भदौं १ गते विद्यालयमा अनिवार्य शिक्षक पुग्नै पर्ने
२५ साउन २०७७
•
६ मिनेट पाठ
भदौं १ गते विद्यालयमा अनिवार्य शिक्षक पुग्नै पर्ने
मुखमा मास्क, कानमा हेडफोन लगाएर कोहि ल्यापटप टेबलमा बसेर अध्ययनमा ब्यस्त छन् भने कोहि ट्याब हातमा समातेर गृहकार्य गरीरहेका छन् । यो दृश्य काठमाडौं महानगरपालिकाको वाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको शुक्रबारको दृश्य हो । यो स्कूलले साउन महिनादेखि नै घरमा नेटको पहुँच नभएको बालबालिकाहरुलाई भौतिक दूरी कायम गराएर, मास्क, सेनिटाइजरको प्रयोग गरेर पठनपाठन सुरु गर्दै आएको छ ।




उपत्यकामा कोरोना महामारीको जोखिम बढ्दै गएको छ । तर उपत्यकाका सामुदायिक विद्यालयहरुले शैक्षिक सत्र खेर जान नदिन उच्च सतर्कता अपनाएर सिफ्ट अनुसार विद्यालय संचालन गरिरहेका छन् । शुक्रबार ज्ञानोदय स्कुलमा कक्षा ८ का विद्यार्थीहरु स्कुलमै पुगेर उपस्थित भएरै नेपाली र ऐच्छिक गणितको विषय पठनपाठन गरिरहेको भेटिए । विद्यालयको आइसिटि ल्याब प्रयोग गरेर विद्यार्थीहरुले विषय शिक्षकहरुसँग नयाँ पाठबारे छलफल गरिरहेको भेटिए ।

कक्षा ८ की पुर्णीमा गौतम जैसिदेवलमा अभिभावकसाथ कोठामा बस्छिन् तर उनीसँग न मोवाइल छ नत नेटनै । स्कुलले किताब उपलब्ध गराएकोले स्कुलमा नेट प्रयोग गरी अध्ययन गर्न सहज भएको उनी बताउँछिन् । ‘घरमा अध्ययन गर्दा ऐच्छिक गणित र नेपालीमा नबुझेका विषयबारे राम्ररी बुझन म साउनको पहिलो सातादेखिनै स्कुल आउने गरेको छु । मेसँग मोवाइल र नेटको सुविधा छैन ,’ १३ वर्षीय गौतमले नागरिकसँग अनलाइन कुरा गर्दै भनिन्‘मास्क र सेनिटाइजरको प्रयोग गरी भौतिक दूरी कायम गरेर स्कुलमा सरहरुले अध्ययनको ब्यवस्था गरिदिनु भएकोले पढाइ गर्न सहज भएको छ ।’उनले थपिन्‘हामी साथीहरु एउटा बेन्चमा एक जना बसेर स्कुलमा डेढ घन्टा पठनपाठन गरेर घर फर्कन्छौं ।’

कालिमाटीमा रहेको निलबाराही माध्यमिक विद्यालयमा पनि पठनपाठ सुरु भएको छ । यो स्कुलमा शुक्रबार भेटिएकी पविता श्रेष्ठ छोरासहित गृहकार्य लिन पुगेगी थिइन् । ‘बच्चाहरुलाई स्कुलले गृहकार्य दिएर धेरै राम्रो गरेको छ,’पविताले नागरिकसँगको भेटमा भनिन्‘कोरोना जोखिमबाट बच्न स्कुलले सेनिटाइजर प्रयोग र भौतिक दूरीको नियम पूर्ण पालना गरेकोले बालबालका सुरक्षित वातावरणमा अध्ययन गर्न पाएका छन् ।’उनले थपिन्‘ियसरी नै मापदण्ड अपनाएर स्कुल चलाउदा हामीलाई आपत्ति छैन । स्कुलमा एउटा बेन्चमा एक जना मात्र राखेर पढाउँदा बालबालिकाहरु सुरक्षित छन् ।’

स्कुलले रुटिङ बनाएर कक्षा १ देखि १० सम्मको बालबालिकाहरुलाई स्कुलमै भौतिक दूरी कायम गरी गृहकार्य दिने र विद्यार्थीले नबुझेको विषयबस्तुलाई शिक्षण सिकाइ गराइरहेको छ ।

डिल्लीबजारमा रहेको कन्या माविले पनि सिफ्ट अनुसार कक्षा १ देखि ७ सम्मलाई कोभिड–१९को जोखिमबाट बच्न उच्च सतर्कता अपनाएरै स्कुलमा अभिभावकसाथ उपस्थित गराएर पठनपाठन गराइरहेको छ ।  

ज्ञानोदयका प्रिन्सिपल नातिकाजी महर्जनले सरकारले भदौं एक गतेदेखि विद्यार्थी भर्ना र पठनपाठनका कृयाकलाप सुरु गर्न निर्देशन दिए अनुसारै कक्षा संचालन गरेको बताए । उनले स्कुल क्षेत्र वरिपरिकै नेटमा पहुँच नभएका नानीहरुलाई विद्यालयमै उपस्थित भएर अध्ययनको वातावरण तयार पारिदिएको जनाए ।  

‘स्कुल वरिपरिका नेट पहुँ नभएका कक्षा ५–९ सम्मका विद्यार्थीहरु स्कुलमै आएर २–२ घन्टा बसेर अध्ययन गरीरहेका छन्, ’प्रिन्सिपल महर्जनले नागरिकसँग भने‘स्कुलले एउटा कुर्सीमा एक जना बस्ने, सेनिटाइजरको प्रयोग र कुर्सिविचको भौतिक दुरी पनि कायम गरेर पठनपाठन गरीरहेको छ ।’उनले थपे‘कक्षा १० देखि १२सम्मको भने अनलाइन कक्षामानै सहभागिता छ । विद्यार्थीले गृहकार्य लिएर घरबाटै गरेर ल्याउने गरेका छन् ।’

निलवाराही स्कुलकी प्रिन्सिपल जानुका नेपालले अभिभावकहरुसँग छलफल गरेर उनीहरुकै सुझाव अनुसार भौतिक दूरी कायम गरेर रुटिङ बनाएर कक्षा चलाएको जनाइन् । ‘सरकारी निर्देशन अनुसार हाम्रा स्कुलमा सबै शिक्षकहरु उपस्थित भइसक्नु भएको छ । बाहिर जिल्लाको कोरोना टेस्ट गराएर सुरक्षित शिक्षकहरु स्कुलमा आउनु भएको छ,’प्रिन्सिपल नेपालले नागरिकसँग भनिन्‘कक्षा एक देखि १० सम्मको विद्यार्थीहरुलाई रुटिङ अनुसार बोलाएर गृहकार्य दिने गरिएको छ ।’

डिल्ली बजार पद्यमकन्या माविका प्रिन्सिपल रिता तिवारीले पनि स्कुलले कोरोना संक्रमणको जोखिमबाट बच्ने उच्च सतर्कता अपनाएर अभिभावकसहित नानीहरुलाई रुटिङ अनुसारको दिनमा बोलाएर गृहकार्य दिने र चेक गर्ने काम भइरहेको बताइन् ।

एकातिर सरकारको मन्त्री परिषदको निर्णय कार्यान्वयन गर्ने गराउने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार निर्देशन जारी गर्दै स्थानीय सरकारलाई भदौं १ गतेदेखि नयाँ शैक्षिक भर्नाका कार्यक्रम अघि बढाउन र शिक्षक अनिवार्य विद्यालयमा उपस्थित गराउन निर्देशन दिएको छ । भने अर्को तर्फ शुक्रबार विभागीय मन्त्री गिरीराजमणी पोखरेल र सरकारको प्रवक्ताले कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले विद्यालय खोल्ने अवस्था नरहेको बताएका छन् । यसले गर्दा भर्दौ १ गतेदेखि विद्यालयमा पठनपाठ संचालनको शैक्षिक गतिविधि सुरु गरिसकेका विद्यालयहरु र आफ्ना नानी विद्यालय पठाउन तयार रहेका अभिभवकहरु दुविधामा परेका छन् ।  

सरकारको दोहोरो चरित्रका कारण हाल समग्र शिक्षा क्षेत्रनै दुविधामा परेको छ । टाढा घर भएका शिक्षकहरु विद्यालयमा जसरी पनि अनिवार्य उपस्थितीको निर्देशन अनुसार काठमाडौं उपत्यका पुगिसकेका छन् । कोरोना परीक्षण समेत गराए तर विभागिय मन्त्री र प्रवक्ता विद्यालय संचालन गर्ने अवस्था नरहेको भाषण गरि हिड्दा आफूहरु निकै तनावमा परेको बताएका छन् । बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको विद्यालय शिक्षा मापदन्ड निर्धारण शाखाले स्थानीय तहहरुलाई विद्यालयमा भदौं १ गतेदेखि शिक्षकहरुको अनिवार्य उपस्थित हुनु पर्ने, बाकी रहेका कक्षाहरुको नतिजा प्रकाशन गर्नु पर्ने,नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्ने, शैक्षिक तथ्याँक भराउने काम गर्ने निर्देशन जारी गरेको छ ।

भदौं १ गते विद्यालयमा अनिवार्य शिक्षक पुग्नै पर्ने
केन्द्रका निर्देशक गेहनाथ गौतमले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने गराउने सन्दर्भमा जारी गरेको निर्देशनमा अब देखि विद्यालय भवन तथा परिसारमा क्वारेन्टिन वा आइसोलेसन राख्न नपाइने ब्यवस्था कार्यन्वयनको लागि निर्देशन दिएको छ । ‘विगतमा ४५ सय स्कुलमा क्वारेन्टिन रहेकोमा हाल २ हजारमा झारिएको छ । साउन अन्तिमसम्ममा सबै हटाउन स्थानीय निकायालई निर्देशन दिएको हो,’ निर्देशन गौतमले भने‘मन्त्रीपरिषदको निर्णय अनुसार सरकारको कोषबाट तलब खाने शिक्षकहरु आफ्नो दायित्व पुरा गर्नु पर्छ । जहाँ संक्रमण छैन अवस्था हेरि विद्यालय पुनः संचालन कार्यढाँचा समेत मन्त्रालयले बनाउँदै छ। भदौं १ गते शिक्षकहरु जसरी पनि विद्यालय पुग्नै पर्छ ।’उनले थपे‘कार्य ढाँचामा कोरोना संक्रमणको जोखिमबाट बचेर पठनपाठन गराउने उच्च सतर्कताका विषयबस्तुहरु समावेस गरी ल्याउने तयारी मन्त्रालयको छ ।’ मन्त्रालयका तयार पारेको भदौं १ गतेदेखि विद्यालय पुनः संचालन कार्य ढाँचामा क्वारेन्टिन भएको विद्यालयलाई निमूर्लिकण गर्ने,समाजक दूरी कायम गर्ने, कुनै विद्यार्थीलाई रोम लागेमा तुरुन्त स्वास्थ्य संस्थामा पुर्‍याउने, एक भन्दा बढी विद्यार्थी सिटमा नराख्ने ब्यवस्था गरेको छ ।

‘विशेष गरी विद्यालय सिफ्ट अनुसार संचालन गर्नु पर्ने ब्यवस्था कार्यढाँचामा गरिन्दै छ,’गौतम भन्छन्‘महत्वपुर्ण कार्य भए मात्र विद्यार्थी विद्यालयमा आउने नत्र सकेसम्म घरबाटै अध्ययन गर्ने र समय मिलाएर विद्यालयमा आउने ब्यवस्था कार्यढाँचामा गरिन्दै छ ।’ सरकारले अनलाईन शिक्षाको लागि प्रत्येक पालिकालाई ३ लाखदेखि ५ लाखसम्मको अनुदान अनुसार कुल २४ करोडा रकम निकासा गरेको छ । तर अनलाइन शिक्षा समेत प्रभावकारी हुन सकेको छैन ।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२१ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस