विश्वविद्यालय भनेको नितान्त प्राज्ञिक र स्वायत्त थलो हो। विश्वविद्यालयको उपकुलपति भनेको मर्यादित पद हो। यहाँ प्राज्ञिकले निर्बाध रूपमा अध्ययन अनुसन्धानको काम गर्छन्। कुनै राजनीतिक हस्तक्षेपबेगर विश्वविद्यालयका पदाधिकारीले काम गर्न पाउनुपर्ने स्थल हो।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गत शुक्रबार तीनवटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराए। विश्वविद्यालयप्रति जवाफदेही र थप जिम्मेवार बनाउने उद्देश्यसहित प्रधानमन्त्री ओलीले कुलपतिको हैसियतले नवनियुक्त उपकुलपतिलाई शपथसम्बन्धी ऐन २०७९ अनुसार शपथ गराएको जनाइएको छ।
तर प्रधानमन्त्रीले उपकुलपतिलाई शपथ गराउने विषय यो संसारको इतिहासमै नौलो बनेको शिक्षाविद् एवं त्रिविका पूर्वउपुकलपति केदारभक्त माथेमाको ठहर छ। गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिमा प्राध्यापक डा. शारदा थपलिया नियुक्त गरी पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।
यसअघि उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेको आधारमै कुलपतिले उपकुलपति नियुक्त गर्ने र उपकुलपतिले यसको जानकारी सहकुलपति एवं शिक्षा मन्त्रीलाई दिने गर्थे। विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्दा मापदण्ड र दलीयकरण नगर्ने भन्दै प्रत्येक विश्वविद्यालयले मापदण्ड बनाएर सोही आधारमा नियुक्तिका लागि छनोट र सिफारिस गर्ने आधार तय गरेपछि नियुक्ति गर्दा उही भागबन्डामै हुने गरेको स्पष्ट नै छ।
यसअघि पनि त्रिभुवन विश्वविद्यालयमा सिफारिस भएका एक नम्बरलाई फालेर दुई नम्बरका लागि उपकुलपति नियुक्तिले सरकारी कदमको चौतर्फी विरोध गरेको थियो। हाल पनि शपथ ग्रहणको कदमले चौतर्फी विरोध भइरहेको छ। अहिले पनि मापदण्डको आधारमा नियुक्ति गरिएको भनिए पनि संस्कृत विश्वविद्यालयमा कांग्रेसनिकट र कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयमा एमालेनिकट उपकुलपति नियुक्त भएका छन्।
विश्वविद्यालयलाई सकेसम्म सरकारी छायाबाट टाढा राख्नुपर्नेमा अब प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएर उपकुलपतिलाई शपथग्रहण गराएर विश्वविद्यालयलाई सरकारको नजिक बनाइएको शिक्षाविद् माथेमाको ठहर छ। ‘संसारको अभ्यास हेर्ने हो भने कहीँकतै पनि सरकारले उपकुलपतिलाई शपथग्रहण गराएको पाइँदैन।
सरकारमा राजनीति र भागबन्डा हुन्छ। तर त्यसको असर विश्वविद्यालयमा पर्नुहुँदैन,’ शिक्षाविद् माथेमाले भने, ‘म राजाको पालामा त्रिविको उपकुलपति भएको हुँ। त्यसबखत पनि कहीँकतै शपथ खाएको छैन। मैले निर्बाध रूपमा त्रिवि चलाएँ। विश्वविद्यालय स्वायत्त भएकाले स्वायत्त रूपमै चल्न दिनुपर्छ। सिंहदरबारको नजिक राख्नुहुँदैन। बरु राज्यले विश्वविद्यालय चलाउन स्रोत जुटाइदिने हो र देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न लगाउने हो।’
उनले पछिलो समय प्रधानमन्त्री कुलपति हुने तर विश्वविद्यालयमा पुग्न नसकेको कारण उच्च शिक्षा कमजोर हुँदै गएको औंल्याए। ‘सिंहदरबार र बालुवाटारबाट विश्वविद्यालय चलाएर उच्च शिक्षाको विकास कहिल्यै हुँदैन,’ माथेमाले सचेत गराए, ‘सार्वजनिक पदधारण गर्नेहरूलाई शपथग्रहण गराए पनि विश्वविद्यालयको उपकुलपतिको मर्यादा बेग्लै हुन्छ। स्वायत्त संस्थालाई स्वायत्त छाडे मात्र स्वतन्त्र रूपमा चल्छ।’
कृषि तथा वन विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डा. शारदा थपलियाले भने कुलपतिले विश्वविद्यालयका उपकुलपतिहरूलाई थप जिम्मेवार र विश्वविद्यालयप्रति जवाफदेही बनाउन शपथग्रहण गराएको बताइन्। हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक पद धारण गर्नेहरूको शपथग्रहण गराउन शपथग्रहणसम्बन्धी ऐन २०७९ बनाएको छ। पुस ७ गते तीनवटै विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई यही ऐनअनुसार प्रधानमन्त्रीले शपथग्रहण गराएको उनले जनाइन्।
‘हामी सार्वजनिक पद धारण गर्नेले जिम्मेवारीमा हुँदा र जिम्मेवारीबाट अलग हुँदा आफ्नो पद तथा गोपनीयता कायम गर्नुपर्छ भनेरै प्रधानमन्त्रीलेले कुलपतिको हैसियतले शपथग्रहण गराउनुभएको हो,’ उपकुलपति थपलियाले नागरिकसँग भनिन्, ‘पदीय जिम्मेवारीको बोध गराउनु मलाई त राम्रै काम हो जस्तो लागेको छ। नेपालमा नौलो अभ्यास हो। तर कुलपतिले कानुनको कार्यान्वयन गराउनुभएको हो।’
अर्का शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले भने सरकार प्रमुखको हैसियतले प्रधानमन्त्रीले मन्त्री, न्यायाधीश तथा विभिन्न सार्वजनिक निकायका प्रमुख नियुक्ति गर्दा पनि पद तथा गोपनीयताको शपथग्रहण गराएकै भए पनि सवाल भनेको सही काम भएको छ कि छैन भन्ने रहेको बताए। ‘प्रधानमन्त्रीको हैसियतले सरकार प्रमुखले मन्त्री, न्यायाधीशलगायतलाई शपथग्रहण गराएकै हुन्। तर तिनीहरू कति इमानदार छन्, सवाल त्यहाँँ उठ्छ,’ शिक्षाविद् कोइरालाले भने, ‘विश्वविद्यालयमा राजनीतिक दबाब कुनै नौलो होइन तर कुरा रह्यो उपकुलपति मर्यादित पद भएकाले दलभन्दा माथि हुनुपर्छ।’