त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएको दुई साता बित्न लाग्दा पनि अनिर्णीत बनेको छ। उपकुलपति बरालले आफू अस्वस्थ रहेको र हाल विश्वविद्यालयका समस्या समाधान गर्न असहज बनेकाले राजीनामा दिएको बताएका हुन्।
यति मात्र होइन; राजीनामा दिएलगत्तै उनी पोखरास्थित निजी निवासमा आराम गरिरहेका छन्। एकातिर बराल कुलपतिले राजीनामा स्वीकृत गरेपछि मात्र काठमाडौं फर्कने अडानाम छन् भने अर्कातिर विश्वविद्यालय पनि उपकुलपतिविना अति आवश्यक काम नहुँदा अनिर्णयको बन्दी बनेको छ।
‘उपकुलपति नियुक्ति भएदेखि मैले आफ्नो भिजनअनुसार काम गर्न पाएको छैन। करारलाई स्थायी गर्नुपर्ने र आंशिकलाई करार गर्नुपर्ने समस्यालगायत शिक्षक र विद्यार्थी संगठनले विभिन्न निहुँमा काम गर्न दिएका छैनन्’, बरालले नागरिकसँग भने, ‘विश्वविद्यालयमा बसेर काम गर्न सक्ने वातावरण छैन। स्वास्थ्यले पनि साथ दिएन। यसकारण मैले राजीनामा दिएँ।’
उनले जोड दिए,‘मैले राजीनामा दिए पनि कुलपति एवं प्रधानमन्त्रीज्यूले बोलाउनु पनि भएको छैन।’
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार त्रिविका उपकुलपतिको राजीनामा सनाखत नभएको र उपकुलपति सम्पर्कमा समेत नरहेकाले उक्त राजीनामा कुलपतिसमक्ष प्रस्तुत भएको छैन। चारबर्से कार्यकालमध्ये उनको तीन वर्ष बाँकी छ।
विश्वविद्यालय उपकुलपतिविहीन भएपछि प्राज्ञिक, प्रशासनिक तथा कार्यकारीले गर्ने कामकारबाही पनि ठप्प बनेपछि विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल र शिक्षाध्यक्ष खड्ग केसीले पोखरा पुगेर उपकुलपतिलाई भेटी राजीनामा फिर्ता लिएर विश्वविद्यालय फर्कन आग्रह गरेका छन्। ‘राजीनामा स्वीकृत नभएसम्म प्रा.डा. बराल सर नै हाम्रो उपकुलपति हुनुहुन्छ। उपकुलपति नहुँदा परीक्षाका सबै काम जस्तै प्रमाणपत्रमा हस्ताक्षर गर्नुपर्ने काम भएको छैन। यसले विद्यार्थीलाई धेरै अवसरबाट वञ्चित पारेको छ’, शिक्षाध्यक्ष केसीले नागरिकसँग भने, ‘नेतृत्व नहुँदा कार्यकारी बैठक बसेको छैन। प्राज्ञिक निर्णय गर्न सकिएको छैन।’
उनले थपे, ‘उपकुलपतिज्यूलाई विश्वविद्यालय फर्कन आग्रह गरे पनि उहाँले मान्नुभएन। विश्वविद्यालय लथालिंग छ। कुलपतिज्यूले निकास दिनुपर्छ।’
मुलुकै जेठो विविद्यालय हो त्रिवि। सबैभन्दा बढी विद्यार्थी, शिक्षक र कर्मचारीले विभिन्न दलनिकट संगठन खोलेर त्रिविमा खुलेरै राजनीति गर्दै आएकाले विश्वविद्यालय पछिल्लो समय असुरक्षित र राजनीतिले ग्रसित बनेको छ। राजनीतिक भागबन्डामै पदाधिकारी नियुक्ति हुने गलत प्रवृत्तिले त्रिविमा जरा गाडेको छ। जसका कारण जोसुकै पदाधिकारी नियुक्ति भए पनि काम गर्न असहज हुने त्रिविकै शिक्षक, विद्यार्थी तथा कर्मचारीको भनाइ छ। त्रिविमा आफ्नो माग पूरा गराउन शिक्षक, कर्मचारी र विद्यार्थीले जस्तोसुकै अराजकता अपनाउँदै आएको इतिहास छ।
यसैकारण त्रिविमा हाल आंशिक शिक्षक र करार शिक्षकको समस्या समाधानमा चुनौती छ। साथै सेवा आयोग समयमा नखुल्दा शिक्षक कर्मचारीको वृत्ति विकास तथा पेन्सनलगायतका समस्या पनि उस्तै छ। यी नयाँ समस्या होइनन्। साथै राजनीतिक आडमा शिक्षक, कर्मचारी र विद्यार्थीले बेलाबखत त्रिविमा मच्चाइरहने अराजकताले पनि उत्तिकै आतंकित बनाउँदै आएको छ। पछिल्लो समय करारबाट पाउँदै आएको धम्की र चेतावनीको परिणाम नै उपकुलपति बरालको राजीना बनेको विश्लेषण त्रिविका शिक्षकहरूको छ।
पछिलो समय त्रिविको करिब तीन सय करारका शिक्षकले विशेष आन्तरिकबाट स्थायी हुने माग राखेर उपकुलपति बराललाई दबाब दिँदै आएका थिए भने आंंशिक शिक्षकहरू करार हुनुपर्ने माग राखी आन्दोलनमा उत्रने चेतावनी दिँदै आएका थिए।
अहिले पनि उपकुलपति बरालको कार्यालयअगाडि करार शिक्षकहरूको रिले अनसन चलिरहेकै छ। एकातिर सर्वोच्च अदालतको निर्णयले आन्तरिक विशेष प्रक्रिया नगर्न त्रिविलाई निर्देशन दिएको छ।
करारका शिक्षकहरू उपकुलपतिलाई जसरी पनि विशेष आन्तरिक प्रक्रिया चैत १७ गते नखोले कडा आन्दोलन गर्ने दबाब दिँदै आएका थिए, तर उपकुलपतिले करार शिक्षकहरूको दबाब थेग्न नसकेर चैत १४ गते नै पदबाट राजीनामा दिएका हुन्।
२०८० साल फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहालले बराललाई उपकुलपति नियुक्ति गरेका हुन्, तर उपकुलपति नियुक्ति भएको १३ महिनामै बरालले अस्वस्थताका कारण राजीनामा दिएका हुन्। ‘त्रिविमा सोचेजस्तो काम गर्न सहज छैन। कठिन परिस्थिति छ’, उपकुलपति बरालले नागरिकसँग भने, ‘थप कुरा म काठमाडौं फर्किएपछि भनौंला।’