स्वामित्व विवादः एक विद्यालयमाथि दुई पालिकाको दाबी
२१ असोज २०७७
•
४ मिनेट पाठ
स्वामित्व विवादः एक विद्यालयमाथि दुई पालिकाको दाबी
रौतहटको एउटा पुरानो विद्यालयमाथि दुई पालिकाको दाबी रहेको छ। स्थानीय तह गठन भएदेखि नै दुई पालिकाले आफ्नो विद्यालय रहेको भनी गरिरहेको दाबीको विवाद अझै सुल्झिएको छैन।




मध्यरौतहटको श्री सरस्वती माध्यमिक विद्यालय मलाहीटोल चिलमिलिया नामको विद्यालयमाथि गरुडा नगरपालिका र गढीमाई नगरपालिकाले दाबी गर्दै आएका हुन्। विद्यालयको स्वामित्वको विषयलाई लिएर दुवै नगरपालिकाको आफ्नै तथ्य र तर्क रहेका छन्।  

गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले विद्यालय पूर्णतया गढीमाई नगरपालिकामा रहेको बताउँछन्।  विद्यालय सञ्चालन रहेको भवन तथा विद्यालयको जग्गाजमिनसमेत गढीमाई नगरपालिकाको सीमाभित्र रहेको तर्क मेयर यादवको छ। पहिले प्लान नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वरियारपुर गाविसमा कार्यरत रहेको र त्यस संस्थाले मलाही र वीरनगरामा पक्की भवन, विभिन्न शैक्षिक सामग्री तथा शिक्षकहरुको व्यवस्था गरेको सम्झँदै मेयर यादवले तत्कालीन वरियारपुर गाविस समायोजन भएर गढीमाई नगरपालिकामा आएको स्पष्ट पार्छन्। गरुडा नगरपालिकाले पनि विद्यालयलाई दाबी गरे पनि तत्कालीन मलाही गाविसमा प्लान नेपाल लागू नरहेको मेयर यादव स्मरण गर्दछन्।

आफ्नै परिवारका काका रामप्रसाद यादवले विद्यालयलाई सात बिगाहा जमिन दान दिएको र अर्को एक विद्यालयलाई नौ बिगाहा दान दिएको तथ्य प्रस्तुत गर्दै मेयर यादवले अन्य गाउँको विद्यालय भएको भए किन दान गर्नु पथ्र्यो भनी प्रश्न पनि गर्छन्। नगरपालिका गठन हुँदा केही प्राविधिक गडबडीले शिक्षक कर्मचारीको तलब गरुडा नगरपालिकामा गएपछि विद्यालयको स्वामित्वको विषयलाई विवाद उठेको मेयर यादवको भनाइ छ। एकै नाउँका दुई गाउँ सँगसँगै रहेको र दुवै गाउँ दुई पालिकामा परेकाले विवाद भइरहेको मेयर यादवको तर्क छ।  

पहिले मलाही गाविस छुट्टै थियो र वरियारपुर गाविसअन्तर्गत मलाहीटोल छुट्टै थियो। विद्यालयको बोर्डमा श्री सरस्वती माध्यमिक विद्यालय मलाहीटोल चिलमिलिया लेखिएको छ। मलाहीटोल र मलाही भन्नु एउटै हो भन्ने तर्क तत्कालीन मलाही गाविसका बासिन्दाको तर्क रहेको छ भने मलाहीटोल भन्नु तत्कालीन वरियारपुर गाविसका बासिन्दाको तर्क रहेको छ।

तत्कालीन मलाही गाविस अहिले गरुडा नगरपालिकाको वडा नम्बर ३ भएको छ भने पहिलेको वरियारपुर गाविस अहिले गढीमाई नगरपालिकाको वडा नम्बर ९ भएको छ। विद्यालय भवन गरुडा नगरपालिकाको सीमाक्षेत्रभन्दा पुग नपुग एक किलोमिटर भित्र गढीमाई नगरपालिकाको सीमामा रहेको मेयर यादवको दाबी छ।  

विद्यालयको पुराना कागजपत्रमा मलाही वडा नम्बर ५ लेखिएको पाइएको विद्यालयका प्रधानाध्यापक रामसागर साहको भनाइ छ। पहिले सबै प्रशासनिक काम मलाही गाविस वडा नम्बर ५ भनेर नै हुने गरेको आफूले पाएको प्रअ साहको भनाइ छ जबकि विद्यालय रहेको भवन त्यत्तिबेलै वरियारपुर गाविसमा पर्दथ्यो। वरियारपुर नलेखेर किन मलाही लेखियो? आफूलाई केही थाहा नभएको प्रअ साहको भनाइ छ।

विद्यालयको स्थापना २००७ सालमा भएको हो। यो विद्यालय कुन स्थानीय तहको हो भन्ने विवाद यता आएर केही वर्षदेखि हुन थालेको स्थानीयको भनाइ छ। मलाही र वरियारपुर दुवै गाविसका अभिभावकको साझा विद्यालयको रुपमा रहँदै आएको र दुवै गाविसका बालबालिका यस विद्यालयमा पढ्ने गरेको इतिहास आजसम्म रहिआएको छ।

विद्यालयको नाममा मलाहीटोलपछि चिलमिलिया रहेको छ। अहिले चिलमिलिया गाउँ पनि गढीमाई नगरपालिकामै अवस्थित छ।

गरुडा नगरपालिकाको शिक्षा शाखा संयोजक मौजेलाल राय यादव नक्सांकनको हिसाबले मलाही स्कुल गढीमाई नगरपालिकाको सीमा क्षेत्रमा रहेको स्पष्ट पार्दै विद्यालयको रेखदेख तथा व्यवस्थापनमा तत्कालीन वरियारपुर र मलाही दुुवै गाविसको सहयोग हुने गरेको स्वीकार गर्दछन्। वरियारपुरका स्थानीयबासीको चाहना विद्यालय गढीमाई नगरपालिकामा हुनुपर्ने र मलाहीबासीको चाहना विद्यालय गरुडा नगरपालिकामा हुनुपर्ने भन्ने विवाद नै वर्तमानको अवस्था रहेको संयोजक यादवको भनाइ छ।  

केही वर्ष पहिले जिल्ला प्रशासन कार्यालय रौतहटले विद्यालयको स्वामित्वको विषयमा व्यापक सक्रियता देखाएको तर समाधान निस्कन नसकेको संयोजक यादवको दाबी छ। नगरपालिकाको गठन भएको समयदेखि नै विद्यालयको रेखदेख, संचालन, व्यवस्थापन र अन्य सम्पूर्ण काम गरुडा नगरपालिकाबाट नै भइरहेको संयोजक यादव तथा विद्यालयका प्रअ साहको भनाइ छ। वर्तमान अवस्थासम्म विद्यालयको अभिभावक गरुडा नगरपालिका नै रहेको तर माथिल्लो निकायले गरेको निर्णय आफूहरुलाई स्वीकार हुने संयोजक यादवले बताएका छन्।  

विद्यालय भवन रहेको जग्गादाता स्थानीय बीरा सहनी वरियारपुर गाविसका भएको प्रअ साहको भनाइ छ। विद्यालयमा जग्गादाता सहनीको प्रतिमा स्थापना गरिएको छ।

विद्यालय कुन नगरपालिकामा हो भन्ने विषयले अहिलेसम्म खासै कुनै प्रशासनिक समस्या नआएको बताउँदै सबै प्रशासनिक काम गरुडा नगरपालिकाबाट हुने गरेको साहको भनाइ छ।

शिक्षा विकास तथा समन्वय इकाई रौतहटका इकाई प्रमुख रामविनय कुमार सिंह मलाही विद्यालयमाथि दुई नगरपालिकाको दाबी रहेको आफूले सुनेको तर विद्यालय कुन पालिकाको हो भन्ने निर्णय गर्ने अधिकार आफूमा नरहेको बताएका छन्। विद्यालयको स्वामित्वको विवाद निकट भविष्यमै समाधान हुने विश्वास आफूले लिएको इकाई प्रमुख सिंहको भनाइ छ।  

विद्यालयको स्वामित्वको विषयमा अन्तिम निर्णयका लागि शिक्षा विभागमा फाइल पुगिसकेको र निकट भविष्यमै यस विषयमा ठोस निष्कर्ष निस्कने विश्वास लिएको गढीमाई नपाका मेयर यादवको भनाइ छ।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
१९ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
यो पनि पढौँ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस