सिटिईभिटिमा स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा रोक!
०४ कार्तिक २०७७
•
६ मिनेट पाठ
सिटिईभिटिमा स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा रोक!
देश हाल कोरोना संक्रमणको उच्च जोखिमका छ। यस्तो अवस्थामा देशलाई आवश्यक पर्ने प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिईभिटि)ले उत्पादन गरेको स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्तिहरु देशका दुर्गमदेखि सुगम क्षेत्रसम्म अग्रपंक्तिमा उभिएर सेवा दिइरहेका छन्। तर सरकारले यही जनशक्ति उत्पादनमा यो वर्षदेखि रोक लगाउने निर्णय गरेकाे छ। चिकित्सा शिक्षा आयोगले यसै वर्षदेखि कार्यान्वयनमा ल्याएको चिकित्सा शिक्षा ऐनले प्रमाणपत्र तहमुनिका सबै कार्यक्रमहरु खारेज गरेसँगै प्राविधिक क्षेत्रका शिक्षालय तथा विद्यार्थीहरु दुःखित बनेका छन्। 




जसका कारण प्रिडिप्लोमा अध्ययन गर्न चाहने २६ हजार विद्यार्थी नयाँ शैक्षिक सत्रमा भर्ना हुनबाट बन्चित बनेका छन्। 
कोरोना संक्रमणको हालको अवस्थामा गाउँ, दुर्गम तथा शहरी क्षेत्रमा सिटिईभिटिले उत्पादन गर्ने स्वास्थ्य क्षेत्रका सिएमए, अनमि, ल्याब असिस्टेन्ट, टेक्निसियनलगाएतका जनशक्तिहरु नै कोभिड पोजेटिभ विरामीका हेरचाह गर्ने, क्वारेन्टिनमा सेवा दिने, अग्रपंक्तिमा उभिएर स्वाब संकलन, ज्वरो नाप्नेलगाएतका सम्पूर्ण काम गर्दै आएका छन्। तर अब सिटिईभिटिले यही विषयहरुमा भर्ना गर्न पाउने छैन। यो कार्यक्रम यो वर्षदेखि खारेज भएको छ। कार्यक्रम खारेज भएसँगै यो वर्ष निम्न आय भएका एसईई दिएका २६ हजार विद्यार्थीहरु पठनपाठनबाट बन्चित बनेका छन्।  

कपिलबस्तुको वडा ९ मा रहेको निगलिसवा स्वास्थ्य चौकिमा एमबिबिएस डाक्टर नभएको थुप्रै दिन भयो। कोरोना संक्रमण तराईमधेशमा फैलिएसँगै एमबिबिएस डाक्टरहरुको उपस्थित रहेन। यस्तो अवस्थामा उक्त स्वास्थ्य चौकीमा सिटिइभिटिकै उत्पादित सिएमए, अनमी तथा ल्याब असिस्टेन्टहरुले संक्रमितहरुसँगै रहे। सोहि स्वास्थ्य चौकीकी सिएमए रानी चौधरी जोखिम मोलेरै अग्रपंक्मिा उभिएर स्वाब संकलन, ज्वरो नाप्ने, परामर्स दिने, क्वारेन्टिनमा विरामीसँगै बसेर आवश्यक सेवा दिइरहेकी छिन्। यति मात्र होइन १४ हजार जनसंख्या रहेको यो क्षेत्रमा यही स्वास्थ्य चौकीका सिटिईभिटिकै उत्पादित स्वास्थ्य सेवाका जनशक्तिले भ्याइरहेको चौधरी सुनाउँछिन्। एसएलसीमा ६० प्रतिशतभन्दा माथि अंक प्राप्त गरे पनि चौधरी सिपमुलक प्राविधिक शिक्षा हासिल गरे बजारमा सजिलै विक्ने भएकोले आफू पनि सिटिईभिटिकै १८ महिने तालिम लिएर समाजमा स्वास्थ्य सेवा दिइरहेकी छिन्।

‘मैले ९ वर्षअघि एसएलसीमा राम्रो अंक प्राप्त गरेपछि आर्थिक अवस्था कमजोर भएकै कारण प्लसटु अध्ययन गर्न पाइन। त्यही भएर मैले कम शुल्कमा सिपमुलक योग्यता पाउने भएपछि सिटिईभिटिको १८ महिने प्रिडिप्लोमा कोर्ष अध्ययन गरे अनि सिएमए भए,’ चौधरीले स्वास्थ्य चौकीबाटै नागरिकसँग कुरा गर्दै भनिन् ‘गरिब र जेहेन्दार विद्यार्थीको लागि कम शुल्कमा प्राविधिक तथा ब्यवसायिक शिक्षा सिटिईभिटिले दिएको छ। यसलाई बन्द गर्नु दुःखद हो।’ उनले थपिन् ‘हाम्रो स्वास्थ्य चौकीमा लामो समयदेखि एमबिबिएस डाक्टर छैनन्। 

कोरोना संक्रमितसँग सुरक्षाका साधन अपनाएर भेट्ने, क्वारेन्टिनमा गएर सेवा दिने, स्वाब संकलन, स्वास्थ्य शिक्षाबारे परामर्श दिने, ओपिडीमा विरामी हेर्न, ज्वारो नाप्ने, गर्भवतिलाई जाँच्ने, परिवार नियोजनको साधन, बालबालिकालाई खोप दिने, क्षयरोगका विरामीलाई सेवा दिनेलगाएत सम्पूर्ण काम ग्रामिण तथा दुर्गमका टोलटोलमा गएर हामीले नै गरिरहेका छौं।’ उनले जहाँ डाक्टर पुग्न सक्दैनन् वा जानै मान्दैनन् त्यहाँ प्राविधिक शिक्षा हासिल गरेका स्वास्थ्यकर्मीहरु पुगेको उनी गर्वसाथ सुनाउँछिन्। ‘प्राविधि तथा ब्यवसायिक शिक्षा सिपमुलक भएकोले अध्ययनपछि स्वदेश तथा विदेशमा अवसरका साथै हातहातै रोजगारी हुन्छ,’ उनले अनुभव सुनाइन्।  

सरकारले समृद्ध नेपालको निर्माण गर्न एकातिर प्राविधिक तथा ब्यवसायिक तालिमहरुमा जोड दिने नीति लिएको छ भने अर्को तर्फ चिकित्सा शिक्षा आयोगले कार्यान्वयनमा ल्याएको नयाँ चिकित्सा शिक्षा ऐनले प्रमाणपत्र तहमुखिका सबै तालिमहरु यो वर्षदेखि भर्ना तथा पठनपाठनमा रोक लगाएको छ।  

सिटिईभिटि सरकारी निकाय भएकोले देशलाई हाल आवश्यक जनशक्ति नचाहँदा नचाहँदै पनि सरकारी नियम पालना गर्नको लागि यो वर्षदेखि प्रिडिप्लोमा कोर्षहरुमा भर्ना नखोलेको उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए।  

जसका कारण प्रिडिप्लोमा अध्ययन गर्न चाहने निम्न वर्गका २६ हजार विद्यार्थी भर्ना हुनबाट बन्चित बनेका छन्। एसईईमा सहभागी विद्यार्थीमध्ये वर्षेनी ९१ हजार विद्यार्थीहरु सिटिईभिटिले संचालन गर्ने प्राविधिक शिक्षा तर्फ भर्ना हुने गरेको सिटिईभिटिका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए। जसमध्ये ६५ हजार डिप्लो र २६ हजार विद्यार्थीहरु प्रिडिप्लोमा कोर्षमा भर्ना हुने गरेको उनले जनाए। सिटिईभिटिले उपलब्ध गराउने शिक्षा सिपमुलक भएकोले यसले उत्पादन गरेको स्वास्थ्य, कृषि, फारमेसि तथा इन्जिनियरिङ क्षेत्रका जनशक्तिहरु स्वदेश तथा विदेशमा ठूलो संख्यामा खपत हुने गरेका छन्। उपाध्यक्ष अधिकारीका अनुसार हाल सिटिईभिटिले एसईईपछिका तीन वर्षे स्वास्थ्य, इन्जिनियरिङ, कृषिलगाएतका डिप्लोमा कोर्षहरुमा मात्र भर्ना खुलाएको छ। नयाँ भर्नाको लागि विद्यार्थीले अनलाईन फारम भरिसकेको र अब नतिजा प्रकाशन गर्ने तयारीमा परिषद रहेको उनले जनाए।  

सिटिईभिटिका स्वास्थ्य, कृषि तथा इन्जिनियरिङ तर्फ प्रिडिप्लोमा (१८ महिने) तालिमका कोर्ष संचालन गर्ने सम्बन्धन प्राप्त एक सय ३८ शिक्षालयहरु संचालित छन्। भने तीन वर्षे डिप्लोमा कोर्ष संचालन गर्ने चार सय २९ निजी शैक्षिक संस्थाहरु संचालित छन्। यसैगरी ६५ आंंगिक शिक्षालयहरुले देशभरि विभिन्न डिप्लोमा कोर्षहरु संचालिन गरेर दक्ष जनशक्ति उत्पादन गरिरहेका छन् भने साझेदारीका २० शिक्षालय संचालित छन्। नेपाल सरकारको सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने नीति अनुसार हालसम्म पाँच सय सामुदायिक स्कुलमा सिटिईभिटिका डिप्लोमा कोर्षहरु संचालन भइरहेको उपाध्यक्ष अधिकारीले बताए।  

‘देशका दूरदराजमा जहाँ एमबिबिएस डाक्टरहरु पुग्न सक्दैनन त्यहाँ हाम्रै सिटिईभिटिले उत्पादित गरेको यही जनशक्तिहरु स्वास्थ्य सेवा दिइरहेका छन्’, उपाध्यक्ष अधिकारीले नागरिकसँग भने ‘कोरोना कहरका समयमा देशलाई आवश्यक विशिष्ट जनशक्ति यिनीहरु नै हाल अग्रपंक्तिमा कार्यरत छन्।’ उनले थपे ‘अहिले थप जनशक्ति आवश्यक रहेको समयमा प्रिडिप्लोमा कार्यक्रम बन्द गर्ने सरकारी निर्णय’ ठिक होइन। तर पनि परिषद सरकारी निकाय भएकोले सरकारको निर्देशको पालना गरी भर्नामा रोक लगाएको हो।’  

प्राविधिक शिक्षालयहरुका साझा संगठन फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष शैलेन्दमोहन झाले सिपमुलक प्राविधिक शिक्षा देशको आवश्यक्ता भएकोले प्रिडिप्लोमा बन्द गर्ने सरकारी निर्णय गलत भएको बताए। उनले निम्न आय भएका विद्यार्थीको लागि एसईई पछिको सिपमुलक र आत्मनिर्भर हुने शिक्षा नै प्राविधिक भएकोले सरकारलो यसलाई निरन्तरता दिनु पर्ने बताए। ‘आज पनि हामी कहाँ हजारौं विद्यार्थीहरु भर्नाको लागि कुरीरहेका छन्’अध्यक्ष झाले नागरिकसँग भने ‘सिटिईभिटिका उत्पादित प्रिडिप्लोमा वा डिप्लोमा हासिल गरेका विद्यार्थीहरु कहिल्यै खालि बस्नु पर्दैन। दुर्गममा पुगेर सेवा गर्ने यिनीहरु नै हुन्। कोभिड जोखिममा अग्रपंक्तिमा सेवा दिने पनि यिनीहरु नै हुन्।’ 

उनले थपे ‘१८ महिने प्रिडिप्लोमा हासिल गरेका जनशक्ति विदेशमा समेत विकेका छन्।’ उनले निजी शिक्षालयहरु सरकारी निर्णयविरुद्ध सर्वोच्चमा पुगेको र सर्वोच्चले कात्तिक २४ गते छलफलको लागि बोलाएको उनले जनाए।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२१ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस