गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
०५ वैशाख २०८२
•
३ मिनेट पाठ
गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सुरु गरेको राजधानी केन्द्रित आन्दोलन आज १७ दिन पूरा भएको छ।




माइतीघर–बानेश्वर सडक क्षेत्रमा दैनिक हुने आन्दोलन र प्रदर्शनले राजधानीको सवारी व्यवस्थापनमा समस्या भएको छ। नियमित सडक जामले यात्रुले कठिनाइ भोग्नुपरेको छ भने ट्राफिक प्रहरीलाई व्यवस्थापनमा कठिनाइ भएको छ।

मुख्य सडक प्रयोग गर्न नपाएपछि यात्रुले वैकल्पिक करिडोर सडक प्रयोग गर्नुपरेको छ। समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रु छट्पटाएका छन्। सडक जामले छोटो दूरी पार गर्न पनि घण्टौं लाग्ने गरेको गुनासो छ। प्रदर्शनले उपत्यकाभित्रका वैकल्पिक मार्ग र खोला करिडरमा सवारीको चाप बढेको छ।

तर, शिक्षक आन्दोलन शान्तिपूर्ण र सभ्य देखिएको छ। राजनीतिक दललगायतलाई प्रेरणा दिने यो आन्दोलनले मुख्य सडकमा प्रदर्शन गरेकाले सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा प्रहरी खटाउनुपरेको छ।

आन्दोलनमा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा सुत्ने, सिट्ठी बजाउने, नाचगान गर्ने, जादु देखाउने, चुड्किला भन्ने जस्ता गतिविधि गरेका छन्। शिक्षणमा प्रयोग हुने माइक, खैजडी, मादलसहित आन्दोलनमा सहभागी भएका छन्।

स्थानीय कला, संस्कृति र वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत माग पूरा गर्न सरकारलाई दबाब दिने शैली अपनाएका छन्। चर्को घाममा पनि शिक्षकहरू सडकमा नाच्ने, एक्लै वा समूहमा सेल्फी खिच्नेमा व्यस्त छन्। आन्दोलनमा जिल्ला र पालिकास्तरका शिक्षकको सहभागिता छ। महासंघले सहयोग र समर्थनका लागि सबैलाई आह्वान गरेको छ।

पछिल्लो समय हरेक दिन बिहान १२:०० बजे माइतीघर–बबरमहलमा भेला भएर व्यानरसहित जुलुस, भाषण र नाचगान गर्ने शिक्षकको दैनिकी बनेको छ। सहभागीको संख्या बढाउन सडकमै शिक्षक र विद्यालय कर्मचारीको हाजिरी व्यवस्था गरिएको छ।

आन्दोलनमा देशभरका शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता छ। काठमाडौं उपत्यकाका सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा उपस्थित हुन निर्देशन दिइएको छ। सुरुका दिनको तुलनामा सहभागीको संख्या बढेको आन्दोलनका अगुवा बताउँछन्। केही संघसंस्थाले निःशुल्क खानेपानीको व्यवस्था गरेका छन्। आन्दोलनमा नाचगान, गीतसंगीत र कला प्रदर्शनीले माइतीघर–बानेश्वर क्षेत्रमा रौनकता थपेको छ। आन्दोलन क्षेत्रमा फलफूल, पानी र हल्का पेय पदार्थको सडक व्यापार बढेको छ।

यसैबीच, सरकारले आन्दोलनरत शिक्षकलाई काममा फर्कन आग्रह गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले विद्यार्थी भर्ना, एसइई उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को राष्ट्रिय परीक्षाको समयमा आन्दोलन स्थगित गर्न अनुरोध गरेको छ।

नेपाल शिक्षक महासंघको प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न वैशाख १२ गते संसद् अधिवेशन आह्वान गरेको छ।

सरकारले शिक्षकका मागप्रति संवेदनशील रहेको र निरन्तर संवादमा रहेको जनाएको छ।

आन्दोलनको १७औं दिनमा शिक्षक प्रतिनिधिले भने, ‘दिनदिनै आइएको छ, बसिएको छ, खै उपलब्धि के भयो र! भन्ने लाग्न सक्छ, नआत्तिनुस् उपलब्धि हुने क्रममा छ। हामीले यहाँ आएर कराएको सरकारले नसुने पनि हेरेको छ।’

सरकार र शिक्षक संगठनबीच भएका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी गर्नुपर्नेमा आन्दोलनकारी दृढ छन्। विद्यार्थी भर्ना र नतिजा प्रकाशनको समयमा आन्दोलनले अभिभावक र विद्यार्थीलाई चिन्ता बढाएको छ।

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेका सरकारी विद्यालयले विद्यार्थी भर्ना गर्न नसके थप समस्या हुने अभिभावकको गुनासो छ। विगतको सम्झौताअनुसार नयाँ शिक्षा ऐन नल्याएकाले आन्दोलन गर्नुपरेको शिक्षकको आरोप छ।

आन्दोलन शिक्षकको मात्र नभई विद्यालयका प्रशासनिक कर्मचारी, सहयोगी, अस्थायी, करार, राहतमा रहेका शिक्षकले रित्तो हात घर फर्कनुपर्ने अवस्था अन्त्यका लागि हो। त्यसका लागि छिटो शिक्षा ऐन ल्याउनुपर्ने आन्दोलनकारी बताउँछन्।

सरकारसँग २०८० साल असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाउँदै अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोलनमा आउन परेको प्रतिक्रिया दिए। आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साविक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन्। नारायण न्यौपाने/रासस
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस