सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि काठमाडौं महानगरपालिकाले लिएको अपनत्व र कार्यान्वयन गरेको योजनाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा उल्लेख्य सुधार देखिएको छ।
गत वर्षको कमजोर नतिजापछि महानगर प्रमुख बालेन साहले व्यक्त गरेको चिन्ता र त्यसपछिका रणनीतिक कदमहरूको फलस्वरुप यस वर्ष उच्च जीपीए ल्याउने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ भने न्यून जीपीए ल्याउनेको संख्या घटेको छ।
काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट २०८१ को एसइई परीक्षामा सहभागी कुल चार हजार ६६ विद्यार्थीमध्ये ७८९ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन्, जसमा १७ जनाले सर्वोत्कृष्ट ४ जीपीए ल्याउन सफल भएका छन्।
यो संख्या गत वर्षको भन्दा ४४.७७ प्रतिशतले धेरै हो। गत वर्ष ५४५ जनाले मात्र यो श्रेणीको जीपीए प्राप्त गरेका थिए। गत वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च सफलता हासिल गरेका हुन्।
महानगरको शिक्षा विभागका अधिकृत केशव ज्ञवालीका अनुसार, यो सकारात्मक परिवर्तन महानगरले कार्यान्वयन गरेको ‘परीक्षा सुधार योजना’ कै कारण सम्भव भएको हो।
‘महानगरले एसइई परीक्षा सुधार गर्न विशेष योजना नै कार्यान्वयन गर्यो। चाडपर्वको विदामा पनि मनोरञ्जनात्मक कार्यक्रमअन्तर्गत विषय विज्ञ तथा शिक्षकहरू थप राखेर अतिरिक्त कक्षा संचालन गरियो,’ अधिकृत ज्ञवालीले भने, ‘नतिजा सुधार कार्यक्रम अन्तर्गत प्रति पिरियड ५०० रुपैयाँका दरले शिक्षकलाई थप प्रोत्साहन भत्ता दिइयो। यसबाट २२ सय विद्यार्थीले प्रत्यक्ष लाभ लिएका थिए।’
विगत चार वर्षको तथ्याङ्कले पनि सुधारको स्पष्ट चित्र देखाउँछ। ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २०७८ मा ८५ र २०७९ मा ५० हुँदै २०८० मा ५४५ पुगेको थियो भने यस वर्ष ७८९ पुगेको छ।
त्यसैगरी, ३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या पनि क्रमशः बढ्दो छ। २०७८ मा ३२५, २०७९ मा ४८८ र २०८० मा १,०५० जना रहेकोमा यस वर्ष यो संख्या १,१४८ पुगेको छ।
सुधारको अर्को पाटो, न्यून जीपीए ल्याउने विद्यार्थीको संख्या घट्नु हो। २.८१ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी गत वर्ष १,०८० रहेकोमा यस वर्ष घटेर ८९० मा सीमित भएको छ।
यो जीपीए समूहमा २०७८ मा ६९७ र २०७९ मा ८०९ विद्यार्थी थिए। तल्लो तहको जीपीएमा अझै ठूलो गिरावट आएको छ।
२.४१ देखि २.८ जीपीए ल्याउने विद्यार्थी २०७८ मा ९६६ र २०७९ मा ९८२ रहेकोमा गत वर्ष ३९५ र यसपटक २५४ जनामा झरेको छ। त्यस्तै, २.०१ देखि २.४ जीपीए ल्याउने विद्यार्थी २०७८ मा १,००४ र २०७९ मा ९२३ रहेकोमा गत वर्ष र यस वर्ष १६ जनामा सीमित भएको छ।
यद्यपि, २ जीपीएभन्दा कम (नन-ग्रेडेड) नतिजा ल्याउने विद्यार्थीको संख्या भने महानगरका लागि चुनौतीको रूपमा देखिएको छ। गत वर्ष ८७७ जना नन-ग्रेडेड रहेकोमा यो वर्ष सो संख्या बढेर ९५६ पुगेको छ।
२०७८ मा ८६६ र २०७९ मा ५६९ विद्यार्थी नन-ग्रेडेड थिए। यस विषयमा ज्ञवालीले भने, ‘परीक्षामा देखिएको यो नतिजालाई शिक्षा विभागले सूक्ष्म विश्लेषण गरेर सुधारलाई प्रोत्साहन र नियमित नकारात्मक नतिजा प्राप्त गर्नेलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ।’
महानगरपालिका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले यो सफलतालाई विद्यालयको गुणस्तर सुधार, विद्यार्थीको मेहनत, शिक्षकको सक्रियता र महानगरको बहुआयामिक कार्यक्रमको संयुक्त परिणामको रूपमा व्याख्या गरे।
‘महानगरपालिकाले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था मिलाएको छ। सिकाइप्रति रुचि जगाउन र तनावरहित सिकाइ अभ्यास गराउन ‘पुस्तक रहित शुक्रबार’ कार्यक्रम सञ्चालन गरिएको छ। विद्यार्थीको बहुआयामिक सिकाइमा जोड दिइन्छ,’ झाले भने।
उनले थपे, ‘शिक्षामा रूपान्तरण ल्याउन शिक्षकको दक्षता अभिवृद्धि गर्न ‘स्कूल टिचर्स कार्यक्रम’ कार्यान्वयनले मुख्य भूमिका खेलेको हो। शिक्षण सिकाइ पेडागोजीमा सुधार, डिजिटल क्रियाकलाप र असल अभ्यास आदानप्रदान जस्ता कार्यक्रमले समग्र शैक्षिक नतिजामा वृद्धि गरेको छ।’