विद्यालयको बदमासी ढाकछोप गर्न एसइईको नतिजा गोप्य
२५ साउन २०७८
•
२ मिनेट पाठ
विद्यालयको बदमासी ढाकछोप गर्न एसइईको नतिजा गोप्य
यस पटक ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीले माध्यामिक तह कक्षा १० (एसइई)को परीक्षा दिएका थिए। बोर्डले ११ हजार ६ सय विद्यालयले पठाएको नतिजालाई प्रमाणीकरण गरि शनिबार नतिजा प्रकाशित गरेको छ। तर आफैले सार्वजनिक गरेको नतिजा सञ्चारकर्मी र सञ्चार क्षेत्रमा उपलब्ध नगराउनु विद्यालयले दिएको अस्वभाविक अंकलाई ढाकछोप गरेको शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइ छ।




विद्यालयले आफू अनुकुल विद्यार्थीलाई नम्बर दिएका थिए। त्यहीँ भएर २०७२ सालदेखि सुरु भएको ग्रेडिङ प्रणालीको नतिजामा २०७३ मा दुई/चार विद्यार्थीले मात्रै जिपिए ४ ल्याएका थिए। तर यस पटक हजारौं विद्यार्थीको जिपिए ४ आएको र विद्यालयको बदमासी भएको शिक्षाविद कोइरालाले बताए। विद्यालयको बदमासीलाई लुकाउन बोर्डले विश्लेषनात्मक सूचना सार्वजनिक नगरेको उनको आरोप छ। देशभरिको नतिजा प्रमाणीकरण गर्ने परीक्षा बोर्डले किन नतिजा उपलब्ध गराएन ? यसको अर्थ बदमासी भएको प्रष्ट हुन्छ उनको भनाइ छ।

यसपटक ८ हजार चार सय ४४ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन्। कोरोना जोखिमका कारण गत वर्षदेखि सरकारले एसइई परीक्षाको सञ्चालन, व्यवस्थापन तथा मूल्याकंनको अधिकार सम्बन्धित विद्यालयलाई दिएको छ। विद्यालयहरूले आन्तरिक मूल्यांकनको आधारमा अंक दिँदै आएका छन् । ‘विद्यालयलाई अधिकार दिएसंगै ह्वात्तै जिपिए ४ ल्याउनेको संख्यामा वृद्धि हुनुले विद्यालयले बदमासी गरेको प्रष्ट देखिन्छ,’ शिक्षाविद कोइरालाले भने, ‘विद्यालयको बदमासी ढाकछोप गर्न परीक्षा बोर्डले नतिजा विश्लेषण पनि गरेन र नतिजा उपलब्ध पनि नगराएको होला।’  

परीक्षा नियन्त्रक रूद्र अधिकारीका अनुसार यस पटक बोर्डले एसईई परीक्षालाई व्यवस्थित गर्न ८० नम्बरभन्दा बढी अंक दिने विद्यालयले अनिवार्य कारण खुलाउनु पर्ने व्यवस्था थियो। एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ नै गरिएको थियो। तर पनि विद्यालयले यसको कार्यान्वयन गरेको पाइएन्। सरकारी र निजी दुवै विद्यालयहरूले आफ्नो विद्यालयको नतिजा राम्रो देखाउन मनोमानी नम्बर दिन होड्बाजीनै गरेको पुष्टि भएको छ।
अर्को समाचार
एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे...
१९ चैत्र २०८०
•
२ मिनेट पाठ
एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे...
राप्तीसोनारी गाउँपालिका–१, लौकीस्थित सिद्धेश्वर महादेव माध्यमिक विद्यालयमा आइतबार माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भइरहेको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी नेतृत्वको टोली अकस्मात उक्त विद्यालयमा एसइई निरीक्षणका लागि पुग्यो। जतिबेला, परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन खटिएका निरीक्षक नै परीक्षार्थीलाई चिट चोराइरहेका थिए।




त्यो पनि एउटा परीक्षा कोठामा होइन। दुईवटा परीक्षा कोठामा निरीक्षकले नै चिट चोराइ रहेका थिए। आफ्नो पदीय कर्तव्य पूरा नगरी जिम्मेवारी र दायित्व निर्वाह नगरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी माझीले तत्कालै दुवै जना निरीक्षकलाई निष्कासन गरेका छन्।

निरीक्षक सविता कसेरा र दीर्गराज बजगाईँलाई परीक्षा केन्द्रबाट निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनले परीक्षालाई स्वच्छ र मर्यादित तुल्याउन केन्द्राध्यक्ष र निरीक्षकलाई यसतर्फ सचेत, जिम्मेवार र जबाफदेही रहन अनुरोध गरेका छन्।

‘हामी अकस्मात् परीक्षा केन्द्रहरूको निरीक्षण गर्न पुगेका थियौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी माझीले भने, ‘निरीक्षक विद्यार्थीसँगै उभिनु भएको थियो। विद्यार्थीले चिट चोर्दा पनि खोस्नु भएन।’ विद्यार्थीले सारिरहेको चिट निरीक्षक आफैँले दिएको हुन सक्ने भन्दै उनले भने, ‘विद्यार्थीलाई नै चिट निरीक्षकले दिएको हुनुपर्छ। नत्र भने किन निरीक्षकले उक्त चिट खोस्नु भएन।’ यस विषयमा सोध्दा उक्त चिट आफूले नदेखेको निरीक्षक कसेरा बजगाईँले प्रतिक्रिया दिए पनि उक्त प्रतिक्रिया चित्त बुझ्दो नभएको उनको भनाइ छ।

यो वर्ष बाँकेमा नौ हजार दुई सय ९३ जना एसइईमा सहभागी छन्। एसइईमा चार हजार सात सय ६३ छात्र र चार हजार पाँच सय ३० जना छात्रा परीक्षामा सहभागी भएका शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ । बाँकेमा ३४ वटा परीक्षा केन्द्र छन्।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ११ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ११ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस