विश्व विकास सूचना दिवसको अवसर पारेर सर्लाहीको बलरामा आइतवारदेखि सामुदायिक पुस्तकालय संचालनमा ल्याइएको छ। युनेस्को र समुन्नत नेपालको सहकार्यमा काका सामुदायिक सिकाइ केन्द्र बलराले आइतवारदेखि काका पुस्तकालय तथा वाचनालयलाई संचालनमा ल्याएको हो।
एक समारोहबीच काका सामुदायिक सिकाइ केन्द्रका संस्थापक अध्यक्ष कामेश्वर प्रसाद सिंह र बलरा ४ का वडाध्यक्ष केशव झाले संयुक्त रुपमा पुस्तकालय सर्वसाधारणको लागि खुल्ला भएको घोषणा गरेका छन्। केन्द्रका अध्यक्ष डा. कमलेश्वरकुमार सिन्हाको अध्यक्षतामा भएको कार्यक्रममा युनेस्कोका कविता चौधरी, दीपेन्द्र ठाकुरसहित करिब दुई सय सर्वसाधारणको उपस्थिति रहेको थियो।
पुस्तकालयमा दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरु उपलब्ध हुनुका साथै भाषा, साहित्य र जीवनको विभिन्न क्षेत्रका उपयोगी पुस्तकहरु उपलब्ध रहेको डा.सिन्हाले जानकारी गराएका छन्। पुस्तकालयमा नेपाल र भारतबाट प्रकाशित बज्जिका भाषाका पुस्तकहरुको पनि उपलब्धता रहेको छ। नेपाली, हिन्दी, अंग्रेजी भाषाका अनेक क्षेत्रका हजारौँ पुस्तक रहेको र आवश्यकताअनुसार अन्य पुस्तक तथा पत्रिकाको व्यवस्थापन गरिने डा.सिन्हाको भनाइ छ।
कर्मचारी राखेर पछिल्लो चरणमा सर्लाहीमा पुस्तकालय राखिएको यो पहिलो हो। धेरै ठाउँका सार्वजनिक पुस्तकालयमा पाठक नपुगेको अवस्थामा काका सामुदायिक सिकाइ केन्द्रको पुस्तकालय तथा वाचनालयमा पाठकको अभाव नहुने विश्वास रहेको केन्द्रका सचिव संजयकुमार साहले जानकारी गराएका छन्।