पछिल्लो राष्टिय जनगणनाअनुसार भक्तपुर नगरपालिका वडा नं. १० को जनसंखया १३ हजार पाँचसय ७९ जनसंख्या रहेको छ।
यति जनसंख्याका लागि यहाँ एउटै मात्रै सरकारी स्कुल छ, त्यो पनि कक्षा ५ सम्म मात्रै अध्ययन/अध्यापन हुने। वडास्थित थालाछें टोलमा श्री हंसवाहिनी आधारभूत विद्यालय रहेको छ।
वडा कार्यालयले जनाएअनुसार त्यहाँ दुईवटा सरकारी आधारभूत विद्यालयहरू छन् तर, एउटा आधारभूत विद्यालयको भवन र विद्यार्थी अभावमा अर्काे वडामा सारिएको छ। दर्ता मात्रै वडामा रहेको छ।
भक्तपुर नगरपालिकाकाकै ठूलो वडाको रूपमा रहेको यस वडामा एउटै मात्रै सरकारी स्कुल रहे पनि यहाँ पढ्ने विद्यार्थीको भने कमी नै छ। पहिला त इँटाभट्टा चल्दा ६ महिना मात्रै स्कुलका विद्यार्थी हुन्थे।
स्कुलका प्रधानाध्यापक सूर्यबहादुर फोंजू।स्कुलका प्रधानाध्यापक सूर्यबहादुर फोंजू भन्छन्, 'अहिले त्यस्तो छैन, स्थानीयका पनि बच्चाहरू पढछन्।' उनका अनुसार स्थानीय बालबच्चा नभएकाले सिजनमा इँटा पार्न रोल्पा, रुकुमलगायतका विटक जिल्लाहरूबाट परिवारसहित आउने गरिबका बालबच्चा मात्रै हुन्थे। इँटाभट्टाको सिजन सकेपछि उनीहरू परिवारसहित घर फर्केपछि स्कुल विद्यार्थीविहीन हुन्थ्यो। इँटाभट्टा प्रत्येक वर्ष मंसिरदेखि वैशाखको ६ महिना चल्छ।
अहिले वडामा डेरामा बस्ने परिवारका बच्चाहरूले स्कुल भरेको प्रधानाध्यापक फोंजू बताउँछन्। त्यसमा स्थानीयकै बच्चाहरू दश प्रतिशतको हाराहारीमा रहेको उनी सुनाउँछन्।
'यो स्कुल स्थापनाको ७३ वर्ष भएको छ। स्कुलमा अहिले ७८ जना विद्यार्थी छन्। स्कुलमा विद्यार्थी संख्या विस्तारै बढ्दै गएको छ,' स्कुलको ७३औं वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक फोंजूले भने।
स्कुलको ७३औं वार्षिकोत्सव समारोह।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालले स्कुलमा विद्यार्थी संख्या बढोस् भनेर नै आफूले पनि आफनो बच्चालाई निजी स्कुलमा नराखी त्यहीँ स्कुलमा राखेको बताए। 'धेरै शिक्षकहरू सरकारी स्कुलमा पढाउँछन् तर, आफना छोराछोरी चाहिँ निजी स्कुलमा राख्छन्,' उनले भने, 'त्यसो होइन भनेर समाजलाई उदाहरण बन्न पनि मैले मेरो छोरालाई सरकारी स्कुलमै पढाएको छु।'
वडा अध्यक्ष लक्ष्मीप्रसाद चवालले वडामा एक दर्जनभन्दा बढी निजी स्कुलहरू रहेको बताए। निजी स्कुलमा राम्रो रिजल्ट हुने तर, सरकारी स्कुलमा राम्रो नहुने भएकै कारण वडाबासीहरूले पनि सरकारीलाई छोडेर पैसा तिरेरै भए पनि निजी स्कुलमा राख्ने गरेको उनले सुनाए।
त्यही कारण सरकारी स्कुलहरूलाई पनि राम्रो बनाउन आफूहरू रातदिन नभनी लागेको उनी दाबी गर्छन्।
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...