ताप्लेजुङ शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि सिफारिस भएर आएका १ सय ४ जनालाई स्थानीय तह छनौट गर्न ७ दिनको म्याद दिएको छ। इकाई प्रमुख युगमणि सवेहाङका अनुसार चैत १ गतेका मितिले ७ दिन भित्रमा स्थानीय तह छनौट गरिसक्नुपर्ने हुन्छ।
सवेहाङका अनुसार सिफारिस भएर आएकामध्ये सबैभन्दा बढी २३ जना सिरिजङ्गा गाउँपालिकामा र सबैभन्दा कम ४ जना फुङलिङ नगरपालिकामा पदस्थापन हुने छन्। यस्तै आठराई त्रिवेणी गाउँपालिकामा १५ जना, पाथीभरा याङवरक गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा १४–१४ जना, मिक्वाखोला गाउँपालिकामा १२ जना, मेरिङदेन गाउँपालिकामा १० जना, सिदिङ्वा गाउँपालिकामा ७ जना र मैवाखोला गाउँपालिकामा ५ जना पदस्थापन हुनेछन्।
पालिका छनौटका लागि निवेदन पेश नगर्ने उम्मेदवारहरूलाई इकाइबाट नै बाँकी रहेका पालिकाहरूमा नियुक्ति गरिने समेत शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ। स्थानीय तहको निवेदन स्वयं आफू उपस्थित भई वा कार्यालयको इमेल ठेगाना edcutpj@gmail.com मा पेश गर्न सकिने समन्वय इकाइले जनाएको छ।
निवेदन पेश गर्दा निवेदकले सबै तहका शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्रवेशपत्रको प्रतिलिपि र शिक्षा नियमावली २०५९ को अनुसूची–१४ बमोजिमको निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।