धरानमा आजदेखि विद्यालयहरु खोल्ने निर्णय
२५ मंसिर २०७७
•
३ मिनेट पाठ
धरानमा आजदेखि विद्यालयहरु खोल्ने निर्णय
कक्षा कोठामा फेससिल्डसहित विद्यार्थीहरु । तस्बिर सौजन्य : विकास चाम्लिङ राई
धरान उपमहानगरपालिकाले आज बिहीबारदेखि विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले न्युनतम मापदण्ड पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो। यो निर्णयपछि आजदेखि अधिकांश निजी विद्यालयहरु खुलेका छन्। लकडाउन भएयता भौतिक उपस्थितिमा नै आजदेखि पढाई सुरु भएको हो। धरानका मेयर तिलक राईले सरोकारवालहरुसँग छलफल गरेपछि स्वास्थ्य प्रोटोकल पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने मेयरस्तरीय निर्णय गरेका थिए। निर्णय निजी र सरकारी सबै विद्यालयमा लागु हुने गरि भएको हो।  




धरानका निजी विद्यालयहरुले आइतबारदेखि नै माथिल्लो कक्षा सुरु गर्ने तयारी गरेका थिए। तर, मेयर राईले निर्णय गर्न ४ दिनको समय मागेका थिए। ‘सरोकारवालाहरुसँग छलफल गरी सुझाव लियौं, र न्युनतम मापदण्ड निर्माण गरेर, स्वास्थ्य प्रोटोकल लागु गर्ने गरि स्कुल खोल्ने निर्णय गरेका छौं,’मेयर राईले भने।  

निजी विद्यालयहरुले मावि तहको ८, ९ र १० कक्षामा विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै पढाई सुरु गरेका छन्। यस्तै, आधारभूत तहका विद्यालयहरु कक्षा ८ सम्म भएकाले कक्षा ७ र ८ को पढाई सुरु गरेका छन् भने कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ सुरु गरेको जनाएका छन्। ‘७० प्रतिशत जति स्कुलहरु लागेको छ, बाँकीले पनि सबै तयारी गरेर आइतबारदेखि सुरु हुन्छ,’निजी तथा संस्थागत विद्यालयहरुको एरिया कोअर्डिनेसन कमिटि(एसिसि) धरानका संयोजक राजेन्द्र गुरुङले भने।

उपमहानगरले बनाएको न्युनतम मापदण्डमा विद्यालयको भौतिक अवस्थालाई ध्यान दिँदै एक बेन्चमा बढीमा २ जना मात्र विद्यार्थी राख्न पाइनेछ। एक कक्षा कोठामा बढीमा २५ जना मात्र विद्यार्थी बस्ने व्यवस्था हुनुपर्ने उल्लेख छ। यस्तै, पठनपाठन गर्नुपूर्व दैनिकरुपमा कक्षा कोठा सेनिटाइज गर्नुपर्नेछ भने विद्यालयको प्रवेशद्वारमा दैनिकरुपमा कर्मचारी, शिक्षक, विद्यार्थीको तापक्रम मापन गर्नु पर्नेछ। यसैगरि, विद्यालयमा अनिवार्यरुपमा सेनिटाइज वा साबुन पानीले हात धुने व्यवस्था पनि गर्नु पर्नेछ। यस्तै, खाजा समयलाई सकेसम्म छोट्याउनु पर्नेछ भने शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ।  

यो निर्णयप्रति धरान अभिभावक विद्यार्थी परिवारले भने असन्तुष्टि जनाएको छ। छलफल हुँदा स्कुल चलाउने विषयमा सहमति नभएको भन्दै संक्रमणको जोखिम रहीरहेकोले आफ्ना बच्चाहरु स्कुल पठाउन नसकिने अभिभावकहरुको भनाइ छ। ‘जोखिम कायमै छ, यस्तो अवस्थामा कसरी नानीहरु स्कुल पठाउन सकिन्छ?’अभिभावक विकास भाटीले भने।

विद्यालय र अभिभावकको सहमतिमा शुल्क, सहमति नभए तोके बमोजिम हुने

धरान उपमहानगरले विद्यालय सञ्चालक र अभिभावकहरुबीच आपसी सहमति वा समझदारीमा शुल्क कायम गर्ने निर्णय गरेको छ। तर, सहमति वा समझदारी नभएको खण्डमा उपमहानगरले तोके बमोजिम शुल्क कायम हुने पनि निर्णय गरिएको छ।  

सहमति नभएको अवस्थामा निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैयाँसम्म तोकिएको छ। यस्तै, असोज महिनादेखि मात्र गत वर्ष कायम भएको शुल्क निजी विद्यालयहरुले लिन पाउने निर्णय भएको छ। असोज महिना भन्दाअघि अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरुले अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीहरुबाट मात्र मासिक शुल्कको आधा(पचास प्रतिशत) मात्र लिन पाउने निर्णय गरिएको छ।

शिक्षा महाशाखाका अनुसार गत वर्ष बार्षिक शुल्क ६ हजारसम्म भएको हकमा चालु वर्षमा ५० प्रतिशत अर्थात ३ हजार मात्र लिन पाउने निर्णय भएको छ। तीन हजारभन्दा कम बार्षिक शुल्क लिने विद्यालयहरुले गत वर्ष लिने गरेको बार्षिक शुल्क रकम बराबरी मात्र लिने निर्णय भएको छ। यस्तै, गत वर्ष ६ हजारभन्दा माथि ९ हजारसम्म बार्षिक शुल्क लिएका विद्यालयहरुले यो वर्ष ४० प्रतिशत मात्र शुल्क लिन पाउने छन् भने ९ हजारदेखि १२ हजारसम्म गत वर्ष शुल्क लिने विद्यालयहरुले ३५ प्रतिशत शुल्क लिन पाउने छन्। यसैगरि, १२ हजारदेखि १५ हजारसम्म बार्षिक शुल्क लिने विद्यालयहरुले ३० प्रतिशत शुल्क लिन पाउने छन् भने १५ हजारदेखि २८ हजारसम्म बार्षिक शुल्क लिने विद्यालयहरुले २५ प्रतिशत मात्र शुल्क लिन पाउने छन्। बार्षिक शुल्क प्रतिशतमा जे जस्तो भएपनि न्युनतम ३ हजार र अधिकतम ७ हजार भन्दा बढी लिन नपाइने निर्णयमा उल्लेख छ।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२२ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस