ष ज्ञापन पत्र समेत बुझाएको थियो। त्यसपछि उपमहानगरपालिकाले विद्यार्थीहरूलाई वार्तामा बोलाएको थियो । गत कार्तिक १४ गते उपमहानगरपालिका प्रमुख मनोज कुमार साह र आन्दोलनरत विद्यार्थीको तर्फबाट नेविसंघका धनुषा जिल्ला सभापति सुजित कुमार यादवबीच दुई बुँदे सम्झौता गरेको थियो।
सम्झौताको पहिलो बुँदामा शैक्षिक सत्र २०८०/८१ र २०८१/८२ मा कक्षा ११ र १२ मा छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीहरूलाई अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ को दफा २७ को उपदफा ३ र नियमावली २०७७ को नियम ८ बमोजिम राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन शुल्क,परीक्षा शुल्क बाहेक लिएको अन्य शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गराउन निजी विद्यालयहरूमा परिपत्र गर्ने सहमति गरेका थिए।
दोस्रो बुँदामा भर्ना विद्यालयमा एक पटक मात्र विद्यार्थीसँग भर्ना शुल्क लिने कानुनी प्रावधान अनुसार हुने तथा पुनः दोस्रो पटक भर्ना शुल्क लिएको भए फिर्ता गराउने उपमहानगरपालिकाले नेविसंघसँग सम्झौता गरेपछि विद्यार्थीले आन्दोलन स्थगित गरेका थिए।
यता संस्थागत विद्यालयहरूले जनकपुरधाम उपमहानगरपालिका र नेविसंघबीच भएको सम्झौता अनुसार पढाउन नसकिने भन्दै निजी विद्यालय सञ्चालकहरूले गत कार्तिक २९ गते उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए। तर, आफूहरूले राखेको मागप्रति उपमहानगरपालिकाले चासो नलिएको भन्दै संस्थागत विद्यालयको छाता संगठन हिसान, प्याबसन र एन–प्याबसनमा आबद्ध सम्पूर्ण विद्यालयहरू मंसिर ३ गतेदेखि अनिश्चित कालका लागि बन्दको घोषणा गरी पठनपाठन बन्द गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न मितिमा फरक–फरक निर्णय गरिरहेका कारण आफूहरूलाई ती निर्णय मान्य नहुने हिसान धनुषाका अध्यक्ष संजीव ठाकुर बताउँछन्। उनले भने नगरप्रमुखले मनपरी ढंगले निर्णय गर्दा यहाँका निजी विद्यालयहरू मर्कामा परेका छन्।
छात्रवृत्ति वितरण कार्यविधि–२०७४ मा मासिक, नामाङ्कन र आन्तरिक परीक्षा शुल्क नलिने भनिएको छु, हिसानका अध्यक्ष ठाकुरले भने हामीले छात्रवृत्तिका विद्यार्थीसँग वार्षिक शुल्क, ल्याब, लाइब्रेरी र रजिष्ट्रेशन लिइरहेका छौँ।
जनकपुरधाम उपमहानगरपालिकाले निजी शैक्षिक संस्थालाई कक्षा ११ र १२ मा कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्तिमा पढाउन सिफारिस गरेको छ।त्यसमा गरिब, जेहेन्दार, सहिद परिवार र सीमान्तकृत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउन भनिएको छ।
संस्थागत विद्यालय सञ्चालकहरूले उपमहानगरले सङ्घीय सरकारले बनाएको छात्रवृत्ति वितरण कार्यविधि–२०७४ अनुसार नै परिपत्र गरेको र सोही अनुसार आफूहरू छात्रवृत्ति दिइरहेको गरेको दाबी प्रति नेविसंघ धनुषाका सभापति सुजित यादव असहमति जनाउँछन्।
उनले भने, ऐन कानुन परिवर्तन भइरहन्छ, छात्रवृत्ति सम्बन्धी नयाँ कानुन आइसकेपछि पुरानो कानुन स्वतः खारेज हुन्छ । हामीले पुरानो कार्यविधि अनुसार छात्रवृत्ति दिइरहेका छौँ । नयाँ कार्यविधि मान्दैनौँ भन्ने छुट छैन् ।ु उनी भन्छन्, हामी–७२ सालमा जारी भएको संविधान अनुसार चल्ने हो अब कसैले मैलै यो संविधानलाई मान्दैनौँ हामी–०४७ को संविधान मान्छौँ त्यो हुँदैन । नेपालको कानुनले सबै विद्यालयलाई स्थानीय सरकारका मातहत राखेका छन् स्थानीय सरकारले गरेको निर्णय मान्दैनौँ भन्न मिल्छ ?
संस्थागत विद्यालयले पठनपाठन बन्द गरेको विरुद्धमा नेविसंघ पुनः आन्दोलित
विगत पाँच दिनदेखि संस्थागत विद्यालयहरूले नर्सरीदेखि कक्षा १२ सम्मका पठनपाठन गरेको विरुद्धमा नेविसंघ पुनः आन्दोलनमा उत्रेको छ । विद्यालय सुचारु गर्नका लागि नेविसंघले जनकपुरधाम उपमहानगरपालिका अगाडी धर्ना दिएका छन् ।
कक्षा ११ र १२ का विद्यार्थीहरूको छात्रवृत्ति सम्बन्धी विवादमा शिशु कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरूको पठनपाठन बन्द गरेर संस्थागत विद्यालयहरूले ज्यादती गरेको विद्यार्थी नेता अजय यादवको बुझाइ छ।
संगठनको नाममा कानुन मान्दैन, विद्यार्थीलाई लुट्न पाइँदैन विद्यार्थी नेता यादवले भने, संस्थागत विद्यालयहरूले पाँच दिनदेखि विद्यालय बन्द गरेर यहाँ अध्ययनरत झन्डै ३५ हजारभन्दा बढी विद्यार्थीहरूलाई घरमा थुनेर राखेर उनीहरूको भविष्यमाथि खेलबाड गरिरहेको छ।जुन हामीलाई सह्य छैन। निजी विद्यालय सञ्चालकहरूले आईतवारदेखि विद्यालय सुचारु नगरे चरणबद्ध आन्दोलनमा उत्रने उनले चेतावनी समेत दिए।