विद्यार्थीले नै गरे पदाधिकारीलाई विश्वविद्यालय प्रवेश निषेध
०६ असोज २०७७
•
४ मिनेट पाठ
विद्यार्थीले नै गरे पदाधिकारीलाई विश्वविद्यालय प्रवेश निषेध
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले विश्वविद्यालयमा पूर्व एमाले र पूर्व माओवादीका प्रतिनिधिलाई मात्र रिक्त रहेका निकायहरुमा नियुक्ति दिएको भन्दै विद्यार्थीहरुले आफ्नै पदाधिकारीहरुलाई विश्वविद्यालय प्रवेश निषेध गरेका छन्। आन्दोलनरत विद्यार्थीले विश्वविद्यालयको उपकुलपति, रेक्टर र रजिष्ट्रार एउटै दलबाट नियुक्ति भएकोले उनीहरुले मिलेरै बैकल्पिक शिक्षा दिने नाममा विभिन्न उपकरण खरीदमा भ्रष्टाचार गरेको र त्यस्तो भ्रष्टाचारको भण्डाफोर अभियानमा आफूहरु रहेको समेत बताएका छन्।  




शैक्षिक सुधारको लागि त्रिविका विद्यार्थीहरु विश्वविद्यालय परिसरमा आफ्नै पदाधिकारीविरुद्ध धर्ना, जुलुस तथा नाराबाजी गरिरहेका छन्। विश्वविद्यालय प्रशासनले पनि विश्वविद्यालयमा सुरक्षाको नाममा प्रहरी तैनाथ गरेको विद्यार्थीलाई शक्तिको आडमा तर्साउने काम समेत गरीरहेका छन्। विश्वविद्यालयको दृश्यले यो स्थान प्राज्ञिक क्षेत्र भन्दा पनि युद्द मैदान बन्दै गएको छ। विद्यार्थीहरुले विश्वविद्यालयमा शैक्षिक सुधारको माग गर्दै आफ्नै पदाधिकारीलाई विश्वविद्यालय प्रवेश निषेध गरेका छन्।  

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँसकोट उपकुलपति नियुक्ति भएसँगै विश्वविद्यालयमा शैक्षिक सुधार गर्नुको साटो रिक्त रहेको निकायहरुमा भागबन्डा नियुक्तिमै एक वर्ष वितेको र बैकल्पिक शिक्षाको नाममा उपकरण खरिदमा भ्रष्टाचार भएको नेविसंघ विश्वविद्यालय समिति अध्यक्ष हरि आचार्यले बताए।  

हाल विश्वविद्यालयमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन, कलेज प्रमुहरु सबै नेकपा निकटकै नियुक्ति भएका छन्। जसले गर्दा विश्वविद्यालय प्राज्ञिक क्षेत्र नभएर पार्टि कार्यालय बनेको अध्यक्ष आचार्य बताउँछन्।  

‘हाल विश्वविद्यालयमा पदाधिकारी आएको एक वर्ष भयो, शैक्षिक, प्राज्ञिक, एवं भौतिक सुधारको कुनै भिजन, योजना कार्यक्रम समेत छैन,’ अध्यक्ष आचार्यले नागरिकसँग भने, ‘पदाधिकारी नियुक्ति भएदेखिनै प्राज्ञिक मार्यादा र क्षमताको आधारमा नभएर नेकपाको दलिय कार्यकर्तालाई सबै निकायमा एकलौटि रुपमा नियुक्ति दिएर त्रिविलाई नेकपाको पार्टी कार्यालयनै बनाएका छन्।’ उनले थपे ‘विश्वविद्यालयका पदाधिकारीले बैकल्पिक शिक्षा दिने नाममा उपकरण खरिदमा गरेको भ्रष्टाचारबारे अख्तियारलगाएतका सम्बन्धित निकायले छानविन नगरेसम्म हामी विद्यार्थी आन्दोन जारी नै गर्ने छौं।’  

यति मात्र होइन अध्यक्ष आचार्यले कोभिड-१९को महामारीको समयमा विश्वविद्याय जस्तो संस्था ६ महिनासम्म कक्षा संचालन, परीक्षा ब्यवस्थापन लगाएतका नीति र कार्यक्रम तय गर्न असक्षम र असफल देखिएकोले नेविसंघले यस्ता पदाधिकारी त्रिविलाई आवश्यक नरहेकोले विश्वविद्यालय प्रवेश निषेध गरेको बताए।  

‘विश्वविद्यालयमा भए गरेका ऐन नियमविरुद्धका कार्यहरु तत्काल खारेजी गरी यस्ता कृयालाप बन्द गर्न आवाज उठाएकैले नेविसंघ त्रिवि समिति सचीव योगेन्द्र रावल विरुद्ध उच्च अदालत पाटनमा पदाधिकारीहरुले मुद्धा दर्ता गरेका छन्,’ अध्यक्ष आचार्य भन्छन्, ‘विश्वविद्यालयको इतिहासमा कहिल्यै नभएको दुर्गन्धित हर्कत पदाधिकारीले गरेकोले यसको भण्डाफोर गर्ने हाम्रो मुख्य लक्ष्य हो।’ उनले चेतावनी दिए ‘प्रवेश निषेध क्षेत्रमा पदाधिकारीहरुको उपस्थित देखिको खण्डमा आवश्यक कारवाही समेत गरिने छ। यसबाट उत्पन्न घटनाको सम्पूर्ण जिम्मेवारी त्रिविका पदाधिकारीले लिनु पर्छ।’

नेविसंघ केन्द्रीय समितिका महामन्त्री बलदेव तिमल्सिनाले विश्वविद्यालयका पदाधिकारीले आफ्नै विद्यार्थीविरुद्ध मुद्दा मामिला गर्नु र विश्वविद्यालयमा दैनिक ठूलो सख्यामा प्रहरी प्रवेश गराउनु कार्य आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन्। उनले प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालयमा ब्याप्त बिकृति, बिसंगति, बेथिति, भ्रष्टाचार, एबं विश्वविद्यालयलाई नेकपाका कार्यकर्ता भर्ति केन्द्र बनाउने दुषित मनशायका विरुद्ध नेविसंघ त्रिवि समितिले उठाएका मागमा समर्थन रहेको बताएका छन्। उनले माग गरे ‘त्रिविमा भएका गलत कामको अख्तियारलगाएतका सम्बन्धित निकायले छानविन गरी दोषीलाई कारावही गर्नु पर्छ।’

उता विश्वविद्यालयका रेक्टर शिव भूषालले विश्वविद्यालयमा कुनै प्रकारको गलत वा गैर कानूनी काम नभएको स्पष्ट पारे। त्रिविको नियम प्रकृया अनुसारै पदाधिकारीको नियुक्ति गरेको बताउँदै उनले उपकरण खरीद पनि पादरदर्शी र प्रकृया पुर्‍याएरै गरेको दाबी गरे।  

‘यदि विश्वविद्यालयको कुनै पनि पदाधिकारीले गलत काम गरेको भए सम्बन्धित निकायले छानविन गर्न सक्छ। कारवाही गर्न सक्छ,’ रेक्टर भूषाले नागरिकसँग भने, ‘विद्यार्थीहरुले हामीलाई विश्वविद्यालय प्रवेश रोक लगाएकोले हामी विश्वविद्यालय गएकै छैनौं।’ उनले थपे ‘तर विश्वविद्यालयका दैनिक कामहरु भने हामी घरबाटै गरिरहेका छौं।’ उनले विश्वविद्यालयलाई निकास दिन आन्दोलनरत विद्यार्थीसँग वार्ताकै माध्यमबाट अघि बढी रहेको समेत दाबी गरे।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२१ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस