बढ्दो बेरोजगारीका कारण प्राविधिक विषय पढ्नेको आकर्षण बढेको बेला इटहरीमा नयाँ शिक्षालयको शुक्रबार उद्घाटन गरिएको छ।
प्राविधिक शिक्षाले गर्दा सिकेको सीपलाई व्यवहारिक ज्ञानको रुपमा जीवनपर्यन्त आफ्नो पेशा र रोजगारीको रुपमा प्रयोग गर्न सहज भएकाले गर्दा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरीद्वारा सञ्चालित नरबहादुर कर्मचार्य बहुप्राबिधिक शिक्षालयको उद्घाटन गरिएको हो। शिक्षालयको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गरेका हुन्।
शिक्षालयमा तीन वर्षे स्नातक तहको कृषिको बाली विज्ञान, होटल म्यानेजमेन्ट र सिभिल इन्जिनियरिङ पढाईं हुनेछ। पढाईं पुरा गर्नासाथ जागिर पाइने आशामा प्राविधिक विषय पढ्नेको आकर्षण बढेपछि पछिल्लो समय इटहरीमा प्राविधिक शिक्षालय खुल्ने क्रम बढ्दो छ।
पूर्वी पहाडी जिल्ला ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङ्, धनकुटा, भोजपुर, खोटाङसहित तराईका जिल्लामा बग्रेल्ती प्राविधिक कलेज खुलेपनि पूर्वकै केन्द्रमा पर्ने इटहरीमा विद्यार्थीको चाप बढी नै हुने गरेको छ।
शिक्षालय उद्घाटनका क्रममा मन्त्री पोखरेलले मूलुकको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्दै अघि बढ्नु जरुरी रहेको बताए। प्रदेश नं. १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले आत्मा निर्भर प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताए।