धरान उपमहानगरपालिकाले अनलाइन कक्षाको शुल्क स्थानीय सरकारले निर्धारण नगरि नै मनोमनोढंगले अभिभावकहरुसँग नउठाउन निजी तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ।
निजी विद्यालयका अभिभावकहरुले केही विद्यालयहरुले जबर्जस्ती शुल्क तोकेर बिल पठाउने गरेको र आफूहरु मर्कामा परेको भन्दै उपमहानगरमा घेराउ तथा धर्नालगायत कार्यक्रममार्फत दबाब दिएपछि उपमहानगरपालिकाले यस्तो निर्देशन दिएको हो। बुधबार धरानका प्रमुख तिलक राईले प्रमुखस्तरीय निर्णय गरेर विद्यालयहरुलाई शुल्क निर्धारणबारे निर्णय नभएसम्म कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दिएको उपमहानगरपालिकाले जनाएको छ।
शिक्षा महाशाख प्रमुख एवं उपसचिव रत्न कटवालले उक्त निर्णय र निर्देशनबारे धरानका सबै निजी विद्यालयहरुलाई जानकारी पत्र पठाइएको छ भने प्याब्सन र एनप्याब्सनलाई पनि बोधार्थ दिइएको छ। ‘पालिकाले पनि शुल्कबारे चाडै निर्णय गर्नु पर्छ। यसमा पालिकाबाट केही कमजोरी भएकै छ तर पालिकाले शुल्क नतोकीकनै विद्यालयहरुले शुल्क उठाउनु पनि जायज होइन,’उनले भने।
शिक्षा मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को दफा ३० मा विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधिनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने भन्ने व्यवस्था गरेको छ। गत भदौ १९ मा स्वीकृत भई लागू भएको यो निर्देशिका बमोजिम धरान उपमहानगरपालिकाले विद्यालयहरुले लिन पाउने शुल्क निर्धारणबारे निर्णय गर्न सकेको छैन। स्थानीय सरकारले शुल्क निर्धारण नगरे पनि निजी विद्यालयहरुले अभिभावकहरुलाई शुल्क तिर्न दबाब दिएको, शुल्क नबुझाए विद्यार्थीहरुलाई परीक्षामा सामेल नगराउने भन्दै मानसिक तना दिएको भन्दै धरानका अभिभावकहरु संगठित भएर आन्दोनलमा उत्रिएका छन्। उनीहरुले मंगलबार पनि उपमहानगरमा घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए।
अधिकार पाए पनि स्थानीय सरकारले शुल्क निर्धारण नगर्दा असहज र अन्योलको परिस्थिति बन्दै गएको छ। विद्यालयहरुले लगानी डुब्ने अवस्था पुगेको, शिक्षकहरुलाई तलब खुवाउनु परेको लगायत कारण देखाउदै शुल्क लिन पाउनुपर्ने अडान लिइरहेका छन्। यता अभिभावकहरु भने कोरोना महामारीको कारण आम्दानीमा असर पुगेकोले ५० प्रतिशत शुल्क मात्र तिर्ने व्यवस्था गर्न उपमहानगरपालिकालाई दबाब दिइरहेका छन्। धरानका मेयर तिलक राईले अबको एक साताभित्र स्कुल सञ्चालन कसरी गर्ने र शुल्क कसरी लिने नलिने भनेर निर्णय गर्ने बताए। ‘अब एक साताभित्र निर्णय भइसक्छ,’मेयर राईले भने,‘स्कुल सञ्चालन कसरी गर्ने, शुल्क कसरी लिने कि नलिने भन्ने निर्णय हुन्छ।’
धरान अभिभावक विद्यार्थी परिवारका अगुवा सुवर्ण श्रेष्ठले उपमहानगरको निर्देशन सकारात्मक भएपनि कार्यान्वयन हुनुपर्ने धारणा राखे। ‘मेयर साबको निर्णय र निर्देशन स्वागतयोग्य छ, निर्देशन कार्यान्वयन पनि हुनुपर्छ,’उनले भने,‘मेयर साबसँग थप छलफल गर्यौं, उहाँले चाडै यो अन्योल हटाउछौं भन्नु भएको छ।’